साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेडाहरू !

रोगी छन् उपचार गर्नु कसरी यी शीर्ण भेडाहरू । भोगी छन् अझ चोर दुष्ट छलका विश्वास पो के गरूँ । गर्छन् बक्बक गोठमा दिनदिनै हल्ला छ चारैतिर ! छैनन् कार्य कुनै यहाँ हित हुने गर्छन् सधैँ बर्बर ।

Nepal Telecom ad

हाेमनाथ घिमिरे :

भेडा पाल्न सकिन्न छैन गतिलो राम्रो हुने लक्षण ।
खान्छन् टन्न परन्तु छैन रसिलो गाह्रो भयो बन्धन ।
गोठाला नहुँदा बिजोग छ सधैँ जुध्दै र लड्दै रहे ।
खर्चै धान्न सदैव मुस्किल भयो के अर्थ यस्तै भए ।

मैले हुन्न भनेँ तथापि कसरी छानेर ल्याइस् तब ।
मैले छुन्न भने कदापि जसरी फुर्ती गरिस् उत्सव ।
तेरै निर्णयले हिजो चयनमा सम्पूर्ण गल्ती गरिस् ।
घाटामा अहिले परिस् मुफतमा खाल्डो तँ आँफै झरिस् ।

छैनन् ठाउँ यहाँ नयाँ चरनका , मिच्छन् छिमेकीहरू ।
भेडा पाल्न सकिन्न बोझ छ सधैँ , स्वार्थी निकम्मा बरु ।
आम्दानी पनि छैन खर्च छ बढी के हुन्छ यस्तै गरे ।
छैनन् नश्ल कुनै बढालु अहिले झन् खञ्चुवा पो परे !

आमाबाट सुनेर तथ्य सब यो गम्भीर छोरो भयो ।
मैले चिन्न सकिन कत्ति अघि यो गल्ती त मेरै थियो ।
भन्थे लायक छन् बजारतिरका मान्छेहरूले सब ।
मैले बल्ल बुझेँ छनोट गतिलो मेरै भएनन् तब ।

रोगी छन् उपचार गर्नु कसरी यी शीर्ण भेडाहरू ।
भोगी छन् अझ चोर दुष्ट छलका विश्वास पो के गरूँ ।
गर्छन् बक्बक गोठमा दिनदिनै हल्ला छ चारैतिर !
छैनन् कार्य कुनै यहाँ हित हुने गर्छन् सधैँ बर्बर ।

आयस्ता नहुँदा जहान घरका पाल्ने कहाँ के गरि !
मान्छिन् शोक कठै असह्य जननी रुन्छिन् सधैँ धर्धरी ।
भौगो भो अब हुन्न फेरि यसरी गल्ती कुनै वास्तव ।
पक्कै फेर्छु बथान वर्ष दिनमा सङ्कल्प मेरो अब ।

रोगी शीर्ण समेत छुद्र जति छन् फाल्नेछु मैले बरु ।
थोरै पाल्छु परन्तु जाँगर दिँदै होस् नश्ल राम्रो अरू ।
पश्चाताप सँगै सुपुत्र जननी चल्दै छ वार्ता त्यहाँ ।
धोका हुन्न कदापि फेरि यसरी भन्दै छ छोरो जहाँ ।

०००
चितवन
जेठ २८,२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x