पदम भण्डारीदुई व्यङ्ग्य कविता
कसैको सहारा नचाहिने, आफैँमा दम्भ बोक्ने नेताको पछि पछि हिँड्ने, विचारशुन्य मान्छे अरूलाई बेवास्ता गर्ने, घमण्डमा बाँच्ने हो, म एक हाते हो।

पदम भण्डारी :
(१) म मासुभाते हुँ
म देख्दैछु धेरैले म झोले हुँ भनेका छन्
तर म झोले हैन म मासु भाते हुँ
भोक लाग्दा याद आउँछ, जुठो होस् वा उच्छिष्ट
बास्ना नाकमा आउँछ, स्वाद मुखमा छाउँछ
थालभरि भात, छेउमा मासुको टुक्रा
यो नै हो मेरो सुख, यो नै हो मेरो मुद्रा
त्यसैले म मासु भाते हुँ ।
अरुले नुनको सोझो गरेजस्तै
मैले मासु भातको सोझो गर्छु
आफ्नो पेट भर्नलाई सधैं तयार बस्छु
अरूलाई के थाहा यो भोकको महिमा
मासु नभए भात लाग्छ फिक्का र खल्लो
सित्तैमा पाएको मासु भात खाने हुनाले म खाते हुँ
त्यसैले म मासु भाते हुँ ।
म कुरौटे हुँ बाते हुँ गफमा दिन बिताउँछु
तर मनको कुरा कसैलाई भन्न सक्दिनँ
चाडपर्व होस् वा सामान्य दिन
मासुको बास्ना सधैं चाहिन्छ यो पेट भर्नलाई
कहिलेकाहीँ बोल्न गर्छु राजनीतिक जाते हुँ
तर मौन बस्दा शान्तिको सास फर्न पाउन्न मलाई थाहा छ
कसैलाई दालभात, कसैलाई तरकारी प्रिय
मेरो लागि चाहिँ, मासु भात नै हो प्रिय
त्यसैले म मासु भाते हुँ ।
नेताले जे बोल्छ म त्यहि बोल्छु
म कुरौटे हुँ बाते हुँ
कसैको सहारा नलिई
आफ्नै बाटो बनाउनु छैन मलाई
जिन्दगीको यो यात्रा, मासुसँगै बितोस्
हरेक गाँसमा, तृप्तिको अनुभूति होस्
यो भन्दा माथि उठेर
म नागरिक बनेको दिन
देश बन्छ भन्ने मलाई लाग्दैन
त्यसैले म रैती हुँ, दास हुँ, भेडा हुँ,
झोले हुँ, कुरौटे हुँ, बाते हुँ, एक हाते हुँ
यो भन्दा माथि उठेर म मासु भाते हुँ ।
(२) मेरो परिचय
समय बदलियो, बदलियो चाल
म पनि अब भिन्न छु, मेरो नयाँ हाल
पहिला जे थिएँ, अब त्यो रहेन
नयाँ पहिचानमा, नेताको म ढाल
अब म मासु भाते हो, स्वादको पुजारी
पेट भर्न मात्र होइन, जिब्रोलाई खुसी पारी
जे पायो त्यही खाने, जुठोमै रमाउने
साँचो भन्दाखेरि, म एक खाते हो।
जताततै कुरा काट्ने, निन्दा र चुक्ली गर्ने
अरूको दोष मात्रै देख्ने, मनमा कुरा बुन्ने
मुखले मीठो बोल्ने, मनमा विष पाल्ने
हो, म एक कुरौटे हो, बाते हो।
सत्ताको खेलमा, रङ्ग बदल्ने चाल
विचारहीन, सिद्धान्तहीन, यो कस्तो जाल
जता फाइदा देख्छु, उतै लाग्ने बानी हो
म एक राजनीतिक जाते हो ।
कसैको सहारा नचाहिने, आफैँमा दम्भ बोक्ने
नेताको पछि पछि हिँड्ने, विचारशुन्य मान्छे
अरूलाई बेवास्ता गर्ने, घमण्डमा बाँच्ने
हो, म एक हाते हो।
अब म यस्तै हो, जे देख्छौ त्यही हो
यही हो मेरो परिचय, यही नै सत्य हो
मनमा जे छ, मुखमा त्यही आउँछ
यही नै हो मेरो आजको परिचय ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































