साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वीभत्स भाष्य

नाम जे भए पनि फाेहर फाेहर नै हाे । हलुवाकाे नाम बालुवा भए पनि खाइन्छ भने बालुवाकाे नाम हलुवा भए पनि खाइन्न । त्यस्तै बिस्टालाई शिष्ट, ईष्ट, विष्ट जे भने पनि त्याे फाेहर नै हाे र त्यसलाई फाल्नुपर्छ ।

Nepal Telecom ad

रमेश समर्थन :

पात्रहरू:
क= म, तँ, तिमी, तपाईं , हजुर
ख= म, तँ, तिमी, तपाईं , हजुर

(क र ख जीवनयात्रामा थिए । अचानक कका खुट्टा मानवकाे आलाे मलमाथि परे ।)

ख= ए, बाटामा हेरेर हिँड् न ! हेर् त गुहु कुचिस् ।

क= हाे र ? हैन हाेला ! मैले कुच्ने ठाउँमा कहाँ गुहु हुनु ?

ख= नपत्याए हेर् न !

क = (हेरेर) ए, कुच्न त कुचेकाे रहेछु तर त्याे गुहु नै त हैन हाेला !

ख = गुहु नै हाे । नपत्याए सुँघेर हेर् न !

क= (सुँघेर) गन्ध त त्यस्तै छ तर याे असम्भव छ । मैले यस्ताे फाेहरमा खुट्टै राख्दिनँ ।

ख= सुँघेर पनि पत्याइनस् भने के अब चाखेर पत्याउँछस् ?

क = बरु त्यसै गर्नुपर्ला । ( चाखेर) यस्ताे स्वाद त त्यसैकाे हाे र पहिले पनि थाहा पाएकाे हुँ तर याे गुहु नै त हैन । अरू नै केही हाेला ।

ख= गुहु नै हाे के ! फुकालेर फाल् त्याे जुत्ता । त्यस्ताे फाेहाेरी जुत्ता पनि लगाउने र गुहु हाे भन्ने सावित हुँदा पनि हैन भनेर के गर्न खाेजेकाे ?

क= यसलाई गुहु हाे भन्ने भाष्य हामीले बनाएका हैनाैँ ! उहिले नै यसलाई गुहु नभनेर अर्काे नाम दिएकाे भए गुहु हुन्थ्याे ? म भाष्य फेर्न चाहन्छु र भन्छु याे गुहुजस्तै त हाे तर गुहु हैन ।

ख= नाम जे भए पनि फाेहर फाेहर नै हाे । हलुवाकाे नाम बालुवा भए पनि खाइन्छ भने बालुवाकाे नाम हलुवा भए पनि खाइन्न । त्यस्तै बिस्टालाई शिष्ट, ईष्ट, विष्ट जे भने पनि त्याे फाेहर नै हाे र त्यसलाई फाल्नुपर्छ ।

क= तेराे भनाइ सही हाे तर मैले याे फाेहर हैन भन्ने भाष्य बनाइसकेकाे हुँदा याे मसँग र म याेसँगै रहन्छाैँ । पेटमा त तेराे पनि त्यही छ । बाहिर आउनासाथ किन घृणा ?

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x