साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वासनाको वाटिका !

सोमदत्तको सोमरसबाट सराेवर भएपछि सोम ग्रहमा लैजाने बरदान माग्छन् अनि विचरो सोम निरीह बबुरो झैँ लुत्रुक्क पर्छ, ताडनाको ठिमुरामा कसेर छालाको खोलमा हालेर ग्रहण लगाइन्छ सोमलाई ।

Nepal Telecom ad

शम्भु गजुरेल “कुनाघरे काइँलो”:

बयरको घारीमा सारी लतारेर लेग्रो पसार्दै सेल्फी खिचेर ट्यास्स टाँस्छन् सञ्जालमा, जिस्किने आवेदन माग्छन् ख्याल्ख्यालमा ! धुइरिन्छन् विपरीत लिङ्गी विश्वामित्रहरू आफ्नो तपस्यालाइ भारमा सुकाएर। वक्षको उभार र नितम्बको प्रसारमा यौवनको द्रव्य तुप्काएर सल्काउने टिप्पणीको तापले तातेर खित्का छोड्छन् कलियुगका मेनकाहरू। चमेलीको तेल दलेर करेलीको झालमा छेलिइन्जेल मतर्काउछन् कोरलीहरू, चचर्काउछन् ओथारो बाट उम्केकाहरू, कोर्कोराउछन् रज द्रव्यले उन्मत्त भएका पोथीहरू !

सुनपति, नुनपति, गुनपति, धुनपति, बलपति, रूपपति छान्न मरिहत्ते गर्ने चनमती चन्द्रकलाहरू नउघ्रेको कोपिले बैँस छचल्काउने छलमाया होस् अथवा काखे बालक होस्टेलमा हालेर घाँटी तन्काउने कामकुमारी होस् गौरादहको गौरेटो नाघेर सौराहाको सिरानीमा सुर्खेतको सुकुलगुण्डासँगै सिलिबिलिङ गर्न पुग्छिन् कायालाई छायामा लुकाएर । बझाङकी बाटुली बट्यौलीमा झरेर बाराको बयलकोटीसँगै रात बिताउन तयार हुनुमा स्वार्थ अनेक भए पनि गन्तव्य निर्धारण भएको हुन्छ, कामातुर जोडी मिलापको पटकथा उदाङ्गो भएको हुन्छ।

समाजको तगारो फ्यालेर,आफ्नाको आँखामा छारो हालेर यौवनकुण्डमा गोता लगाउन उद्देलित तैराकहरू पौडी खेलेर लखतरान भएपछि अंकुराउने लोभ र महत्वाकांक्षामा स्वार्थको नङ्ग्रा पलाउँदा रातका साथी बिहान मलामी बन्न उद्दत देखिन्छन् । वासनामा अन्धो हुने पुरुष इन्द्रियको मात्रै अपराध खोजिन्छ खोतलेर च्यातिन्छ धुजाधुजा पारेर पुरुषलाई । पाल्पाकी पारु सोलुमा घघारु टिप्न पुगेकी भन्न मिल्ला तैपनि रतिकृडाको लालचमा हजारौं कोशको यात्रा गर्ने पारूहरू सोमदत्तको सोमरसबाट सराेवर भएपछि सोम ग्रहमा लैजाने बरदान माग्छन् अनि विचरो सोम निरीह बबुरो झैँ लुत्रुक्क पर्छ, ताडनाको ठिमुरामा कसेर छालाको खोलमा हालेर ग्रहण लगाइन्छ सोमलाई ।

ओछ्यानमा उतर्सिने कामदेव र रती स्खलन पश्चात् रछ्यानमा पुगेर शंखनाद गर्दै रणघोष गर्छन् रमाउँछन् नारद, कमाउँछन् कलिका चित्रगुप्तले चर्चाको शिखरमा पुग्छन् चमेलीहरू मरुभूमिको सिउँडी जस्तै बन्छन् कामातुर पुरुष अङ्गराजहरू ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x