साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिचय बिग्रेकाे नेपाल

नेपाल परिचय पढाउने मलाई सुम्लाे बस्नेगरि गाेरु चुटाइ चुट्ने गुरुले भन्दिनुस् त यस्तो अप्ठ्यारो लाजमर्दो अवस्थामा नेपालका धेरै वर्ष शासन गरेका शासकले अब अनुहार सफा गर्ने कि ऐना ?

Nepal Telecom ad

शेषराज भट्टराई :

पिसिएलमा नेपाल परिचय पढ्दा नेपालका सम्पदा विभूतिहरुका बारेमा पसिना निकालेर घाेक्नु र लेख्नु पर्ने थियोे । स्कुल हाेस् या कलेज जता जति र जसरी पढे पनि मलाई पछाडिको बेन्चमा मनमिल्ने मित्रसँग बसेर सरकाे आँखा छल्दै किच्करिन खित्का छाेड्न मन लाग्थ्यो । त्यसवापत मैले सरकाे धेरै सुम्लाहरु सित्तैँमा खाएँ । त्यो पैँचाे मैले याे जुनीमा फिर्ता गर्न नसक्ने भएँ । त्यही रसिलाे झरिलाे भरिलाे सुम्लाकाे प्रताप र रापतापले नै म अहिले याे अवस्थामा गुज्रिरहेकाे छु । लेखियाे पास पनि गरिदिए गुरुहरुले सायद जान्ने नै रहेछ भन्ठाने हाेलान् । त्यसैले त मलाई भैरव अर्यालको याे कविता असाध्यै मनपर्छ-

“चाेरी चाकरी नगरी चतुर्‍याइँ हुन्न ।
दंगाफसाद नगरे इजतै रहन्न ।”

नेपालकाे लुम्बिनी, सगरमाथा लगायतका हिमालहरु, काेशी लगायतका नदीहरु, चारकोसे झाडी लगायतका राष्ट्रिय पार्कहरु र त्यसमा विचरण गर्ने हात्ती गैडा, जेब्रा घाेडा, गाेही, कछुवा, बाघ, भालु, चितुवा, विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, चिनी कारखाना , हेटौंडा कपडा कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, पशुपतिनाथ, मुक्तिनाथ, मनकामना मन्दिर, हलेसी महादेव, जनकपुर धाम, धरानको पिण्डेश्वरी, दन्तकाली, बुढा सुब्बा टुप्पो नभएको बाँस, पाेखराकाे बिन्दवासिनी, चागुनारायण, पचपन्न झ्याले दरबार, बागेश्वरी, बागलुङ कालिका, गुह्येश्वरी, गाेसाई कुण्ड, रारा, फेवा, बाफ्रे केके हाे के के नेपाली सम्पदा, उधेागधन्दा, पढे अनुसार नेपालमै खाेजि गर्ने हाे भने जहाकाेताही जस्ताकाेतस्तै जे हाे तेही फेला पर्थ्याे हाम्रा पालामा ।

आजभाेलिका विधार्थीलाई के पढाउछन् कुन्नि । कलकारखाना सिङ्गा सिङ्गै बेचेर हजम पारेपछि कलकाे बीउ भएको छ। खाेज्दा कतै पनि फेला पर्दैन । यसैकाे पिरलाेले धेरै युवायुवतीहरु बेरोजगारकाे सिकार बने र नैराश्यकाे अन्तिम टुङ्गाेमा पुगेर मनमा ढुंगाे राखेर विदेशिए । मठ मन्दिरबाट खासै लाभ नहुने भएर हाेला ठूला भनाउदा नेताहरुले एकमुष्ठ परम्परा , संस्कार ,संस्कृति थाेकमा बेचिदिए धर्मनिरपेक्षकाे नाममा । यसैको मल र बलले मुलाझै सप्रिएर यशुका अनुयायीहरु जङ्गली च्याउ समान फैलिने र फक्रिनेकाे सुत्रपात मात्रै हाेइन उत्पात भयो । धेरै सनातन अनुयायीहरु नाना, खाना, र छानामा बिके । याे विकृत अवस्था नरुचेर धेरैको गला अवरुद्ध भएको छ । तर केगर्नु परिस्थितिकाे उपजकाे सामना समाजले र सम्बन्धित व्यक्तिले ब्यहाेर्नै पर्छ ।

अहिले नेपाल लथालिङ्ग भताभुङ्गकाे अवस्थामा हुदा पनि यहाका टाठाबाठा नेताहरु मै राम्री मै पातली काे भजन एकतमासले भट्याइ रहेका छन् र त्यसलाई भक्तवत्सल झाेलेहरुले झ्याईंझ्याईं तालमा ताल मिलाएर दाेहाेर्याइ रहेका छन् । आम नागरिक स्वर्गकाे स्तुति गर्दै दिव्यधाममा माम हाम हुने आसैआसमा सास फेरिरहेका छन् । गणतन्त्रको उदयपछि थाेत्राे घरमा मुसाकाे रजाइँ यस्तरी चलेकाे छ मानाै हामीले नखाए कस्ले खाने भन्दै प्रतिस्पर्धात्मक रुपमा हरेक अङ्ग सकृय पारेर लुछी रहेका छन् । ….. के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो दुनियाँ सर्माइसके तर तिनीहरु न हिजाे लजाए न आज । खाली हिजाे पनि बजाए आज पनि बजाए र भाेलिकाे तयारी पनि बजाउने भन्दा कमकाे छैन उस्तै छ ।

त्यही सुइँकाे पाएर हाेला वर्तमान अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले करप्सन जस्तो गम्भीर आराेप लगाउदै एमसिसी भन्ने परियोजनालाई पर सारेकाे सिदा नै राेकिदिए । त्यसपछि पुजारीहरुकाे भान्सामा हाहाकार शुरु भयो । यस्तो बिचल्ली मच्चियाे कि फेरि पुजारी पुजार्नीहरुले राताे मुख लगाएर लु न गुजारा चलाउन पनि एमसिसी बक्सियाेस् भनेर पुर्पुराेले पाउ ढाेगेर ढाेकैमा गएर बीसै ओैंलाले विन्ती बिसाएका छन् ।

अब अहिलेका नेपाल परिचय पढ्ने विद्यर्थीहरुलाई ती उधाेगधन्दा बेचियाे भन्दा के साेच्दा हुन् । मठ मन्दिरका विरुद्धमा उफ्रिनेहरुलाई गणतन्त्रका नेताले नेपाल भित्र्याएका हुन् भन्दा के जवाफ दिने ? अमेरिकी राष्ट्रपतिकाे गम्भीर आराेपलाई के भनेर फेरि हात पसार्ने ? नेपाल परिचय पढाउने मलाई सुम्लाे बस्नेगरि गाेरु चुटाइ चुट्ने गुरुले भन्दिनुस् त यस्तो अप्ठ्यारो लाजमर्दो अवस्थामा नेपालका धेरै वर्ष शासन गरेका शासकले अब अनुहार सफा गर्ने कि ऐना ?

०००
फूलबारी ११ पाेखरा कास्की ।
फाेन;- ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x