पुरूषाेत्तम सिग्देलठाेक्ता बन्दुक
ठान्दा हाै किन रक्षा गर्ने शक्ति थिएन ? सेना या प्रहरीले चुप्पी साध्नु परेन ? ठाेक्ता बन्दुक सारा तन्देरी जन मर्ने मासी झुन्ड युवाकाे के हाे शासन गर्ने ?

पुरूषाेत्तम सिग्देल :
लेखेँ आँसु मसीले चिठ्ठी गर्न बयानी
हाम्राे देश जलेकाे पाेखी दर्द कहानी
आत्मा नै पनि सुन्दा तिम्राे रुन्छ अवश्य
याे वीभत्स नदेखि अल्पेछाै अनिरुद्ध !
केरी लाग्छ कुबाटाे दम्भी भ्रान्त छ भेडाे
मैमत्तापन बाेकी जिद्दी मार्ग छ टेढाे
लागेका पछि त्यस्ता देशै जर्जर भा,छ
साैभाग्यै बुझ तिम्राे देखेनाै अनिरुद्ध !
राख्ने गाैरव उच्चा श्रद्धा वैभव खानी
सिँहा आशन नामी न्याय क्षेत्र सुवानी
आँखा सामु जलेकाे देख्ताछाैँ हत भाग्य
लाग्याै स्वर्ग नदेखी छाै धन्यै अनिरुद्ध !
उम्ली सागर मुल्काे चल्थ्याे मानव आँधी
जेन्डी झुन्ड युवाकाे घुम्थ्याे लस्कर साथी !
घुस्ता क्रूर हरामी जत्था आैसरवादी
जल्थे या त लुटिन्थे व्यापारी घरआदि
नेताका घर हुन् या मन्त्रीक्वाटर सम्म
जम्मैका जब घेरी आगाे लाग्छ अचम्म ?
काेही नाेट बटुल्ने सामाग्री कि त बाेकी
चाेरी भाटभटेनी लैजान्थे मुख छाेपी
ठान्दा हाै किन रक्षा गर्ने शक्ति थिएन ?
सेना या प्रहरीले चुप्पी साध्नु परेन ?
ठाेक्ता बन्दुक सारा तन्देरी जन मर्ने
मासी झुन्ड युवाकाे के हाे शासन गर्ने ?
लज्जा बा्ेध हुनेछन् लेखाैँ लेखिनसक्ना
शान्ति क्षेत्र कहाँ भाे देखाैँ देखिनसक्ने
आत्माभित्र दुखेकाे पाेखेँ मित्र प्रबुद्ध !
फेरी फेरि जुनीमा भेटाैँला अनिरुद्ध !
०००
२०८२/६/३ ।
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































