साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डढेलाे बल्ल सल्कियो

अब त्यो हुतिहाराको बाटो नै ढुक्नुपर्दछ फेरि फर्केर आएमा मुखैमा थुक्नु पर्दछ ।। नउठ्ने गरी त्यो डाका सदालाई सुताेस् अब त्यसका मुखमा आजै भुस्याहाले मुतोस् अब।।

Nepal Telecom ad

हाेम सुवेदी :

ठान्दथे देश नै बेच्ने आफूमा अधिकार छ
सुनको अहिले भिन्नै निजको दरबार छ ।।

तिनै नेता कुनै बेला यस्तै चप्पल लाउँथे
जनवादी मिठाे भाका हालेर गुन्गुनाउँथे ।।

पाए खान्थे ढिँडाे राेटाे नपाए पटुका कसी
दुखीका घरमा पस्तै कामै गर्थे घुँडा धसी ।।

नयाँ राजा बने आज ती भुरे टाकुरेहरू
पजेराेबाट ओर्लन्नन् हिजाेका धतुरेहरू ।।

साँढेमा र यता हाम्रो नेतामा छैन अन्तर
नेताका रूपमा हामी साँढे पाल्छौँ निरन्तर ।।

गुफामा पहिले बस्थ्यो अहिले दरबार छ
काँचुली फेरिएजस्ताे जसकाे अनुहार छ ।।

नयाँ कार नयाँ गाडी फेर्न दैनिक हेर्दछन्
कार मात्रै कहाँ हाे र …नी पनि फेर्दछन् ।।

तिनै छन् आजका राजा तिनै छन् देशका मुली
देश उत्थान जाे गर्छ के त्याे हुन्छ र मामुली ?

यो जन्ड धतुरे चुथ्थाे हिजोसम्म खुला थियो
यसका घरमा आज डढेलाे बल्ल सल्कियो ।।

डढेका घरकाे पैसाे खरानी अब घस्छ रे
देशभाेजनका लागि फेरि जङ्गल पस्छ रे ।।

अब त्यो हुतिहाराको बाटो नै ढुक्नुपर्दछ
फेरि फर्केर आएमा मुखैमा थुक्नु पर्दछ ।।

नउठ्ने गरी त्यो डाका सदालाई सुताेस् अब
त्यसका मुखमा आजै भुस्याहाले मुतोस् अब।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x