साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो जिन्दगी हो चलचित्रजस्तै !!

बेकारका गन्थन खोँच झारी अग्ला उज्याला नवमा उतारी ! तर्ने म नौलो नदनाद पस्तै यो जिन्दगी हो चलचित्रजस्तै !!

Nepal Telecom ad

कलानिधि दाहाल :

थाहा नपाई म झरेँ धरामा
आएँ गरेँ के छु म कन्दरामा!
लाली लता लत्पतभित्र धस्तै
यो जिन्दगी हो चलचित्रजस्तै !!

जाने कता ? छैन म यादभित्र
अन्योलमा अन्ध छु जालचित्र !
छन् मेघ माला म छु शैल यस्तै
यो जिन्दगी हो चलचित्रजस्तै !!

छोटो धरामा छु म एक पात्र
हो आज या भोलि यता ममात्र!
गर्दै गएमा नव कार्य कस्तै
यो जिन्दगी हो चलचित्रजस्तै !!

पर्दा खुले देख्छु म चक्षु हेरी
लागे अँध्यारो जग हुन्छ फेरि!
पाला बलेको छु पला म चेप्तै
यो जिन्दगी हो चलचित्रजस्तै !!

यो काल छोटो छ गरी कमाल
सच्चा गरौँ काम भई हिमाल !
फाहा पुराना नबसूँ म घस्तै
यो जिन्दगी हो चलचित्रजस्तै !!

खोलूँ म पर्दा जति छन् पुराना
हुन् व्यर्थ लाग्ने सबमा बिराना!
नाङ्गा सदाचार विचार यस्तै
यो जिन्दगी हो चलचित्रजस्तै !!

ऊ पारमा पार पला पलामा
संसारको सार थला थलामा!
पिस्ने छु यो दिव्य म दाल घस्तै
यो जिन्दगी हो चलचित्रजस्तै !!

प्याला भरी टल्पल टल्पलेका
आस्था उचालूँ अझ झल्मलेका!
अन्धा भगाऊँ नव चेत पस्तै
यो जिन्दगी हो चलचित्रजस्तै !!

बेकारका गन्थन खोँच झारी
अग्ला उज्याला नवमा उतारी !
तर्ने म नौलो नदनाद पस्तै
यो जिन्दगी हो चलचित्रजस्तै !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x