साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम- २८

यदि आवश्यक पर्‍यो भने, यस विषयलाई भावी संविधानमा उल्लेख गर्नु उपयुक्त हुनेछ, अथवा कानुन संशोधनमार्फत "आसेपासे संरक्षण विधेयक" ल्याउने माग पनि उचित ठहर्छ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

नेपाली कांग्रेसका आदरणीय सभापति श्री सिंहबहादुर देउवाको घरमा बोरा–बोरा पैसा भेटिएको भनेर जनतामा भ्रम फैलाउने काम भयो, जुन प्रजातन्त्र विरोधी मानसिकताको परिणाम हो। केही विदेशबाट ल्याइएका कागज खाल्डो खनेर राखिएको प्रसंगलाई गणतन्त्र विरोधीहरुले अनावश्यक हल्ला बनाए। देश र जनताको सेवामा उहाँले ६/७ पटक प्रधानमन्त्री भई पुर्‍याएको योगदानलाई बिर्सेर आरोप लगाउनेहरूप्रति गम्भीर निन्दा गर्दै, उहाँको जयजयकार गर्नु आजको आवश्यकता बनेको छ।

श्री देउवाको ससुराली राणा परिवार हो। दाइजो प्रथा कानुनी रूपमा अन्त्य भइसकेको हुँदा, उहाँले औपचारिक रूपमा दाइजो पाउने कुरै थिएन। तथापि, हार्जु म्यामले काठमाडौंको २०/२२ रोपनी जग्गा बोकेर आउनुभएको कुरा सत्य हो। त्यसै जग्गाको केही अंश बिक्री गरेर राखिएको पैसामाथि आँखा लगाउनेहरूलाई ईश्वरले दण्ड दिनेछन् भन्ने हाम्रो दृढ विश्वास छ।

गन्जी पनि राम्ररी लाउन नजान्ने, न अनुभव न ज्ञान भएका केहि जेन्जीहरूले पुराना नेताहरुलाई विश्राम लिनू भनेर उर्दी जारी गर्दा उदेक लाग्छ। ज्योतिष शास्त्रमा विश्वास गर्ने राष्ट्रमा ७ पटक प्रधानमन्त्री नभईकन विश्राम लिने भन्ने कुरा कसरी स्वीकार्य हुन्छ ? यस्ता बेतुकका कुरा गर्ने व्यक्तिहरू विदेशी शक्तिद्वारा परिचालित भएको आशंका गर्न पर्याप्त कारणहरू छन्।

पुराना नेताहरुका पनि सन्तान, नातागोता, आफन्त छन्। देश र जनताका लागि गरेका योगदानको बदलामा, कम्तिमा आफ्ना नजिकका व्यक्तिहरूको आर्थिक सुरक्षाको जिम्मा राज्यले लिइदिओस् भन्ने अपेक्षा अनुचित होइन। यदि आवश्यक पर्‍यो भने, यस विषयलाई भावी संविधानमा उल्लेख गर्नु उपयुक्त हुनेछ, अथवा कानुन संशोधनमार्फत “आसेपासे संरक्षण विधेयक” ल्याउने माग पनि उचित ठहर्छ।

०००
(व्यङ्ग्य लेखेक दाहाल नुन चिनी अमेरिकाका परिकल्पनाकार हुन् )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x