साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल रोगी छु म

ज्यादै दूषित राजनीति छलले, पीडा उही बल्झिय‍ो । मेरा वीर सुपुत्रका सहिदका, सङ्घर्ष व्यर्थै भयो ।। मेरो माथ दुखेर दर्द छ कडा, नेपाल दुख्दै छु म । जाली भ्रष्ट दुसाधका कदमले, कस्तो बिरामी छु म ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल

ज्यादै दर्द बढ्यो गढ्यो हृदयमा, बढ्दै गयो सङ्कट ।
नेता शासक गण्यमान्य अगुवा, बन्दै गए कर्कट ।।
मेरो देह दुखेर आज यसरी, नेपाल रोगी छु म ।
मेरो दोहन मात्र बढ्दछ सधैँ, कस्तो बिरामी छु म !!-१

सारा प्राकृत बस्तु सुन्दर छटा, मास्दै गए हे हरि ।
मेरा मौलिक मान्यता गहनता, फ्याँके हरामी बनी !!
मेरो इज्जत अस्मिता लुटिलिए, चीत्कार गर्दै छु म !
ब्वाँसा गिद्ध हुँडारका कहरले, साह्रै बिरामी छु म !!-२

सीमा मिच्दछ पारिबाट खलले, चर्किन्छ मेरो शिर ।
मेरा सन्तति लाभका कहरले, झुक्छन् उतै आखिर !!
पाखा लेक मधेस दुर्गम गढी, नेपाल नाङ्गै छु म ।
मेरो वक्ष चिरेर रम्छ अगुवा, कस्तो बिरामी छु म ।।-३

प्यारा सन्तति ती युवा र युवती, सारा गए बाहिर ।
बारी खेत नदी हिमाल झरना, बन्दै गए जर्जर ।।
पेसा पौरख रोजगार नहुँदा, नेपाल गिर्दै छु म ।
मेरो अङ्ग प्रत्यङ्ग खण्डित हुँदा, साह्रै बिरामी छु म ।।-४

शिक्षा ज्ञान कला नवीन सिपका, छैनन् कुनै चिन्तन ।
सारा मौलिक ज्ञानको प्रविधिको,को गर्छ त्यो मन्थन ?।।
योद्धा चिन्तक वीर विज्ञ जनका, नेपाल बोल्दै छु म।
मेरा गौरव सान कुण्ठित हुँदा, साह्रै बिरामी छु ।।-५

ज्यादै दूषित राजनीति छलले, पीडा उही बल्झिय‍ो ।
मेरा वीर सुपुत्रका सहिदका, सङ्घर्ष व्यर्थै भयो ।।
मेरो माथ दुखेर दर्द छ कडा, नेपाल दुख्दै छु म ।
जाली भ्रष्ट दुसाधका कदमले, कस्तो बिरामी छु म ।।-६

०००
बट्टार, नुवाकोट । हाल:- बालाजु,काठमाडौं,
Email : krishnaprasadpaudel871@gmail.com
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x