साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानौँ नमानौँ अब !

हामीले मतदानमा मत दिँदा, गल्ती अनेकौँ ग-यौँ । बोल्थे नित्य झुटो तथापि जहिल्यै, विश्वास हामी प-यौँ ! आँफैभित्र रहेछ दोष नबुझी, नेता सराप्दै रह्यौँ । सोच्दैनौँ जुन आज कारण अहो ! झोले र चम्चे भयौँ ।

Nepal Telecom ad

होमनाथ घिमिरे :

धेरै चोटि भयो यहाँ मुलुकमा, हिंसा र आन्दोलन ।
सत्तामा जसरी पुगे दल सबै, स्वार्थी बने दुर्जन ।
नारामा जनता; परन्तु तिनले, हालीमुहाली गरे !
खोक्रो देश बनाउँदै अझ तिनै , खल्ती करोडौँ भरे !

छैनन् सोच नयाँ विकास कसरी, नेपालको उन्नति-
गर्नैपर्छ भनेर कत्ति मनमा, आएन राम्रो मति ।
वैरी कै मतियार दुष्ट जनको, गर्दै गए पोषण
हाम्रो देश प-यो सदैव भुमरी, पाएन सच्चा जन ।

हामी छौँ जसरी अधीन दलको, दासत्व हो वास्तव !
चाहे होस् गतिलो कि वा अगतिल‍ो, स्वीकार गर्छौँ जब ।
सिङ्गो राष्ट्र जल्यो ढल्यो मुलुकको, आस्था प्रतिष्ठा सब ।
दोषी छौँ यसमा समस्त जनता , मानौँ नमानौँ अब !

हामीले मतदानमा मत दिँदा, गल्ती अनेकौँ ग-यौँ ।
बोल्थे नित्य झुटो तथापि जहिल्यै, विश्वास हामी प-यौँ !
आँफैभित्र रहेछ दोष नबुझी, नेता सराप्दै रह्यौँ ।
सोच्दैनौँ जुन आज कारण अहो ! झोले र चम्चे भयौँ ।

“बिर्सी सत्य; हरेकपल्ट जसरी, दिन्छौँ तिनैको मत ।
सोच्दैनौँ मतदानका समयमा, लिन्छौँ कहाँ खै हक ?
पैसा; जागिर; शक्ति या पदतिरै, खोजी ग-यौँ कोशिश ।
भन्नू कत्ति उही कुरा दिनदिनै, व्यर्थै दुखेसोसित” !

०००
भरतपुर चितवन
४ असोज,२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x