साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुन्दे सरकार

जसले बोल्दछ झोलेको झोला बिरुद्ध त्यसलाई पार लम्पसार थुन्दे सरकार ।

Nepal Telecom ad

मरुभूमि नारायण :

प्रश्न सोध्नै हुन्न पत्रकार थुन्दे सरकार
कपि गर्नै हुन्न कलाकार थुन्दे सरकार ।

किन यसरी संयमित भएको होल हगि
यै पारा हो भने समाचार थुन्दे सरकार ।

हुन त नैतिकता नहराएको देश हो मेरो
अब त सत्भाव सदाचार थुन्दे सरकार ।

जो बोल्छ निष्पक्ष त्यसैगरी सत्य कुरा
त्यसलाई झन लगातार थुन्दे सरकार ।

यो देशमा अपराधीले न्याय पाउनुपर्छ
देशमा जो हुन्छ बफादार थुन्दे सरकार ।

ज्यानमारा छुट्छ भरष्टचारी नि छुट्छ
जनलाई छँदैछ कारागार थुन्दे सरकार ।

जसले बोल्दछ झोलेको झोला बिरुद्ध
त्यसलाई पार लम्पसार थुन्दे सरकार ।

विसंगतिको बिरुद्धमा जो अगि सरि
दिन्छ है भाषण दमदार थुन्दे सरकार ।

घुसखोरी भ्रष्टाचारीले कुटी बनाइसके
अर्बौं खाने होइन प्रश्न सोध्नेलाई थुन्दे सरकार।

मरेको सरकारको शवको भाँजो हाल्न
जो आइरहन्छ बारम्बार थुन्दे सरकार ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x