अर्जुन दाहाल (क)आधा सत्य आधा भ्रम- १७
क्यान्सर राजलाई छेक्न पनि पाइने हो भने त विदा सदुपयोग नै भएको माने पनि हुन्छ क्यारे ! ८४ सालमा “बेथितिको ८४” गर्न मन लाग्नुलाई अन्यथा लिने बिरामीको ब्लड प्रेसर बढ्न जरुरी छ।

अर्जुन दाहाल (क) :
अहिले अमेरिकामा डाक्टर हिरोसिमा पाल्नुभएको छ। पाल्नुभयो मात्र होइन, बिरामीको उपचार गर्न पनि थाल्नुभएको छ। संसद भवनमा छिरेर तर्कबम, विचारबम खसाउने डा. हिरोसिमा आफैं पनि बिरामी हो भन्ने हल्ला छ। सानै उमेरमा डाक्टर भएर बिरामीको उपचार गर्न छोडेर अनजान अनजाननीय भएर देशको सेवा गर्न मन लाग्नु पनि एउटा रोग नै हो।
टेक्साससहित अन्य केही शहरमा उहाँको कार्यक्रम अत्यन्त सफल भएको र उपचारका लागि थुप्रै बिरामी भेला भएका भन्ने सुनेको छु। कसैलाई नेपाल बनाउने रोग, कसैलाई उनी जस्तालाई असफल बनाउने रोग — दुबै खाले बिरामी जम्मा भएको कुरा स्थानीय रेडियोहरूमा धमाधम बजिरहेका छन्।
“आफ्नो विदा आफ्नो लागि नभएर देशको लागि”— यो अर्को रोग हो जसले महामारी ल्याउन सक्छ। वर्षौं राज गरेको क्यान्सर तथा मधुमेहको राज्यमा धावा बोल्न यो महामारी विश्वभर फैलिन जरुरी छ। हुन त देशको माटो टेक्न पनि पाइने, क्यान्सर राजलाई छेक्न पनि पाइने हो भने त विदा सदुपयोग नै भएको माने पनि हुन्छ क्यारे ! ८४ सालमा “बेथितिको ८४” गर्न मन लाग्नुलाई अन्यथा लिने बिरामीको ब्लड प्रेसर बढ्न जरुरी छ।
“मेरो आफ्नै बिराम पनि चर्को छ !
सुन्दै छु, ८४ मा नेपाल उड्नेको लर्को छ।”
०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्।)
Subscribe
Login
0 Comments
Oldest







































