रमेश समर्थनवीभत्स भाष्य
नाम जे भए पनि फाेहर फाेहर नै हाे । हलुवाकाे नाम बालुवा भए पनि खाइन्छ भने बालुवाकाे नाम हलुवा भए पनि खाइन्न । त्यस्तै बिस्टालाई शिष्ट, ईष्ट, विष्ट जे भने पनि त्याे फाेहर नै हाे र त्यसलाई फाल्नुपर्छ ।

रमेश समर्थन :
पात्रहरू:
क= म, तँ, तिमी, तपाईं , हजुर
ख= म, तँ, तिमी, तपाईं , हजुर
(क र ख जीवनयात्रामा थिए । अचानक कका खुट्टा मानवकाे आलाे मलमाथि परे ।)
ख= ए, बाटामा हेरेर हिँड् न ! हेर् त गुहु कुचिस् ।
क= हाे र ? हैन हाेला ! मैले कुच्ने ठाउँमा कहाँ गुहु हुनु ?
ख= नपत्याए हेर् न !
क = (हेरेर) ए, कुच्न त कुचेकाे रहेछु तर त्याे गुहु नै त हैन हाेला !
ख = गुहु नै हाे । नपत्याए सुँघेर हेर् न !
क= (सुँघेर) गन्ध त त्यस्तै छ तर याे असम्भव छ । मैले यस्ताे फाेहरमा खुट्टै राख्दिनँ ।
ख= सुँघेर पनि पत्याइनस् भने के अब चाखेर पत्याउँछस् ?
क = बरु त्यसै गर्नुपर्ला । ( चाखेर) यस्ताे स्वाद त त्यसैकाे हाे र पहिले पनि थाहा पाएकाे हुँ तर याे गुहु नै त हैन । अरू नै केही हाेला ।
ख= गुहु नै हाे के ! फुकालेर फाल् त्याे जुत्ता । त्यस्ताे फाेहाेरी जुत्ता पनि लगाउने र गुहु हाे भन्ने सावित हुँदा पनि हैन भनेर के गर्न खाेजेकाे ?
क= यसलाई गुहु हाे भन्ने भाष्य हामीले बनाएका हैनाैँ ! उहिले नै यसलाई गुहु नभनेर अर्काे नाम दिएकाे भए गुहु हुन्थ्याे ? म भाष्य फेर्न चाहन्छु र भन्छु याे गुहुजस्तै त हाे तर गुहु हैन ।
ख= नाम जे भए पनि फाेहर फाेहर नै हाे । हलुवाकाे नाम बालुवा भए पनि खाइन्छ भने बालुवाकाे नाम हलुवा भए पनि खाइन्न । त्यस्तै बिस्टालाई शिष्ट, ईष्ट, विष्ट जे भने पनि त्याे फाेहर नै हाे र त्यसलाई फाल्नुपर्छ ।
क= तेराे भनाइ सही हाे तर मैले याे फाेहर हैन भन्ने भाष्य बनाइसकेकाे हुँदा याे मसँग र म याेसँगै रहन्छाैँ । पेटमा त तेराे पनि त्यही छ । बाहिर आउनासाथ किन घृणा ?
०००
रूपन्देही
Subscribe
Login
0 Comments
Oldest






































