साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढो कुकुरको आत्मकथ्य

म मरे पनि यो सन्देश तिमीहरूले मेरा सबै सन्तानछेउ पुऱ्याइदिनू- "आफ्नो अस्तित्व गुमाई सबै पुच्छर डोलाउँदै अरूको पाउ चाट्न नजन्म, या जन्मिएपछि प्रयत्न गर गौरवसाथ बाँच्न ।"

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

ए आकाश ! सुन्
ए धर्ती ! तँ पनि सुन्
म मेरो कथा सुनाउँछु ।

मलाई थाहा छ
यो मेरो जीवनको अन्तिम घडी हो,
कुटिल मान्छेको संस्कार हो यो
मेरो अटूट सेवाको पुरस्कार हो यो,
किन भने आजै मैले
बन्दुकको नाल पुछेको देखेको छु
भर्खरै ल्याएको ‘छाउरा’का लागि
मेरो गाँस खोसेको देखेको छु
घरका बूढा-बूढी जस्तै
खान पाइनँ, म भोकै छु
साँच्चीकै म मर्दै छु
तसर्थ ए हावा ! सुन्
ए बादल ! तँ पनि सुन्
म मेरो कथा सुनाउँछु ।

किन भागेर ज्यान जोगाउन भन्छौ ?
शक्ति भए त पुजिइन्थे नि !
उनको अघि-पछि पुच्छर डोलाई
हिँड्न सके त रिझाउँथे नि !

जवानीको मस्तिभित्र
निरीह बुढ्याइँकाे अस्तित्व सोचिएन
दूधभातको प्राप्तिबीचमा
भोकको मूल्य केलाइएन
यहाँ नसोचेको जे पनि हुँदोरहेछ ।
तसर्थ ए तारा ! सुन्
ए पूर्णचन्द्र ! तँ पनि सुन् म
मेरो कथा सुनाउँछु ।

हिजोसम्म सुम्सुमयाउने हातमा
आज लठ्ठी भो !
नुहाइदिन, पुछिदिन छोडे
सौन्दर्य चुँड्यो के काम घाँटीमा पट्टीको ?
मेरो शक्ति पो पूज्य रहेछ, म होइन
देह शिथिल भो शाहस खण्डित भो
त्यसैले त म ‘म’ रहिनँ
यहाँ जहिले पनि विश्वास ठगिँदोरहेछ
ए बाँधिएकी बूढी भैँसी सुन्
ए चौतारोको ठूटे पिपल ! तँ पनि सुन्
म मेरो कथा सुनाउँछु ।

म मेरो कथा सुनाउँदैछु किनभने
म मरे पनि यो सन्देश तिमीहरूले
मेरा सबै सन्तानछेउ पुऱ्याइदिनू-
“आफ्नो अस्तित्व गुमाई सबै
पुच्छर डोलाउँदै अरूको पाउ चाट्न
नजन्म, या जन्मिएपछि
प्रयत्न गर गौरवसाथ बाँच्न ।”

०००
दाङ
तिमी नरहे देश डुब्न्याछ (२०५६)

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x