साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रथम स्मगलर

स्मगलिङ त अनैतिक नै हाे तर स्मगल गरिएकाे वस्तुबाट आफ्नाे या आफ्ना भाइभतिजाकाे भलाे हुन्छ भने याे काम नैतिक हुन जान्छ । त्यसैले हनुमान, औषधि लिएर जाऊ । अनि दर्ता कर्मचारीलाई भने - रजिस्टरबाट याे पाना च्यातेर मिल्काइदेऊ ।

Nepal Telecom ad

हरिशंकर परसाई :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

लक्ष्मण मेघनाथकाे शक्तिले घाइते भएर ढलेका थिए । हनुमान उनकाे सुरक्षाका लागि हिमाचल प्रदेशबाट सञ्जीवनी नाउँकाे औषधि लिएर फर्किँदै गर्दा अयाेध्याकाे गाैँडामा समातिए । समाउने रक्षकलाई हनुमानले हिर्काएर सुताइदिए । “निकै बलियाे स्मगलर आएकाे छ” भनेर राजधानीमा हल्ला मच्चियाे । सिङ्गाे फाेर्सले पनि उनीसित मुकाबला गर्न सकिरहेकाे थिएन ।

अन्तमा भरत र शत्रुघ्न आए । हनुमान आफ्ना आराध्यदेव रामचन्द्रका भाइहरूलाई देखेर खुम्चिए ।

शत्रुघ्नले भने – यी स्मगलहरूले त नाकमा दम चढाइदिएका छन् । दादा, तपाईं त सन्यास लिएर बस्नुभएकाे छ । भाेग्न त मैले परेकाे छ ।
भरतले हनुमानलाई साेधे – कहाँबाट आउँदै छाै ?
हनुमान – हिमाचल प्रदेशबाट ।
भरत – तिमीसँग के छ ? सुनका बिस्कुट ? गाँजा ? अफिम ?
हनुमान – औषधि छ ।
शत्रुघ्नले भने – ए, औषधिकाे स्मगलिङ चलिरहेकाे छ ! कहाँ छ ? झिक ।

हनुमानजीले सञ्जीवनी झिकेर राखिदिएर भने – मलाई त तपाईंका दाजु रामचन्द्रले नै याे अाैषधि ल्याउन पठाउनुभएको हाे ।

शत्रुघ्नले भरततिर हेरेर भने – ठुल्दाजुले याे के गर्न थाल्नुभएछ ? स्मगलिङमा लाग्नुभएछ ! पैसाकाे अप्ठ्यारो परेकाे भए हामीसित मगाउनुपर्थ्याे । स्मगलिङकाे धन्दामा किन पर्नुपरेकाे हाेला ! यसरी त बदनामी पाे हुन्छ त !

भरतले हनुमानलाई साेधे – कहाँ लैजाँदै थियौ याे औषधि र कहाँ बेच्छाै ?
हनुमानले भने – लङ्कामा लाँदै थिएँ ।
भरतले भने – ए, के त्यहाँ उत्तर भारतबाट स्मगल गरिएकाे माल बिक्छ ! कसले किन्छ नि ? रावणका आफन्तले ?

हनुमानले भने – याे औषधि त म रामकै लागि लैजाँदै थिएँ । कुराे के हाे भने तपाईंका भाइ घाइते हुनुहुन्छ । उहाँ मरणासन्न हुनुहुन्छ । याे अऔषधि नभए उहाँ बाँच्नुहुन्न ।

भरत र शत्रुघ्नले एकअर्कालाई हेरे । त्यति वेलासम्म रजिस्टरमा स्मगलिङकाे मुद्दा दर्ता भइसकेकाे थियाे ।

शत्रुघ्नले भने – भरत दादा, तपाईं त ज्ञानी हुनुहुन्छ । यस विषयमा नीतिले के भन्छ अनि शासनकाे कर्तव्य के हुन्छ ?

भरतले भने – स्मगलिङ त अनैतिक नै हाे तर स्मगल गरिएकाे वस्तुबाट आफ्नाे या आफ्ना भाइभतिजाकाे भलाे हुन्छ भने याे काम नैतिक हुन जान्छ । त्यसैले हनुमान, औषधि लिएर जाऊ । अनि दर्ता कर्मचारीलाई भने – रजिस्टरबाट याे पाना च्यातेर मिल्काइदेऊ ।

०००
परसाई रचनावली २ काे लघुकथा खण्डकाे “प्रथम स्मगलर” शीर्षकबाट अनुदित ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x