साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य शोध–प्रक्रिया

किनभने शोध भनेको पतिव्रत धर्मजस्तै हो । षष्ठ चरणअन्तर्गत आचार्यका विषयमा लेख लेख्नु, उनका तर्फबाट किताबहरू लेखिदिनु, उनको सम्मानको तालिका मिलाउनु र उनका तस्वीर छपाउनु आदि काम हुनेछन् ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

प्रिय बन्धु,
यता हिन्दी शोधमाथि निकै चर्चा हुने गरेको छ । ‘कल्पना’मा नै एक वर्षजति पहिले श्री स.ही. वात्सायन (‘अज्ञेय’जीको गद्य–नाम) ले शोध र हिन्दी–शोध भिन्दाभिन्दै हुन् भनेर लेखेका थिए । जस्तै कैयौँका दृष्टिमा कविता र नयाँ कविता भिन्दै कुरा हुन् । अनि, अब त छिटै नै कथाबाट नयाँ कथा छुट्टिँदै छ ।

शोधको हल्लीखल्ली निकै छ । साहित्यका डाक्टरहरू, कम्पाउन्डरहरू, नर्सहरू अनि मलमपट्टी गर्नेहरूको क्रम लागेको छ । यस्तोमा, जसले शोध गर्दैन त्यो अभागी हो । अभागी हुनबाट जोगिनका लागि मैले पनि एकजना मित्रसँग कुनै विषयमा शोध गर्ने सोचका बारेमा भन्दा उनले सोधेका थिए, ‘तिम्री हजुरआमा हुनुहुन्छ ?’ मैले उहाँ त धेरै पहिले नै स्वर्ग प्रस्थान गर्नुभयो भनेर भनेँ । उनले भने, ‘तिमी साँच्चैका अभागी हौ । हजुरआमा हुनुभएको भए तिमीले आञ्चलिक शोध गर्न पाउँथ्यौ ।’ मैले उनको कुरो बुझिनँ । आञ्चलिक कथासँग त मेरो परिचय छ तर हिन्दीमा ‘आञ्चलिक शोध’ पनि हुन्छ भन्ने मलाई थाहा थिएन । मेरा असल मित्रले मलाई सम्झाए, ‘आञ्चलिक शोध यसरी हुन्छ – आफ्नी हजुरआमासँग बसेर उहाँको अञ्चलका एक सय गीत लेखिदेऊ । विवाह गीत, गौना (बेहुलीलाई विदा गराएर घर ल्याउने अवसर) , फागुको, धान कुट्दाको आदि नामले तिनको वर्गीकरण गरिदेऊ । अनि प्रत्येक गीतमा टिप्पणी लेखिदेऊ ।

आरम्भमा एउटा लामो ‘प्राक्क्थन’ लेखेर यस शोध–प्रबन्धलाई त्यसै गरी राखिदेऊ जसरी तुलसीदासले ‘रामचरितमानस’ को पाण्डुलिपि हनुमानजीको हस्ताक्षरका लागि राखिदिएका थिए । यदि तिम्रो भक्तिमा सच्चाइ रहेछ भने कुनै आराध्य आचार्य (प्राध्यापक)ले राति आएर पोथीमा हस्ताक्षर गरिदिने छन् । भयो, तिम्रो प्रबन्धलाई हिन्दीभाषीहरूले त्यसै गरी अँगाल्ने छन् जसरी हनुमानजीको स्वीकृतिपछि ‘रामचरितमानस’ लाई टाउकामा राख्न थालिएको छ । ‘डाक्टरी’ त तिमीले त्यसै पाउँथ्यौ तर तिम्री हजुरआमा नै हुनुहुँदो रहेनछ ।’ मलाई यो तरिकाबारे थाहा थिएन । मैले निकै पछुतो मानेँ । अनि ‘हे भगवान् ! कुनै पनि व्यक्ति जसले हिन्दीमा एम.ए. गरेको छ उसले पी.एचडी. नगरेसम्म उसकी हजुरआमा नमरिदिऊन् ।’ भनेर प्रार्थना गरेँ ।

मित्र, पछुताएर के हुन्छ ! मैले अर्को विषय चुनेँ – ‘छायावादी काव्यमा नारी’ । यो विषय किन चुनेँ भने मलाई ‘प्रसाद’ (जयशंकर प्रसाद) का यी दुई पङ्क्तिहरूको स्मरण छ – ‘नारी तिमी केवल श्रद्धा हौ, विश्वास–रजत–नग–पग–तलमा !’ विषयको निश्चिततापछि मैले छायावादी काव्यग्रन्थहरू उठाएँ अनि ती पङ्क्तिहरूलाई रेखाङ्कित गर्न थालेँ जसमा नारी, स्त्री, कामिनी, शुभे, सुभगे, रूपसि, प्रेयसी, सजनी, सखि, प्रिये, सुन्दरी आदिमध्ये कुनै शब्द आएको थियो । त्यसै बिचमा मेरो अर्को साथी आयो जसलाई शोधको अनुभव थियो । उसले भन्यो, ‘यो के गरेको ?’ मैले भनेँ, ‘किन ? छायावादी काव्यमा नारीको खोजी गर्दै छु ।’ उसलाई टिठ लागेछ । अनि भन्यो, ‘शोधकार्य यसरी हुँदैन । तिमीलाई त शोधको ‘अआ’ पनि थाहा रहेनछ । मेरा भाइ, तिमीले छायावादी काव्यमा नारीको शोध गर्ने होइन । शोध त अन्य विषयको हुन्छ तर डिग्री भने अन्तमा यसै विषयमा पाइन्छ ।’ म अल्मलिएँ । आखिर त्यो कुन कुरो हो जसमाथि शोध गरिन्छ तर डिग्री भने यसै विषयमा पाइन्छ ! मैले शस्त्रसमर्पण गरिदिएँ । अनि मेरो मित्रले मेरो शोधकार्यको जुन रूपरेखा बनाइदियो त्यो शोधोत्सुक विद्यार्थीहरूको हितका लागि यहाँ प्रस्तुत गरेको छु —

विषय : छायावादी काव्यमा नारी
शोध–कार्यको रूप–रेखा
आरम्भिक— (अ) यस्ता आचार्य (प्राध्यापक)को खोजी गर्ने जो कुनै विषयको विशेषज्ञ नभए पनि उसको अन्य विश्वविद्यालयसँग डिग्री दिलाउन सक्ने सम्बन्ध होस् । (विशेषज्ञसित त टाढै बस्नू किनभने उसले दुःख दिन्छ ।) (आ) अनि यस्तो आचार्यलाई निर्देशकका रूपमा लिने ।

शोध–प्रक्रिया
प्रथम चरण — आचार्यका रुचिहरूको शोध, जस्तै — उनलाई तरकारीमा के के मन पर्छ, लौका कि भान्टा ? लुगा कस्ता लगाउँछन् ? पान कुन खान्छन् ? सुर्ती कुन सेवन गर्छन् ? मनोरञ्जनको माध्यम के हो, सिनेमाा, सङ्गीत, नाटक, निन्दा या मिथ्याभाषण ?

द्वितीय चरण — आचार्या तथा आचार्य–सन्ततिका रुचिहरूको शोध ।

विशेष — आचार्याहरूकी ईर्ष्यापात्रा नारीहरूको चरित्रको शोध ।

तृतीय चरण — आचार्यका साहित्यिक एवम् गैरसाहित्यिक शत्रुहरूको तालिका बनाउने र हरेकका व्यक्तिगत कमजोरीहरूको शोध गर्ने अनि जहाँ कमजोरीहरू भेटिँदैनन् त्यहाँ आफ्नो प्रतिभाको प्रयोग गरेर कमीको पूर्ति गर्ने ।

चतुर्थ चरण — उपर्युल्लिखित शत्रुहरूको अहित गर्ने साधनहरूको खोजी । तर कुन कुरामा ध्यान दिनुपर्छ भने यसो गर्दा कसैको हितसाधन भएको छ वा हुँदै छ भने त्यसमा यथाशक्य बाधक बन्ने ।

पञ्चम चरण — आचार्यका साहित्यसम्बन्धी मान्यताहरूको शोध गर्ने (यदि छन् भने) अनि उनको मुखबाट झर्ने निर्णयात्मक वाक्यहरूलाई मन्त्रीले झैँ रट्ने, जस्तै – ‘प्रेमचन्द प्रचारक हो !’, ‘यशपाल नाराबाजी गर्छ !’, ‘उग्र फोहरी छ !’, ‘नयाँ साहित्य कसिङ्गर हो !’
‘नयाँ कविता — हैट् !’

षष्ठ चरण — आचार्यका महत्त्वाकाङ्क्षाहरूको शोध गर्ने, जस्तो (क) पदसम्बन्धी, (ख) सम्मान – अभिनन्दनसम्बन्धी, (ग) प्रशस्तिश्रवण, (घ) आफूमाथि किताब लेखाउने आदि ।

सप्तम चरण — आचार्यको सेवाका प्रकारहरूको शोध । (भनिन्छ – सेवा गरे मेवा पाइन्छ) । सेवाहरूको प्रकार ; यथा, आवश्यकताहरूको पूर्ति गर्ने, बजारबाट किनेको आँपलाई बनारसबाट ल्याएको भन्ने, पान खुवाउने, केटाकेटीलाई नाटक देखाउने, किनमेल गरिदिने, प्रशंसालेख लेख्ने, फोटो खिँचाउने आदि ।

शोध–प्रक्रियालाई यी सात चरणहरूमा बाँडेर उसले एउटा रूपरेखा तयार पारेर भन्यो, ‘अब यस रूपरेखाका आधारमा काम गर । काम के गर्नु छ भन्ने कुरो रूपरेखाबाट नै स्पष्ट हुँदै जान्छ । जस्तै प्रथम चरणअन्तर्गत तिम्रो काम हुनेछ – आचार्यको घरमा लौकी पुर्‍याउनु, उनका लागि बट्टामा पान लिएर उभिनु, उनका शत्रुहरूको निन्दा गरिरहनु । (उनका शत्रु आफ्ना मित्र भए पनि, किनभने शोध भनेको पतिव्रत धर्मजस्तै हो । षष्ठ चरणअन्तर्गत आचार्यका विषयमा लेख लेख्नु, उनका तर्फबाट किताबहरू लेखिदिनु, उनको सम्मानको तालिका मिलाउनु र उनका तस्वीर छपाउनु आदि काम हुनेछन् ।’

मैले भनेँ, ‘यो शोध–कार्य सम्पन्न भएपछि डिग्रीचाहिँ कुन विषयमा पाइन्छ नि ?’

उसले भन्यो, ‘किन ? जुन विषय तिम्रो हो त्यसैमा पाउँछौ । अर्थात् ‘छायावादी कवितामा नारी’ मा ।’
बन्धु, रूपरेखा तयार छ । यसमाथि काम गर्ने साहस बटुल्दै छु । अहिले आचार्यप्रति निष्ठा जाग्रत गर्ने काममा लागेको छु । दिनदिनै पाठ गर्छु — ‘नाते सकल, राम तें मनियत सेवक सेव्य जहाँ लौँ !’ (सबै नाताहरू रामसितको सेवकसेव्य भावमा सीमित हुन्छन् ।)
अरू त सबै ठिकै छ ।

सस्नेह
ह.शं.प.

पुनश्च (गोपनीय)
बन्धु, यो पत्र मैले ईर्ष्याले प्रेरित भएर लेखेको हुँ भन्ने त तपाईँले बुझ्नु नै भयो होला । यो ईर्ष्या किन हो भने म अझै पनि पी. एचडी. हुन सकेको छैनँ । तर यो कुरो आफूमै सीमित राख्नू ल ?

क         ह.शं.प.

०००
‘परसाई रचनावली’ ३ अन्तर्गत ‘पत्र निबन्ध’ खण्डको नवौँ पत्र ‘साहित्य शोध–प्रक्रिया’को अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x