साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वातावरण !!

उल्ले खाए म पनि त लिऊँ एक इच्छा जगाऊँ उल्ले लाए म पनि तनमा वस्त्र केही लगाऊँ ! उल्ले बस्ने घरजम मिले एकको यो धरामा जम्मै हुन्थे समरस सफा बास यी कन्दरामा !!

Nepal Telecom ad

कलानिधि दाहाल :

आगो भुङ्ग्रो जल र थलमा छैन आकाश खाली
मान्छे ज्वाला अतल तलको हिँड्छ आक्रोश बाली !
आफ्नै दम्भी दहन छ दरो ज्ञानको हुन्छ ह्रास
सङ्लेलान् खै मनमनुजका छैन विश्वास बास !!

सिक्राजस्तै सजल मन छन् सुक्नलाई तयार
ज्वाला छुट्ने मन छ खरुकी मार्ग हौँ होसियार !
क्षेप्यास्त्री छन् मन चतुरका बल्नलाई हतार
कालो मैलो धुमिल जग यो हुन्छ कैले सुधार !!

गल्लीझैँ छन् जनमन मुना हल्लिने खै छ ठाउँ
स्वार्थी सत्ता सहर सब छन् देख्छु उस्तै म गाउँ !
काँक्रोजस्तै चरचर चिरा देश बन्दा धरामा
हुन्नन् कोही रहर रमिता नेत्र हेर्ने हरामा !!

आत्था तातो पदतल कतै बारुदी बल्छ आगो
छैनन् निभ्ने दिल नयनमा बल्दछन् झन् सिकागो !
तानाशाही रजगज सबै देशमा देश नाँच्छन्
अर्को आफैँ पलभर लिऊँ जासुसी स्वार्थ बाँच्छन् !!

हावा चल्ने लहर नभमा जम्छ कालो तुवाँलो
पुग्ने साझा जमिन परमा छैन बाल्ने दियालो!
स्रष्टाको त्यो हरित घरमा राख्छ विज्ञान हात
कालो धर्ती अजब दुनियाँ ठोक्छ आफ्नै ललाट !!

आरोही छन् गजब अझ यी मार्ग फोहोर पार्छन्
सत्ताधारी तन मधुरको मोहमा जाल झार्छन् !
विज्ञानी यो वन छ वनकै शैल पार्ने खरानी
जस्तो सत्ता मनमन लिई जल्दछन् राजधानी !!

देख्दा सारा कलुष जग यो लाग्छ सारै कहाली
पारौँ जम्मै जलथल नभाकाश नै एक थाली !
निस्वार्थी हुन् दिल सब उचा बस्न कोही सिरान
त्यस्तो वातावरण छ हुने स्वच्छ मेरो बिहान !!

कोर्ने रेखा अबुझ शठ हुन् स्वार्थ विज्ञान थोत्रा
राखेजस्तै पहिरन सबै फालिएका मजेत्रा !
जाऊँ अर्कै किरणपुरमा प्यासका पाल च्याती
गाऊँ आफ्नै विगत वय यो स्वर्ण पारा प्रजाति !!

उल्ले खाए म पनि त लिऊँ एक इच्छा जगाऊँ
उल्ले लाए म पनि तनमा वस्त्र केही लगाऊँ !
उल्ले बस्ने घरजम मिले एकको यो धरामा
जम्मै हुन्थे समरस सफा बास यी कन्दरामा !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
हरिभक्त सिग्देल ' महेश '
हरिभक्त सिग्देल ' महेश '
11 months ago

सुन्दर सिर्जना हजुर

Nepal Telecom ad
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
ब्वाँसाहरू !

ब्वाँसाहरू !

कलानिधि दाहाल
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
1
0
Would love your thoughts, please comment.x
()
x