साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी शान्ति खाेज्न कहाँ जाने ?

हरेक पुस्ताका युवाहरुकाे मस्तिष्कमा बीस भरेर जान्छ नकारात्मक नकारात्मक र नकारात्मकताकाे काेलाहलबाट भागेर हामी चाहिँ शान्ति खाेज्न कहाँ जाने ?

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

त्याे धेरै सम्पन्न युराेपियन देशकाे मान्छे
तीनजुरेकाे गुराँसकाे बाेटमुनि
टाेलाएर बस्छ
कसैले साेधे ऊ भन्ने गर्छ
म यहाँ शान्ति खाेज्न आएकाे ।
त्याे नवयाैवना बर्मेली ठिटाे
लुम्बिनीको पिपलमुनि
पलेंटी मारेर बसिरहेछ
कसैले साेधे ऊ भन्ने गर्छ
म यहाँ शान्ति खाेज्न आएकाे ।
हामी चाहिँ अब शान्ति खाेज्न कहाँ जाने ?
हरेक बिहान पूर्वबाट
जण्डिस लागेकाे एउटा राेगी सूर्य उदाउँछ

हरेक पुस्ताका युवाहरुकाे मस्तिष्कमा
बीस भरेर जान्छ
नकारात्मक
नकारात्मक

नकारात्मकताकाे काेलाहलबाट भागेर
हामी चाहिँ शान्ति खाेज्न कहाँ जाने ?

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x