पिँडालु पण्डितथारु लाेकसाहित्य र संस्कृतिमा हास्यव्यङ्ग्य
थारू समुदायलाई जागरुक बनाउन, गलत कामको खबरदारी गर्न र सकारात्मक पक्षको प्रचारका लागि पनि केही थारू लेखकहरूले हास्यव्यङ्ग्य माध्यमलाई रोजेको पाइन्छ । यो सकारात्मक पक्ष हो ।

लक्की चाैधरी :
विषयप्रवेश
समाजको गतिशीलता र व्यक्तिको गतिविधिसँगै हास्यव्यङ्ग्य विधा सिर्जना भएको मान्न सकिन्छ । मानवीय स्वभावका अनेक पक्षहरू हुन्छन् । समाजमा अथाह खुसी र मनोरञ्जन मात्र छैन- दुःख, वेदना, तनाव र गरिबी पनि छ । वेरोजगारी र जातीय विद्वेषदेखि अनेकौं विकृति र विसङ्गति विद्यमान छन् । त्यस्तो बेला मानिस राहतको सास फेर्न चाहन्छ । तनाव र पीडालाई कम गर्ने उपायको खोजीमा लाग्छ । अनेक चुनौतीबिच मुटुमाथि ढुङ्गा राखी हाँस्छ । हाँस्नु र हँसाउनु मानवको सोख हो । यही हाँस्ने र हसाउने क्रममै ‘हास्यव्यङ्ग्य’ विधाको सिर्जना हुन्छ । यो विधाले अव नेपाली संस्कृतिको रूप लिइसकेको छ ।
समाज, देश र गाउँ तनाव एवम् विसङ्गतिमा आहाल भएका बेला जनभावना बुझ्ने एउटा ‘थर्मामिटर’ को काम गर्ने विधा हो- हास्यव्यङ्ग्य । मानिसको दुःखमा साथ दिने ‘अक्सिजन’ को काम यसले गर्छ । व्यक्तिको तनाव एक छिनका लागि भए पनि दूर गर्छ र राहत महसुस गराउँछ । बुझ्नेले यो विधालाई विभिन्न कोणबाट बुझ्छन् । तथापि अशिष्ट, असभ्य, अश्लील, अभद्र गालीगलौज गर्ने विधा होइन- हास्यव्यङ्ग्य । यो त शिष्ट, सभ्य, शालीन र भद्र आलोचना गर्ने विधा हो । यसको लक्ष्य सकारात्मक रूपान्तरण हो । यसले व्यक्ति र समाजलाई व्यङ्ग्य गरी सुधन दबाब दिन्छ । यसले वैचारिक स्वतन्त्रताको चेत बोक्छ । विकृति विसङ्गतिविरुद्ध चेतना दर्ज गर्छ । एकातिर सकारात्मक परिवर्तनको दबाब सिर्जना गर्छ, अर्कोतिर मानिसलाई हँसाउँछ र मनोरञ्जन प्रदान गर्छ । त्यसैले यस विधाको नाम ‘हास्यव्यङ्ग्य’ बन्यो ।
लोकनाटक र लोककथामा हास्यव्यङ्ग्य
थारू साहित्यमा विधागतरूपमा हास्यव्यङ्ग्यको विकास भएको छैन । तर त्यसको चेत अवश्य छ । थारू पुर्खाहरूले आफ्नो समयमा मनोरञ्जनका लागि विभिन्न नाटकहरू रच्चे र तिनको मञ्चन गर्थे । नाटक मार्फत समाजका कुरीति र कुप्रथाप्रति कडा व्यङ्ग्य गर्ने । शासक प्रशासकहरूलाई व्यङ्ग्य गर्थे । ठ्याक्कै त्यही शैलीका नाटक अहिले मञ्चन नभए पनि परिवर्तित अवस्थाका नाटक मञ्चन भएकै छन् । समाजमा हिजो पनि विक्ति, विसङ्गति र अन्धविश्वास थियो। आज पनि छ । हिजोका नाटक समाज र सामाजिक कुसस्कारप्रति लक्षित थिए । समाजका राम्रा पक्षको प्रचार गर्नेतर्फ केन्द्रित हुन्थे । तर आज समय बदलिएको छ । अहिलेका नाटकमा सामाजिक, सांस्कृतिक संगसंगै राजनीतिक विषय बढी जोडिएर आउँछन् । समाज रूपान्तरणका लागि शैक्षिक विषय पनि नाटकमा जोडिएर आइरहेका छन् । यसले एकातिर चेतनाको सन्देश प्रवाह गर्ने काम गरेको छ, अर्कोतिर मनोरञ्जन पनि प्रदान गरिरहेको छ । थारू उखान (कहकुट), फोक्रामा पनि हास्यव्यङ्ग्य पाइन्छ ।
थारूहरूले मञ्चन गर्ने नाटकमा ‘जोकर’ पात्र अनिवार्य हुन्छ, जसलाई थारूमा ‘सोड्या’ भनिन्छ । त्यही पात्र मार्फत मनोरञ्जन र ‘व्यङ्ग्य गरेको’ सन्देश दिने प्रयास गरिन्छ । नाटकको कथाले एक किसिमको सन्देश दिइ नै रहेको हुन्छ । त्यसबाहेक नाटकको कथावस्तुलाई चोटिलो बनाउने र दर्शकको ध्यान आफूतिर तान्ने काम जोकर (सोड्या) ले गरिरहेको हुन्छ। जोकर हेर्दा उट्पट्याङ खालको हुन्छ । उसको पोसाक अनौठो हुन्छ । उसको साजसज्जा र शैली अरूभन्दा फरक हुन्छ । नाटकमा मञ्चन हुने अन्य पात्रभन्दा ऊ भिन्न देखिन्छ । नाटकमा मात्र होइन, थारूका सस्कृक्तिजन्य नृत्य, नाचगानमा समेत जोकर पात्र सिर्जना गरिएको हुन्छ । त्यही जोकरले दर्शकको ध्यान आफूतिर आकर्षित गर्छ । अर्थात् सोड्याले कुनै पनि नाटकमा चटनीको काम गर्छ। भोजनसँग जसरी ‘चटनी’ नहुँदा खल्लो लाग्छ र चटनी भएमा भोजन मिठो बन्छ, त्यसरी नै कुनै पनि लोककथा, नाटक तथा अन्य प्रस्तुतिमा ‘सोड्या’ को भूमिका चटनीका रूपमा हुन्छ ।
थारू हुर्दड्वा नाच, झुम्रा, सखिया, मुग्रहवा, धुम्रा, बकांनाच होस् कि बैठक्की या दिननचुवा, सबै नृत्यमा जोकर (सोड्या) अनिवार्य जस्तै हुन्छ। ऊ दर्शकलाई आफ्नो कला र प्रस्तुति देखाएर मनोरञ्जन प्रदान गर्छ । संगसंगै कथावस्तुले दिन खोजेको व्यङ्ग्यात्मक सन्देश पस्किरहेको हुन्छ । त्यसैले जोकरको भूमिका निर्वाह गर्ने पात्र राम्रो चेत भएको र ‘समाज बुझेको’ हुनुपर्छ ।
थारू साहित्यमा हास्यव्यङ्ग्य चर्चा
हास्यव्यङ्ग्य विधा थारू साहित्यमा त्यति विकसित हा भैसकेको छैन । फुटकर रूपमा साहित्यिक रचनाहरू प्रकाशित हुने गरे पनि यसले विधागत रूप लिइसकेको छैन । मान्छेलाई हँसाउनु र व्यङ्ग्यसहित सन्देश प्रवाह गर्नु फरक विषय हो । हँसाउनु मात्र हास्यव्यङ्ग्य होइन ।
यस विधामा केही न केही परिवर्तनको चेत मिश्रित हुनैपर्छ । पड्क्तिकारले थारू चुट्किलाको पुस्तक ‘हंसौनी’ (२०७२) प्रकाशित गर्यो। यो नै थारू भाषामा प्रकाशित पहिलो चुट्किला सङ्ग्रह बन्यो । तर त्यसमा विशुद्ध यारू जनजीवनका चुट्किला छन् । थारू भाषामा चौ चुट्किलालाई ‘हंसौनी’ भनिन्छ। तर यो शब्द निकै चोरै मात्र थारू समुदायलाई थाहा छ। अधिकाशले चुट्किला नै बुझ्छन् ।
त्यसैगरी साहित्यकार कृष्णराज सर्वहारीले ‘धोधोपोपो’ प्रकाशित गरी त्यसलाई हास्यव्यङ्ग्य कृति भनेका छन् । त्यसमा हास्य रस छ, व्यङ्ग्य छैन । हास्य पनि अश्लील र विकृत छ । हास्यव्यङ्ग्यले समाजको विकृति र विसङ्गति हटाउने कुराको वकालत गर्नुका साथै सकारात्मक परिवर्तनको बहस गर्छ । यस अर्थमा सर्वहारीको कति हास्यव्यङ्ग्य होइन भन्ने वाम समीक्षकहरूको बुझाइ छ । त्यसैगरी साहित्यकार चित्रबहादुर चौधरी, मशीन ये चौधरी, छविलाल कोपिला, अशोक थारू, बमबहादुर थारू, गोपाल दहित, महेश चौधरी, पल्कित चौधरी, बदन चौधरी सियाराम चौधरी, रमानन्द लेखी, रामलगन चौधरी प्रकाशनाथ चौधरी, मनिराम थारू लगायतले आफ्ना 1 फुटकर रचनामा व्यङ्ग्यात्मक चेत राखेको देखिन्छ। तर हास्यव्यङ्ग्यलाई उद्देश्य बनाएर लेखेको पाइदैन । अहिले थारू साहित्यमा युवा साहित्यकारको ठूलो जमात छ। तिनका कथा, कविता, गीत, गजल, मुक्तक, हाइकुमा व्यङ्ग्यात्मक चेत झल्किन्छ । तर विशुद्ध हास्यव्यङ्ग्यई रूपमा लेखिएका रचना बथोरै मात्र भेटिन्छन् । ठ्याको भन्नुपदां थारू साहित्यमा हास्यव्यङ्ग्यले आफ्नो स्यान बनाइसकेको छैन । हास्यव्यङ्ग्य नेपाली साहित्यको एउटा ‘छुट्टै शैली’ बनिसकेको अहिलेको अवस्थामा बारू साहित्यमा यसले विशिष्ट स्थान बनाउन भने बाँकी छ।
हास्यव्यङ्ग्यमा राजनीतिक चेत
राजनीतिक विषयवस्तुमा रुचि राख्ने लेखकने हास्यव्यङ्ग्यलाई जोड दिएर छिटपुट लेखरचना लेखेसे पाइन्छ । मेला, महोत्सवका स्टेजमा गरिने प्रस्तुतिमा अहिले हास्यव्यङ्ग्यले स्थान पाउन थालेका छन्। राजनीति गर्ने थारू अगुवाहरूले राजनीतिमा व्यङ्ग्यात्मक भाषण गरेको पनि देखिन्छ, तर धेरै कम मात्रामा । बारू लेखकहरूमध्ये पङ्क्तिकार स्वयम्, सुशील चौधरी, एकराज चौधरी, कृष्णराज सर्वहारी, छविलाल कोपिला, महेश चौधरी, महेश्वरप्रसाद चौधरी, फनिश्याम थारू, निरा भगत, गोपाल दहित, राजकुमार लेखी, चन्द्रनारायण चौधरी, शैलेन्द्र चौधरी, लक्ष्मण थारू, रेशम चौधरी, सीताराम थारू लगायतले कलम चलाएको देखिन्छ । यी लेखकका रचना र सिर्जनामा राजनीतिक हास्यव्यङ्ग्य चेत स्पष्ट रूपमा आएको पाइन्छ । तर यसलाई पर्याप्त मान्न सक्ने आधार छैन । उसै पनि नेपाली राजनीतिमा थारूको स्थान उच्च छैन । पञ्चायतकालदेखि राजनीतिमा छिटपुट मात्रामा चारूहरूको सलग्नता भेटिए पनि मूलधारको राजनीतिमा उनीहरू स्थापित भइसकेका छैनन् । ‘मन्त्री’ पदसम्मको जिम्मेवारीमा धेरै थारू पुगे । तर राजनीतिमा टिकिरहन सकेनन् । मन्त्री भइसकेका थारू अझै गुमनाम छन्। राजनीतिमा सक्रिय छैनन् । उनीहरू लेखन सिर्जनामा नै आए । तर हास्यव्यङ्ग्यमा राजनीतिक सन्देश प्रवाह गर्ने उति साह्राे प्रस्फुटन हुन नसकेको सत्य हो।
सञ्चारमाध्यममा हास्यव्यङ्ग्य
थारू समुदायले आफ्नै मातृभाषामा सञ्चालन गरेका सञ्चारमाध्यम तथा नेपाली भाषामा सञ्चालित थारूका सञ्चार माध्यममा पनि केही रूपमा हास्यव्यङ्ग्य रचनाले स्थान पाउँदै आएका छन् ।
त्यस्तै थारू भाषाका चलचित्रमा समेत हास्यव्यङ्ग्यको स्थान देखिन्छ । पङ्क्तिकार स्वयम्ले आफ्नै प्रकाशन तथा सम्पादनमा प्रकाशित गरेको ‘हमार पहुरा’ अर्धसाप्ताहिक, ‘हमार पहुरा’ दैनिक पत्रिका तथा अहिले ‘हमार पहुरा डट कम’ न्यूज पोर्टलमा समेत हास्यव्यङ्ग्यले भरिएका केही रचनाहरू प्रकाशित तथा सम्प्रेषित छन् । साहित्यिक फुटकर रचनालाई समेत स्थान दिइने गरेको छ । त्यसबाहेक पहुरा दैनिकसहित थारू भाषाका अन्य अनलाइन न्यूज पोर्टलमा पनि केही रचनाहरू हास्यव्यङ्ग्य सन्देश बोकेका भेटिन्छन् । यसअघि थारू कल्याणकारिणी सभाले प्रकाशन गरेको ‘संस्कृति’ नामक पत्रिकामा पनि हास्यव्यङ्ग्यका फुटकर रचनाहरू प्रकाशित भएको भेटिन्छ ।
निष्कर्ष
हास्यव्यङ्ग्यले अहिले अलग्गै साहित्यिक शैलीको रूप लिइसकेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि यस्तो शैलीको स्थान उच्च छ । नेपाली समाजमा विद्यमान विकृति, विसङ्गति, भेदभाव र अराजकताको अन्त्य गर्ने हेतुले विभिन्न कलाकारले आफ्नो कला मार्फत प्रस्तुति दिइरहेको हामी देख्छौं । अहिले राजनीतिक घटनाक्रम अझ धेरै हास्यव्यङ्ग्यका खुराक बनेको हामी पाउँछौं । कारण राजनीति नै यस्तो माध्यम हो, जसको पहलमा सबै ऐन, कानुन, नीतिनियम निर्माण हुन्छन् । मूलनीति नै गलत बाटोमा समाहित भयो भने देशको शासन प्रशासन नै गलत दिशामा जान्छ भनेर कलाकार, लेखक तथा साहित्यकारले निरन्तर हास्यव्यङ्ग्य मार्फत खबरदारी गरेको हामी पाउँछौं ।
यसर्थ यो विधा समाज रूपान्तरणका लागि हो साथै सही, सभ्य र भद्र समाज निर्माणका लागि हो । थारू समुदायमा विद्यमान रहेका गुरुवाको तन्त्रमन्त्र होस् कि जाँडरक्सी पिउने र पिलाउने परम्परा होस्, त्यसको अति प्रयोग गर्दा समाज नै समस्यामा परेको व्यङ्ग्यचेत थारू लेखक तथा स्रष्टाका रचनामा देखिन्छ । अशिक्षित समाजका कारण कमैया, कमलरीरूपी दासदासी जीवन जिउनुपरेको शिक्षामूलक सन्देश पनि हास्यव्यङ्ग्य सिर्जनामा पाइन्छ । थारू समुदायलाई जागरुक बनाउन, गलत कामको खबरदारी गर्न र सकारात्मक पक्षको प्रचारका लागि पनि केही थारू लेखकहरूले हास्यव्यङ्ग्य माध्यमलाई रोजेको पाइन्छ । यो सकारात्मक पक्ष हो । तथापि यसको श्रीवृद्धिमा थारू लेखक, कलाकार, स्रष्टा तथा बुद्धिजीवीले अझ बढी ध्यान दिनुपर्ने देखिन्छ ।
०००
समकालीन साहित्य, ९० (२०७६)
Subscribe
Login
0 Comments
Oldest





































