बी.डी. त्यागीएक चोक्टा (उपन्यास अंश– ८)
समाजलाई कुवाटोतिर औंल्याउने हामी नै हौँ । समाज बिग्रेको छैन । हामी बहुलायौँ । हरबखत रक्सीको बोतलमा पौडी खेलेर मानवतालाई विर्सने, स्वास्नीलाई स्याक्सी दिएर आफू गोरो हुन खाक्सी दल्ने हामी जस्ता स्वाँठले कसरी आफ्ना सन्तानलाई सुमार्गमा लगाउन सकौँला ?

बी.डी. त्यागी :
समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । – सम्पादक
८.
दिउँसोको ठीक चार बजेको छ । नयाँ सडकमा मानिसको ठूलो भेला लागेको छ । एउटी टाइट् फिट बुढी रुँदै र फत्फताउँदै हिंडिरहेकी छे । भुरा भुरी उस्को पछि–पछि थोत्रो ढ्वाङ्ग र ताली बजाउँदै दुगुरा दुगुर गर्दै छन् । नयाँ सडकको अर्कै रुप भैसकेको छ । थोत्रो पिपलको रुख हाँसी रहेको छ । सडकको दुबैपट्टीको घरको झ्याल रङ्गी विरङ्गी तरुनीहरूले भरी भराउ छ । केटाहरू एकले अर्की तरुनीसँग आँखा लडाउँदै छन् । भुराहरू बुढीकै रमितामा भुलेका छन् । बुढा सबै केटीहरूलाई हेरि र्याल काड्दै आफ्नो बुढ्याईंलाई धिक्कार्दै छन् । हल्ला अति मच्चिदै छ ।
बुढी कहिले ढुङ्गा बोकेर भुराहरूलाई हान्न दुगुर्छे त कहिले मुख छोपेर बाटैमा तेर्सी खित्का छोडेर हाँस्छे । कहिले त्यसै कुर्लेर कुरा सम्झेर नाडीको चुरा गन्छे । कहिले ठिङ्ग उभ्भिएर चारैतिर हेरेर अट्टाहासको हाँसो झिक्छे ।
मुखमा लिपिस्टिक, गालामा लालीफा, निधारमा पाउडर र आँखाको तल माथि दुबैतिर गाजल लोपरेकी बुढी बेलबटम् पेन्टमा उभ्भिएकीले राम्रो पनि अत्ति देखिएकी छ । उसको गाला चाउरी परेको भए पनि राम्ररी हिंडेको बेलामा आजका रगतहिन केटीलाई माथ गर्ने खालकी छे । पैसा नभएको मिनिव्याग कुममा टक्रक्क अड्याएको उसको हिप ज्यादै टाइट् भएकोले होला टेक्नको लागि राम्रो लट्ठी हातमा झुण्ड्याएकी पनि छे । उसको असजिलो हिंडाई हेर्न सबै इच्छुक छन् । दाँत झरिसकेका बुढाहरू पनि पैसा दिएर केटाहरूलाई जिस्काउन लगाउँदै छन् । केटाहरू पैसा पचाउने उपायमा तल्लीन् छन् । बुढी फत्फताउँदै बसिरहेकै छे ।
रातो टाइट् कुर्ता, नीलो बेलवटम् पेन्ट, कालो रिबन, सेतो दुपट्टाले सजिएकी बुढी साँच्चैनै आजका केटीलाई माथ गर्ने खालकी छे । उसलाई पछिल्तिरबाट हेर्नेले र्याल काड्थे, अगाडिबाट हेर्नेले मुसुक्क हाँस्थे । छेउँबाट हेर्ने लोभिन्थे । टाढाबाट देख्नेले उसलाई पाउने इच्छा गर्थे ।
अफिस छुटेर घर जान लागेका जागिरदारहरूले बुढीको त्यो आधुनिक फेशन, त्यस नक्कललाई देखेर कत्तिले थुके, कत्तिले यो बिग्रेको समाजलाई देखि आफू जीवीतै रहेकोमा आफैलाई धिक्कारे । दिल कसैको एउटै हुन सकेन । उसलाई देखि कोहि रोए र कोहि दङ्गदास परे ।
सवा पाँच बजेको नयाँ सडक त्यसैत मान्छे पन्छाउँदै बाटो छिचोल्नु पर्ने झन् बुढीको त्यो रमिता मोटर, होण्डा, साइकल न रोकिई के सक्थे ? मानिस छिर्ने ठाउँ खाली थिएन । बुढी धेरै मानिस देखेर आत्तिएर दुगुर्न खोज्थी, ठाउँ नपाएर त्यसै डाँको छोडि रोई दिन्थी मानिस यसैमा मग्न थिए ।
घण्टाघरले हानेको सातको आवाज भियतनाममा बमबार भए जस्तो अनुमान गरी, घरमा पाकेको भात, पकाएर बसेको स्वास्नीको दुर्दशा आँखा सामु टेलिभिजन जस्तै देखिन पुगेकोले बुढीको रमिता त्यसै छोडि धमाधम् सबै आ–आफ्नो बाटो लागे । सन्नाटा छाउन थालेपछि बुढी कराउन थाली–
हे कुपुत हो ! आफ्नी आमालाई एक्ली छोडी किन भकाभक बाटो लाग्छौ ? तिमीहरूले नै सतित्व लुटी रण्डी बनायौ । तिमीहरूले नै नचाहिँदो फेशनको आविष्कार गरी यो जाडोमा यस्तो गतिमा हिँड्ने तुल्यायौ । तिमीहरूले नै हरेक चीजमा किफायत गर्दागर्दा सुविस्ता साथ बस्न उठ्नसम्म दिएनौ । यत्ति मात्रै हो र ? विना लट्ठी हिँड्नसम्म नसकिने यस्तो गाईजात्रे लुगा लगाएर हिँड्ने पार्यौ । तिमीहरूकै कुकर्मले गर्दा कत्तिको आमा बने ? कैयौँकी स्वास्नी ।
मैलेनै तिमीहरूलाई श्रृष्टी गरेकी हुँ । म नै जस्ती स्वास्नीका तिमीहरू छोरा हौ । अब आफ्नी आमालाई एक्लै छोडेर धमाधम् बाटो लाग्न तिमीहरूलाई के लाज लाग्दैन ? तिमीहरू कहाँसम्मका निसर्मी मेरो कुरा पत्याउँदैनौ भने, आफैले विचार गर त । मलाई स्वास्नी कसले तुल्यायो ? आमा कसले बनायो ? के तिमीहरूले होइन ! मलाई बुढी बनायौ के तिमीहरूले होइन ? पाउडर लोपर्नु पर्ने, रिबन गुत्नु पर्ने, लिपिस्टिक लोपर्नु पर्ने, नक्कल झिक्नु पर्ने यी सबै कसले सिकायो ? तिमीहरूले होइन ?
आज मसँग कुरा गर्न तिमीहरूलाई लाज हुने ? मलाई हेरेर गिल्ला गर्ने ? के मैले तिमीहरूले सिकाए बमोजिमकै काम गरिरहेकी छु भने मलाई हेरि किन गिल्ला गर्छौ ? किन खिस्सी गर्छौै ? किन हँस्सीमा उडाई दिन्छौ ? म सती नारी बनिन, मेरो सतित्त कसले लुट्यो ? तिमीहरूले होइन ? के म आफैले मात्र लुटाएकी थिएँ । प्रेम गर्ने तुल्यायौ । के मैले मात्र प्रेम गरेकी थिएँ ? तिमीहरूले चारोटा रुपैयाँ फ्याँकेर किँन्ने गर्यौ । के मैले नै बेचिन खोजेकी थिएँ ? मैले तिमीहरूलाई आफ्नै दुध खुवाएकी छु । तिमीहरू खास मेरा छोरा हौ । लौ त आमालाई त्यसै छोड ।
कुरा सुनिरहेको कप्तानलाई बुढीको सबै कुरा घत लागिरहेको थियो । नगिचै आएर सहि थाप्दै भने–
बुढी, तिमीले गरेका कुरा सबै ठीक हो । नारीलाई बिगार्ने, सपार्ने हात हाम्रै हो । पुरुषले जुन दिशातिर लगाउछन्, नारी त्यसै दिशातिर लाग्छिन् । नारीलाई गृहलक्ष्मी बनाउने र रण्डीको उपनाम दिने हात हाम्रै हो । यो बुढी बहुलाई होइन समाजको दर्पण हो । यसले यो बौलाहा समाजको चित्रण गरेर नाटक खेलेकी मात्रै हो । कुरा सबै तथ्य छन् । प्रमाण सबै मह जस्तो छ । यो रण्डी होइन, बहुलाई होइन, साक्षात देवी हो । यसलाई बहुलाई देख्ने हामी बौलाहा हौँ । अनि खास रण्डीका सन्तान हौँ । रण्डीका सन्तान ।
हामी रण्डीका सन्तान होइन भन्छौँ भने किन होइनौ ? सानी नानिलाई कस्सिने लुगा कसले सिलाई दिन्छ ? आठ–दश वर्ष हुन पाएकी छैन, चेष्टर कसले किनिदिन्छ ? गाजल पाउडर लिपिस्टिक आदि उपभोगका सामान उपलब्ध गराई दिएर ढाँचामा दुगुराई दिने काम कसले गरेको छ ? हामीले होइन ? यस्तो कठ्याङ्ग्रिने लुगाको व्यवस्था कसले मिलाई दियो ? हामीलेनै होइन ?
भित्र कहाँ ? कहाँ ?? के के पर्छ ? सबै टाढैवाट देखुन् र केटा पछि लागुन् भन्ने उद्देश्य हाम्रो छ । छोरीले वेश्या प्रवृत्ति छिटै अपनाउन् भन्ने हाम्रो लक्ष्य छ जसले गर्दा आकर्षण छिटै भैहाल्ने खालका पोशाकको सकेसम्म छिटो आविष्कार गर्दै आएका छौँ । हामीहरूले खान नपाएर भोकले आकुल व्याकुल भएका गरीवहरूलाई एक पैसा दिन सक्दैनौँ । छोरीको लागि आठ दश रुपैयाँको चेष्टर किनी दिन हिच्किचाउँदैनौ, अङ्ग प्रत्यङ्ग देखिने खालको लुगा सिलाई दिएर छाडा गरिदिन्छौँ भने के हामीहरूले छोरी बेचेनौ ?
अस्ति कहिले पुरुषको पहिरनमा हिँडेकी महिलालाई पनि देखेथेँ । कोट, पत्लुङ्ग लगाएर बङ्गाली कपाल काटेकी त्यसलाई महिला कसले भन्ने ? खाली छाती उप्सेकोले न हो ? महिला भन्नु परेको । यस्ती किन बनेकी ? पुरुषसँग मिस्सिइन सजिलो परोस् भनेर न हो ? यस्तो पहिरनमा हिँडाउने को ? हामीहरू जस्तै बेकारी बाबु न हो ?
रण्डी कसलाई भन्ने ? आफ्नी फेशनदार छोरीलाई कि ? कोठी थापी बस्ने व्यापारीलाई ? बरु कोठी थापी बस्ने रण्डीलाई सती नारी मान्नु पर्छ । उसले आफ्नो कोठामा आउने पैसालाई मात्र सेवा गर्छे । यस्ता नक्कली मयुरहरूले त बाटो बाटो कुरेर बस्छन् । यस्तालाई रण्डी मात्रै भन्ने होइन । डङ्किनी पनि भन्नु पर्छ । यस्ता डङ्किनीहरूले बाटोमा फेला नपारे घर फोरी भित्र पस्छन् । यी सबै डङ्किनीका श्रृष्टिकर्ता हामीनै हौँ । हामी खास रण्डीका छोरा हौँ । जसले गर्दा आफ्ना छोरीहरूलाई समेत हरतरहबाट रण्डी बन्ने प्रेरणा दिन्छौँ । विभिन्न थरीका कपडा सिलाई अङ्ग प्रत्यङ्ग देखाई दिन्छौँ । अनि बाटो बाटैमा टुइष्ट नाच नचाई दिन्छाैँ ।
यी बुढी रण्डी होइन, समाजलाई छर्लङ्ग देखाई दिने चलचित्र हो । हामी यहि बौलाईका छोरा हौँ । जसले गर्दा समाजलाई मिल्नु पर्छ । यसैमा भिज्नु पर्छ । भन्दै जाँडको बटुकोमा चुर्लुम्म डुबेर सिकिस्त बन्छौँ । बहुलाएको समाजलाई राँची पुर्याउन आएकी बुढीलाई गिल्ला गर्दै ताली पिट्छौँ । हामी सबै बौलाएका कसले बुझ्ने ? रण्डीका छोरा हामी मात्रै बौलाएका हौँ । बुढी बिल्कुल दिमागदार छे ।
यसले आजको बुढी समाजलाई पनि एटम् बम्ब हानेकी छे । यसले पनि देखि होली बङ्गाली कपाल काटेकी एक अदवैसे पत्लुङधारी बुढीसँग अङ्ग्रेजी बोल्दै टङ्गालको बसमा यता र उता हरदिन लर्खरिएकी, त्यसैले केहि नजाने पनि छिन्–छिनमा उही अङ्ग्रेजी अमिल्दा शब्द र्याट्, क्याट्, ल्याट्, प्याट् कुर्लन्छे । यसलाई भाषाको अवहेलनामा पनि रीश उठेको हुनु पर्छ । नत्र किन बेढङ्गको मुख लगाएर यस्तो भाषा बोल्छे ? नेपालीले आफ्ना नेपाली मीठा शब्द हुँदाहुँदै पनि किन आपसमा कुराकानी हुँदा अङ्ग्रेजीमा कुरा गर्छन् ? भन्ने विचार लिएकीले नै हुन सक्छ । कस्तो नराम्रो अनुहार लगाएर अमिल्दा अङ्ग्रेजी फलाक्छे । यो रण्डी होइन, अनि बहुलाई पनि । यो खास समाजसेवीका हो । यो कठाङ्ग्रिने लुगामा यहाँ किन आएकी छे ? समाजकै सेवा गर्न । रण्डीका छोरालाई देवीका छोरामा परिणत गर्न नै अग्रसर भएकी हो । आफ्नो दुस्चरित्र देखाउन पागलपन दर्शाउन आएकी होइन । यसको मनसाय बुझ्नै पर्छ ।
“हैन बुढी, तिम्रा छोराछोरी एउटै छैनन् कि कसो ?”
“किन छैनन् ? प्रसस्त छन् । यहाँका सबै केटाहरू छोरा, केटीहरू छोरी, बुढा सबै लोग्ने अनि बुढी सबै ‘म’ किन छैनन् ?”
“बुझिन, के भनेकी ?”
“कसरी बुझ्लाउ ? यसको लामो कहानी छ । छन् सबै छन्, छैनन् कोही पनि छैनन् ।”
“मैले कुरै बुझ्न सकिनँ, तिम्रो कहानीबाट बुझिन्छ भने, बताउन त आफ्नो लामो कहानी ।”
“तिमीलाई आजको समाज कस्तो लागेको छ ?”
“कस्तो ? कस्तो ?? के भनौ ?”
“लौ त सुन ! मेरो लामो कहानी ।”
“भन्दै जाऊ ।”
म एक पिउनको छोरी हुँ । बाबुको सानो कमाईंले आधापेट पीठोसम्मको जोहो हुन्थ्यो । आमाले दिन भरी रुँगेर बटुलेको सिस्नो त्यही पीठोमा मिसाएर बनेको खोलेबाट जिन्दगी गुज्रँदै आएको थियो । आफ्नो पाँच वर्षको उमेरसम्म सोचेकी थिएँ– संसारमा खाने बस्तु सिस्नोको खोले शिवाय अरु केहि छैन ।
एक दिन कसो ! कसो !! मेरो बाबुले राणाजी कहाँ काम गर्थे । कुनै एउटा आफू जस्तै साथी पिउनलाई नै भेटेछन् । उसले के हो कुन्नी ? आजसम्मै नाम जान्न सकेकी छैन त्यो मिठाई ल्याएर दिएछ । बाबुको मायाँ छोराछोरी उपर कत्तिको हुन्छ भन्ने कुरा सायद सबैले जानेकै छन् त उनले त्यो मिठाई लुकाउँदै ल्याएर मलाई मुखमा हाली दिए । अति मीठो त्यो मिठाई खाएर मैले बाबुलाई सोधेँ–
“बा, यस्तो मीठो पनि खाने कुरा हुन्छ ?”
मेरो यो सोधाई सुनेर बाबुको आँखाबाट आँसुको मूल फुट्यो । उनले रुँदै भने–
“हुन्छ नानी, ठुला बडाको सबै खाना यस्तै मीठो हुन्छ ।”
बाबुको कुरा सुने पछि मलाई पनि ठूली हुने इच्छा भयो र सोधेँ–
“बा, ठूली हुन के गर्नु पर्छ ?”
बुबाको सँुक्क सँुक्क घुँक्क घुँक्कमा परिणत भयो । केहि बोल्न सक्नु भएन र मुख छोपी सुत्नु भयो । मैले घच्घच्याएँ, पिटें र उठाएँ तव उहाँले आँसु झार्दै भन्नु भयो–
“पढ्नु पर्छ, पैसा कमाउनु पर्छ, घर बनाउनु पर्छ, राम्रो लुगा लगाएर हिँडनु पर्छ अनि ठूली भैहाल्छेउ नि । ठूली भएपछि मीठो खान के गाह्रो ?”
त्यो कुरा सुने पछि मलाई ठूली हुने रहर लाग्यो । राम्रो लुगा लगाउने इच्छा दिन प्रतिदिन जाग्दै आयो । दिनदिनै बाबुसँग कराउन थालेँ–
“बा, राम्रो लुगा ल्याई देऊ न ।”
एक दिन होइन, दुइ दिन होइन । हरेक दिन लुगा ल्याई देऊ न बा भन्दै कराउन थालेँ । पछि पीरले छट्पटाउँदै कता पुगेछन् ? के गरेर हो कुन्नी ? एउटा घाँघर ल्याएर दिए । लगाएँ, नभन्दै ठूली पनि भैसकिछु । अचानक आमा मरिन् । सिस्नो टिपेर ल्याई दिने पनि कोहि भएन । आधी पेट पीठो खाएर दुइ वर्ष त्यसै गुजार्यौँ । पछि बाबु पनि एकै दिनको रोगले पुक्लुक्क मरे । त्यहि आधी पेट पीठो पनि आउन छोड्यो । आफू भएँ एक्लो । हर दिन रोएर जिन्दगी बिताउनु शिवाय अरु केहि भएन । कसैले केहि दिन्थे खाई दिन्थेँ । दिँदैन थे भोकै बस्थेँ । एवम् रीतले बाह्र वर्षकी भएँ ।
गरीवकी छाउरी भए पनि ईश्वरले सौन्दर्य भने दिएका थिए । थोत्रो पाखी गुट्मुटिएर बोरा लगाएर बसेकी भए पनि निकै राम्री देखिन्थँे । तरुनी केटीलाई देखेपछि कसले दिल थाम्न सक्ने ? मलाई आफ्नो यौन बारे केहि थाहै थिएन । गरीव थिएँ हातमुख जोर्ने केहि उपाय थिएन । छिन–छिनमा अल्ताल्लिएर रुन्थेँ । आमा सम्झन्थेँ, अनि बाबु ।
एक दिन एउटा बुढा म बसेकी ठाउँमा आएर मप्रति निक्कै स्नेह दर्शाउन थाले । मेरो दुःख देखेर आँसु पनि काढे । मलाई पनि बाबुकै मुख देखे जस्तो लाग्यो । उनले भने–
“यहाँ दुःख पाएर बस्छेउ ? हिँड म लिएर जान्छु । मलाई घर लिई गए । आफ्नो कोठाको ढोका खोले । मेचमा बस्न लगाए । म बसेँ । उनी बाहिर निस्के । एक्कै छि पछि फर्केर आए पनि । उनी यसबेला हँसिलो अनुहारका थिए । मलाई हेरेर एकपल्ट मुसुक्क हाँसे पनि । म पनि हाँसी दिएँ । उनले मलाई मेचबाट जुरुक्क उठाएर आफ्नो काखमा राखे । टाढाको हल्पी ऐना उठाएर ल्याई अगाडि अड्याए । उनको चाउरी परेको गाला र मेरो भरिलो गाला दाँजे । अनि दुबैको तुलना गरी खिस्स हाँसे ।
धेरै समय बित्यो । उनी उठेर टुसुक्क बसी मेरो थोत्रो र मैलो लुगा आफैले फुकाली दिए । मेरो सेतो छाती देखेर पाँच मिनेटसम्म एकोहोरो दृष्टिले हेरे अनि टुपुक्क निस्केको गिर्खा निचोरे । हल्का हातले गालामा प्याट्ट हाने । गालामा तीन–चार पल्ट म्वाई खाए । पछि मेरो थोत्रा लुगा उठाएर मेचमाथि राखि भने–
“नानी, तिमी यहिँ बस है । म लुगा लिएर आउँछु ।”
मैले हुन्छ भनी मुन्टो हल्लाई दिएँ । उनी अर्को कोठामा पसे । बाकस क्यार्र ताने । कात्राक कुत्रुक के गरे र बेलवटम पेन्ट र टाइट कुर्ता बोकी म बसेकै कोठामा पसे । उनको मुखबाट एक्कासी निस्क्यो–
“मायालु, यो लुगा तिम्रै लागि ल्याई दिएको हुँ लगाऊ ।”
लुगा समातेँ । राम्रो लुगा लगाइहालौँ भन्ने त लागेको थियो तर कसरी लगाउनु पर्ने हो ? केहि नजानेकीले त्यसै लिएर बसीनै रहेँ । उनले मुस्कुराउँदै भने–
“जान्दिनौ ! म लगाई दिउँ त ?”
मैले हुन्छ भनें । उनले लगाई दिए । लुगा लगाई सकेकी म दङ्ग पर्दै ऐनाको अगाडि गएर ठिङ्ग उभ्भिएँ । यस बेला पहिलेकी म र अहिलेकी ममा आकाश जमिनको फरक परिसकेको थियो । मेरो सौन्दर्यमा प्रगति ल्याइदिने उनलाई मैले आफ्नै बाबु जस्तो सम्झेँ । उनले मलाई गरेका मायाँ आफ्नै बाबुले गरेको मायाँ जस्तो लाग्न थाल्यो । म उनैकहाँ बस्न थालेँ ।
एक दिन उनले मलाई हल्का हातले गालामा प्याट्ट हानी मुसुक्क हाँसेर मुखमा मुख मिलाई सनक्क म्वाई खाँदै भने–
“प्यारी, तिमीलाई एक छिन पनि छोड्न मन लाग्दैन । अहा ! तिमी कत्ति राम्री छेउ ? गाला कत्ति राम्रा ? कत्ति भरिला ? आँखा कत्ति ठूला, कस्ता लम्सिला ? मुख चटक्क परेको कत्ति राम्रो ? भर्खर उप्सेको कत्ति राम्रो छाति ? साँच्चै, तिमी मानिस होइनौ स्वर्ग कि परी । तिम्रो रातो गाला चरक्क निचरेर मुखमा मुख मिलाई म्वाई खाँदा कत्ति मज्जा आउँछ ? अब मलाई बाबा, नभन है ।”
बुढाको कुरा सुनेर म छक्क परेँ । बाबा किन नभन्नु भन्नु भएको होला भन्ने कुरा दिमागमा फनफनी घुम्न थाल्यो । बिस्तारै गएर भने–
“बाबा किन नभन्नु भन्नु भएको ?”
“बाबा त बुढालाई भन्छन्, जोगीलाई भन्छन् । मलाई पनि बाबा भन्ने हो ?”
“के भन्ने गरौँ त ? बाबा ?”
“श्रीमान भन्नु, पति भन्नु, प्राणनाथ भन्नु, ख्वामित भन्नु इत्यादि ।”
यस बेला चौध वर्ष लागिसकेकी थिएँ । तैपनि मलाई केहि पत्तो थिएन । जस्तो सिकाएका थिए, त्यस्तै भन्न थालेँ । कहिले काहिं केहि कुरा गर्नु पर्दा बा बोलाउनु पर्दा कराउँथे–
“मेरा लोग्ने ! यता आउनोस् !”
बुढा हाँस्दै आएर गाला टोक्थे । लाग्थ्यो हाँसेकै भए पनि लोग्ने भनी बोलाएको मन परेन छ नत्र किन गाला टोक्थे ? त्यसैले फेरि फेरि काम पर्दा भन्न थालेँ–
“पति छिटो आउनोस् ।”
मेरो कुरा सुनेकी हँस्सी उडाईं दिन्थे । त्यसैले दिन दिनै फेरि फेरि बोलाई दिन्थे ।
“श्रीमान यता आउनोस् । ख्वामीत यता पाल्नोस्” इत्यादि ।
एवम् रितले चौध वर्ष टुङ्गियो । पन्ध्र वर्षमा प्रवेश गरँे । मायाँ गर्ने प्रशस्त निस्के । बुढाले पनि माया बढाए । पछि पछि कार्तिकको कुकुर्नीको पछाडि डाँगा लागे झैं गुण्डाहरू पछि लाग्न थाले । घरमा सुकुल ओडी सुत्नु पर्नेले पनि मेरो सामु आउनु पर्दा क्राइभेन चुरोट र अत्तरको बास्ना छर्दै आउने गर्न थाले । पाउडर नलोपर्ने, क्रिम नदल्ने र शान नझिक्ने कोही भएनन् ।
तिनै मध्ये कोहि आँखा सन्काउथे । कोहि हातले आउने इसारा गर्थे । कसैले राम्रा साडी र रङ्गी विरङ्गी टाइट कुर्ता ल्याई दिन्थे । तब झट्ट सम्झें बाबुले गरेका कुरा–
‘ठूली भएपछि मीठो खान पाइन्छ । राम्रो लगाउन पाइन्छ इत्यादि ।’
मलाई मनमा लाग्न थाल्यो । अब म ठूली भैछु । राम्रो लगाउने र मीठो खाने बेला आएछ । तब मैले सबैको सौगात स्वागत गर्न थालेँ । पछि मेरा सन्तानले डाँडाकाँडा ढाके । सबैले मायाँको डोरीमा बाँध्न बाँधिन चाहेँ ।
बुढाले त मायाँले बाँधी सकेकै थिए । अर्धाङ्गिनी पनि बनाईसकेकै थिए । गुण्डाहरूको सेवाको वदला पो के चुकाउने हो ? यसमा मलाई निक्कै बिचार उठ्न थाल्यो । एक दिन एक्लै बसी निक्कै गौड गरेँ । मानिसहरू सिनेमाको केटीको फोटो हेर्न त कयौं पैसा खर्च गरेर नियाली नियाली हेर्छन् । मैले त कैयाँैलाई तिघ्रानै देखाई दिइसकेकी छु भने के तिनीहरूको सौगातको बदला चुकेन होला ? तैपनि एक पल्ट सबैलाई सोधी हेरौँ भनेर के सेवा चाहँदा रहेछन् त ? यसैले सबैसँग मौका मिलाएर सोधेँ पनि ।
सबै लोग्ने हुन चाहँदा रहेछन् । फेरि बिचार गरेँ– ‘लोग्ने, पति, ख्वामित, मालिक, श्रीमान, पोइ, भनिदिएर मेरो बिग्रने के पो छ र ?’ तव सबैलाई भन्न थालेँ लोग्ने ।
बुढा आफ्नो विभिन्न रुप देखेर जङ्गीन थाले । पछि उनैले थपी दिए उप–नाम ‘रण्डी’ ।
म खास रण्डी हुँ । मैलेनै यस दुर्गन्ध समाजको श्रृष्टि गरेकी हुँ । यो समाजमा रहने मेरा कोही लोग्ने छन् त कोही गुण्डा । जे हुन् सबै मेरा सन्तान । तिमी पनि मेरै सन्तान हौ, रण्डीका छोरा ।
“कुरा सही गर्यौ । म पनि तिमी जस्तै रण्डी आमाको छोरा हुँ ।”
“त्यसैले त सुनाएँ, मेरो जीवनको लामो कहानी ।”
“बुढिया, मलाई लाग्थ्यो म साह्रै पवित्र छु । तर मिस्कट पाएँ । त्यसैले मेरो पवित्रता चूर्ण भयो । तिम्रो प्रमाण विल्कुल ठीक छ । हामीनै हौँ बद्मास् । छोरीलाई रण्डी तुल्याउने अभिभारा हामीमै छ । समाजलाई कुवाटोतिर औंल्याउने हामी नै हौँ । समाज बिग्रेको छैन । हामी बहुलायौँ । हरबखत रक्सीको बोतलमा पौडी खेलेर मानवतालाई विर्सने, स्वास्नीलाई स्याक्सी दिएर आफू गोरो हुन खाक्सी दल्ने हामी जस्ता स्वाँठले कसरी आफ्ना सन्तानलाई सुमार्गमा लगाउन सकौँला ? बुढी तिमीले साँचो कुरा गर्यौ । तिमी बिग्रेको समाजको फुटेको ऐना हौ । तिमीलाई हेर्दा मैले आफैलाई फुटेको पाएँ । अब बुझ्यौ बुढिया, मैले आफ्नी छोरीको हिपटाइट् पार्दिन, लुज गराई दिन्छु ।
“कुरा बुझ्यौ, यसको लागि धन्यवाद !”
०००
चार थुम्का (२०७६)
Subscribe
Login
0 Comments
Oldest







































