साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम- २९

उनीहरुले आगामी एनआरएनएको नेतृत्वमा जेन जीलाई साथ दिने र संस्था एवं समुदायलाई धोका नदिने वाचा गरेका छन्। विगतमा आफूहरु पार्टीका पिछलग्गु भएकोमा खेद व्यक्त गरेको खबरले अमेरिकी नेपाली डायस्पोरा पनि खुसी भएको देखिन्छ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

अहिले ‘जेन जी आन्दोलन’ ले व्यापक चर्चा बटुलिरहेको छ। इन्डोनेसिया, नेपाल, भारत हुँदै अमेरिकामा रहेका जेन जीहरु पनि जुर्मुराउन थालेका छन्। नेपालबाट बा-भाउजूले भनेपछि मात्र उठबस् गर्ने एनआरएन अमेरिकाको एक्स, वाइ पुस्ता, र उनीहरूले भनेको बेला खेतालो जस्तो काम गर्ने जेन जी पुस्ता अहिले एकाएक सल्बलाएको छ।

हिजो मात्र टेक्सासमा सरी जोशीको घरमा एक हूल जेन जीले धर्ना दिएका थिए भने, उता विस्कन्सिनमा हुती सुवेदीको घरमा पनि ज्ञापनपत्र बुझाइएको थियो। अमेरिकी कानुन अनुसार कुनै हुलदंगा गर्न नमिल्ने थाहा भए पनि, जेन जीहरुले सौहार्दतापूर्वक, तर ठूला स्वरमा, “पार्टीका भरौटेहरुबाट परिचालित, पैसा खर्च गरेर भोट किन्ने, एनआरएनएका मुद्दा भन्दा आफ्नो चर्चालाई केन्द्रमा राख्ने” भनेर ती नेतालाई ठूलो स्वरमा झक्झकाएका थिए ।

त्यो हल्ला हिजो नै यो लेखकको कानसम्म आइपुगेको थियो। आज बिहानै, जोशी र सुवेदीले संयुक्त वक्तव्य जारी गर्दै क्षमा याचना गरेका छन्। आगामी दिनमा मिलेर काम गर्ने, एनआरएन विभाजन नगर्ने, चुनाव हारे-जीते स्वीकार गर्ने जस्ता प्रतिबद्धता जनाएका छन्।

उनीहरुले आगामी एनआरएनएको नेतृत्वमा जेन जीलाई साथ दिने र संस्था एवं समुदायलाई धोका नदिने वाचा गरेका छन्। विगतमा आफूहरु पार्टीका पिछलग्गु भएकोमा खेद व्यक्त गरेको खबरले अमेरिकी नेपाली डायस्पोरा पनि खुसी भएको देखिन्छ।

०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x