साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठाेक्ता बन्दुक

ठान्दा हाै किन रक्षा गर्ने शक्ति थिएन ? सेना या प्रहरीले चुप्पी साध्नु परेन ? ठाेक्ता बन्दुक सारा तन्देरी जन मर्ने मासी झुन्ड युवाकाे के हाे शासन गर्ने ?

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

लेखेँ आँसु मसीले चिठ्ठी गर्न बयानी
हाम्राे देश जलेकाे पाेखी दर्द कहानी
आत्मा नै पनि सुन्दा तिम्राे रुन्छ अवश्य
याे वीभत्स नदेखि अल्पेछाै अनिरुद्ध !

केरी लाग्छ कुबाटाे दम्भी भ्रान्त छ भेडाे
मैमत्तापन बाेकी जिद्दी मार्ग छ टेढाे
लागेका पछि त्यस्ता देशै जर्जर भा,छ
साैभाग्यै बुझ तिम्राे देखेनाै अनिरुद्ध !

राख्ने गाैरव उच्चा श्रद्धा वैभव खानी
सिँहा आशन नामी न्याय क्षेत्र सुवानी
आँखा सामु जलेकाे देख्ताछाैँ हत भाग्य
लाग्याै स्वर्ग नदेखी छाै धन्यै अनिरुद्ध !

उम्ली सागर मुल्काे चल्थ्याे मानव आँधी
जेन्डी झुन्ड युवाकाे घुम्थ्याे लस्कर साथी !
घुस्ता क्रूर हरामी जत्था आैसरवादी
जल्थे या त लुटिन्थे व्यापारी घरआदि

नेताका घर हुन् या मन्त्रीक्वाटर सम्म
जम्मैका जब घेरी आगाे लाग्छ अचम्म ?
काेही नाेट बटुल्ने सामाग्री कि त बाेकी
चाेरी भाटभटेनी लैजान्थे मुख छाेपी

ठान्दा हाै किन रक्षा गर्ने शक्ति थिएन ?
सेना या प्रहरीले चुप्पी साध्नु परेन ?
ठाेक्ता बन्दुक सारा तन्देरी जन मर्ने
मासी झुन्ड युवाकाे के हाे शासन गर्ने ?

लज्जा बा्ेध हुनेछन् लेखाैँ लेखिनसक्ना
शान्ति क्षेत्र कहाँ भाे देखाैँ देखिनसक्ने
आत्माभित्र दुखेकाे पाेखेँ मित्र प्रबुद्ध !
फेरी फेरि जुनीमा भेटाैँला अनिरुद्ध !

०००
२०८२/६/३ ।
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
बन्दकी

बन्दकी

पुरूषाेत्तम सिग्देल
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x