साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिलो नेपाली !

"केको नोबेल प्राइज हो ? यहाँ तीन ट्रक फलफूल प्राइज आयो, एउटा लहडी वागवानको काम, फल नै फल, नेपालमा पाइने सबै फल, तर "बेल छैन, बेल नभएको हुनाले" नो बेल "प्राइज ! बनियो भाइरल ?

Nepal Telecom ad

धनराज गिरी :

भाइरल भयो समाचार । मिति २१२२ साल असोज ३६ गते, पात्रो पनि नयाँ, युग नयाँ, अब हरेक महिना ४३ दिनका, र हप्ता ७४ को। देश” ओशो दादादेखि ओशे मादासम्मको यात्रा तय गरिसको थियो। ओशो सन्न्यासी होइन,बोसो सन्न्यासीको कारण समाचार भाइरल होइन, दाइरल भयो। कायाकैरनमा छापियो, सूर्य मोसो र विनोद चोसो भएर सम्पूर्णमा समाचार पुर्याए।

“ओहो,त्यो मान्छेले त्यस्तो के काम गर्यो र महावीर पुनलाई पनि पछि पार्यो?” विर्दोष रीवन माइकालाल पीसुजा फ्रान्सिस पार्क नोस्टाल्जिया।

“आम्मै,त्यति पनि थाहा छैन भन्या?येशूराज डेविडले भनेनन् ?” मैयाँ सरस्वती सिम्रन बेबी बूमर भाग्यश्री गजल झुमर।

अनायास यो समाचार फैलियो, इलामसम्म। लिलाम भए जलनबहादुरहरू। समाचार ईर्ष्यालाग्दो हो।

“आम्मै,मलाई पनि थाहा छैन,के भयो?” सानुप्रसाद मायालुपाध्याय गुल्मीश्री,दयालुको अजीज यारा !

“प्रोफेसर भ्रान्तिनारायण प्याराडक्सोपाध्याय थिङ्करराज बरहमश्रीलाई ” विश्व क्रान्ति नोबेल प्राइज “दिइएछ” पहिलो नेपाली, नो बेल प्राइज, हो नोबेल प्राइज ! चानचुने हो ? नो बेल, नोबेल यार !” खबरीलाल, गोविन्द अर्याल।

“पहिलो नेपाली ?” वर्तमानकान्त उकासो पिकासोश्री। “लौ,जाने प्रोफेसरको घर,भोज,खीर,खाने हो!आम्माम्मा त्यत्रो रकम !!” भोजनराज शर्मा इलामश्री।

पुगे सत्र जना। “बधाई सर,नोबेल प्राइजका लागि !” दुई नारायण नेपाल पौडेल । मुस्कुरायो प्रोफेसर । पत्नी ज्वालामुखी नम्रता गिरोपाध्याय, “केको नोबेल प्राइज हो ? यहाँ तीन ट्रक फलफूल प्राइज आयो, एउटा लहडी वागवानको काम, फल नै फल, नेपालमा पाइने सबै फल, तर “बेल छैन, बेल नभएको हुनाले” नो बेल “प्राइज ! बनियो भाइरल ? बनियो महावीर पुन ! यो हल्लानै हल्लाको देश ! “पहिलो नेपाली !!?” यो यू टुबर्सहरूले काम पाएनन् ! ल बाबु हो, सबै फलफूल लगेहुन्छ।” सबै टाप ! फलफूल पुग्यो हाटमा, एकादशी मेलामा, चित्रसारी।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x