अर्जुन दाहाल (क)आधा सत्य आधा भ्रम- १५
अनि उनकै गृहमन्त्रीलाई नारा लगाउँदा "राजीनामा दे" भनेर मागेपछि धन्न पो प्रमले रोस्ट्रम चढेर लोप्पा देखाएका छैनन्।

अर्जुन दााहाल (क) :
नेपालको संसदभवन भित्र अनेक अनेक देख्न/सुन्न पाइन्छ। निदाएका, नाक कोट्याएका, एक माननीयले अर्को माननीयलाई जिस्क्याएका, झोला भिरेका, अनुहार गिरेका, माइक चाटेका, टोपी फाटेका, गाउँने,नाँच्ने, कुर्सी भाँच्ने अनेक अनेक।
अरु जे बोले/ गरे पनि मलाई एउटा कुरो चाहिँ पट्टक्कै मन परेन। “गृहमन्त्री राजिनामा दे ! राजिनामा दे !!!” राजीनामा पनि माग्ने अनि “तँ” भनेर। माननीय पनि भन्ने अनि “राजीनामा दे” भनेर अत्यन्त अनादरपूर्वक राजीनामा माग्न पाइन्न। “गृहमन्त्री- राजीनामा दिनुहोस्, राजीनामा दिनुहोस्” भनेर नारा लगाउने हो भने लेखक जस्तो ज्ञानी मान्छेले तुरुन्त राजीनामा दिनुहुन्छ भनेर उहाँका विस्वासपात्र आनन्द बिष्टले मलाई बताउनुभएको छ।
प्र.म.ख.प्र.ओ.ले नै मिडियाले “तिमी” भनेर समाचार बनाउने गरेको विषयमा गम्भीर आपत्ति जनाएको मैले मात्र सुनेको हैनहोला। अनि उनकै गृहमन्त्रीलाई नारा लगाउँदा “राजीनामा दे” भनेर मागेपछि धन्न पो प्रमले रोस्ट्रम चढेर लोप्पा देखाएका छैनन्।
“तँ” भनेर नारा लगाउन्जेल राजीनामा नदिन हामी पनि सिफारिस गर्छौं है मुन्त्री ज्यू।
जै नेपाल लै सलाम।
०००
व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्।
Subscribe
Login
0 Comments
Oldest






































