साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समयले चिप्लेटी खेल्छ

अविरल बगिरहेको नदि झैं निरन्तर यात्रामा रहन्छ समय। जसले गर्छ उसमाथि विश्वास उसलाई कहिले पनि गर्दैन निरास खुट्टा छैन तैपनि मजाले दौडछ। उ त गयो जसले साथ छोड्छ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

कहिले बिउ हुन्छ समय,
कहिले बिरुवा,कहिले कोपिला
कहिले ओरालो कहिले उकालो
अविरल बगिरहेको नदी झैं
निरन्तर यात्रामा रहन्छ समय।

कहिले अनुकूल हुन्छ समय,
कहिले प्रतिकूल हुन्छ समय,
कहिले गोरेटो कहिले पक्की बाटो
कहिले दोबाटो, कहिले चोबाटो।
अविरल बगिरहेको नदि झैं
निरन्तर यात्रामा रहन्छ समय।

समय कहिले सुनौलो बिहान
समय कहिले सन्ध्या सुनसान
छेक्न सकिंदैन छलबलले उसको
अनवरत यात्रा सधैं गतिमान।
अविरल बगिरहेको नदि झैं
निरन्तर यात्रामा रहन्छ समय।

जसले गर्छ उसमाथि विश्वास
उसलाई कहिले पनि गर्दैन निरास
खुट्टा छैन तैपनि मजाले दौडछ।
उ त गयो जसले साथ छोड्छ।
अविरल बगिरहेको नदि झैं
निरन्तर यात्रामा रहन्छ समय।
मानिसको भाग्यलाई हाँक्दै
उसको चाहना माथि सधैं
समयले चिप्लेटी खेल्छ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x