साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजा आऊ, देश बचाऊ !

पृथ्वीनारायण शाह आऊ, गजल जोगाऊ, गजल गाऊ, सुकरात गुरुलाई फकाऊ !" लेखराम सापकोटा । जोगी अलप भयो। "राजा आऊ, देश बचाऊ !" एक रमाइलो उखान बन्यो, झापालीहरूले मन पराए। ०००

Nepal Telecom ad

धनराज गिरी :

हरेक दिन गणतन्त्रपुरमा, जय नेपाल कोइरालाको वस्ती लालसलाम टोलको एक उखानप्रसाद गोलीको छिमेकी राजेन्द्रकुमार शाहीले पालेको वामशरण लेखकको सम्धीको फेसबुकको भित्तोमा उही रटान, उही पुकार, “राजा आऊ देश बचाऊ ! राजा आऊ देश बचाऊ !” यसमा रवि, इन्द्र, पाठक, थापा, मिश्र, शाही, कसाही, फूल, खुश्बू, नेपाल, स्वागत, आगत, विगत धेरैको लाइक, कमेन्ट, शेयर ! अचम्म !!

“भाटहरूले राम्रो राम्रो कुराहरूको मात्र प्रचारप्रसार गरे, राजाले जति नेपाललाई बर्वाद कसले गर्यो!माइकालालहरू, खान नपाएर छटपटी भएको छ। पहेँलो रङ्ग दलेर मोज गर्न पल्केका सामन्तीहरू ! “कमरेड बिस्फोटसित प्रेमवस्तीका विद्रोही ज्वालाराज, अग्निपुराणका लेखक इस्पातेश्वर शारदोपाध्याय शेर खान।” हो त,जित्नेहरूको मात्र इतिहास लेखिएजस्तै, हाम्रा नालायक अनायक नीला र राता गब्बरहरूको कारणले यस्तो भएको हो !” बिल्कुलप्रसाद,शक्तिबल्लभनन्दन,कुमरोजाध्यक्ष,मिस्टर १३, शाहरूख खान, अलि गम्भीर भएर।

“यू रे का, यू रे का …. ” एक जोगी आयो, जोगीको आवाजले सबैको ध्यान तान्यो। लेखराम ग्रन्थलाल सचिवोपाध्याय बोल्यो, “जोगी बा,के हो यूरेका ? जरासन्ध वा वञ्चकलाल, वा बैशाखनन्दनलालका बारेमा केही थाहा भयो क्या ?” जोगी नजीक आयो, सबैले नमन गरे। जोगी मुस्कुरायो।

“साथी हो, राजा आऊ देश बचाऊ,भनेको रहस्य, यसको रूप होइन सार,हात्तीसर नजीक बस्ने, मेरो मित्र,मेरो सर्वस्व, मेरो प्राण, मेरो अशोक कुमार, दिलिपकुमार, अमीताभ बच्चन, राज कुमारले गवेषण गरे, किन भनियो यो नारा! प्रोफेसर “प्रेमनारायण आशुतोष गजलोपाध्याय झुवानीश्रीले पत्ता लगाए, सुन्ने ? मनमा गुन्ने ?” जोगी बोल्यो।

“जोगी बा, प्लीज !” सुमन कडरिया, कोपिलाभक्त अवतार। सबैले सास रोके। बोल्यो जोगी, “दीपकराज महचोकेको बोलाउने नाम रहेछ, “राजा” सबैले राहुबाट राहुल भने अनि पछि राजा, उसको अति मिल्ने साथी जीतु नेपालको अर्को नाम “देशनाथ पशुपति !”
घर ज्वाइँ बसेर बिरामी भयो जीतु, कमेडी क्लब बन्द, छक्कापञ्जा रोकियो, अनि यही भएर विदेश गएको दीपकराज महचोकेलाई बोलाउन “राजा आऊ देश बचाऊ” भनिएको रहेछ। उही जमानामा” धनराज आऊ झुवानी स्कुल जोगाऊ, पूर्ण वस्ती आऊ, नेपाल हाई स्कुल जोगाऊ” भनेजस्तै। कुरोको चुरो नबुझी हामी पनि यो फेसबुके हल्लाको पछि लाग्ने, उही प्रोफेसर जगमोहन आजाद सुमेधाश्रीको बारेमा गलतफहमी फैलाएजस्तै, एक बकासुर धुन्धुकारी कीचकले !”

“हा हा हा, जोगी बा, सम्पूर्णको ध्यान तानियो, अनायास !” पृथ्वीनारायण शाह आऊ, गजल जोगाऊ, गजल गाऊ, सुकरात गुरुलाई फकाऊ !” लेखराम सापकोटा । जोगी अलप भयो। “राजा आऊ, देश बचाऊ !” एक रमाइलो उखान बन्यो, झापालीहरूले मन पराए।

०००
हाल: क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x