साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफू स्वयम् बाँच्छ के ?

आफू रोबट झै भए भनि अझै बुझ्दैन मान्छे किन यस्तै चाल रह्यो भने अब छिटो, मासिन्छ यो कुन् दिन। संसारै सब ध्वस्त गर्न सकिने, औजार बन्दैछ रे संसारै सब ध्वस्त हुन्छ तब ऊ आफू स्वयम् बाँच्छ के ?

Nepal Telecom ad

बालकृष्ण खनाल :

छोरी हुन् घरको पवित्र गहना, पार्छिन् उज्यालो घर
फाल्छौ भ्रुण झिकेर दुष्ट जन हो, छोरी बिना चल्छ र ।
छोरीको भ्रुणमै विनास गरिए,आमा कहाँ मिल्छ र
तिम्रो यो ममता दिने असलमा, छोरी समान् हैन र।।

हेरी दुर्बिनले तुहाइ भ्रुणको, छोरी भए दुर्जन
आमा बन्दछ के गरेर घरमा छोरी तुहाई कन।
लाग्यो खोज्न मिजासिली र रुपकी सुन्दर बुहारी अजै
आयो दिक्क परेर रिक्त घरमा भेटेन भन्दै कतै ।।

राँडै राख कुपुत्र ती मनुजले, छोरी तुहायौ किन
छोरीको भ्रुणहत्य गर्छ जसले खोज्छौँ बुहारी किन।
के यस्तो जमना भएछ बुझनै गाह्रो भयो ए जन
छोरी छैन भने समस्त दुनिया के चल्छ यो लौ भन।।

खेलौना युवती बनाइ दुनिया, मख्खै छरे भन्दछन्
खेलौनासँग त्यो विवाह गरदा, छोरा कहाँ बन्दछन्।
कस्तो हुस्सु हुँदैछ मानव हरे, के हुन्छ भोलिअझै
रक्षा जो जनको गरेर बसने रोबट् बने रे कतै।।

आफू रोबट झै भए भनि अझै बुझ्दैन मान्छे किन
यस्तै चाल रह्यो भने अब छिटो, मासिन्छ यो कुन् दिन।
संसारै सब ध्वस्त गर्न सकिने, औजार बन्दैछ रे
संसारै सब ध्वस्त हुन्छ तब ऊ आफू स्वयम् बाँच्छ के ?

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x