साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब प्रश्न म सोध्छु

अनि, उनी गहिरो श्वास फेरेर, मुक्त हाँसो हाँसिन्- “आजदेखि मेरो मौनताभन्दा ठूलो र बलियो मेरो ‘नाइँ’ हुनेछ ।”

Nepal Telecom ad

अरविन्द यादव :

“ए, कता, कहाँबाट आयौ ?” बाबुको आवाज आज फेरि घरका भित्ताभरि आरोपका छर्राझैँ आकस्मिक रूपमा बज्रियो ।
मुनालाई एक्कासि आफ्नै शरीर पनि भारी लाग्यो । घर, समाज, कार्यालय, बाटो, बस, इनबक्स… चारैतिर प्रश्नको जालो, शङ्काको एउटै दृष्टि, नियन्त्रणको एकनासको प्रयास ।

“किन ढिलो आयौ ?”
“किन मुस्कुरायौ ?”
“किन बोल्यौ ?”
“किन चुप बस्यौ ?”
“किन पढ्दै छौ ?”
“किन काम गर्छ्यौ ?”

बिहानैदेखि मुनाको अस्तित्वलाई निचोर्दै आएका अनेकौं प्रश्नहरूको थुप्रोले आज सास फेर्न पनि कठिन भयो ।

कार्यालयबाट फर्किंदै गर्दा बसको खचाखच भीडमा एक अपरिचित हातले उसको पिठ्यूँ धकेल्यो । मुनाले पहिलोपटक भीडकै बीचमा मुख फर्काइन् र ढुङ्गा ठोक्किएझैँ कठोर स्वर उचालिन्-
“किन चलाउँदै छस् त्यो हात ? तेरोङ के अधिकार छ ?”

अवरुद्ध भीडमा एकाएक सन्निपातझैँ पूर्ण सन्नाटा छायो ।
घर पुग्दा बाबुको प्रश्न फेरि झर्यो-
“के मुन्ट्याएर हिँड्नुपर्ने के हो, आज ?” (यसको अर्थ किन यति धेरै रिसमा/उत्तेजित भएर हिँडेको हो।)
यसपटक मुनाले ढोकालाई सिधै बन्द गरिन् । आँखामा विद्रोहको ज्वाला बोकेर उभिएका मुनाको आवाज गगनभेदी सुनियो- “आजदेखि म न तिम्रो मौनता बोकेर बस्छु, न अरूको अपराध । अब प्रश्न तिमीहरूले होइन, म सोध्छु ।”
उनको आवाज भित्तामै उछिट्टिएर फर्कियो ।

“के म मान्छे होइन ? के मेरो शरीर तिम्रो नजरको स्वामित्व हो ? के मेरा सपनाले पनि तिमीहरूसँग ‘किन’ भिक्षा माग्नुपर्छ ?”
बाबु अवाक्, झसङ्ग भए ।

ठीक त्यतिबेला उनको मोबाइलमा एक अभियानको सन्देश टल्कियो-
“प्रविधि सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौँ ।”
मुनाले फोन उठाइन्, सम्बोधन गरिन्-
“अभियानलाई शब्द होइन, मेरा जस्ता हजारौं दह्रो आवाज चाहिन्छ । जसले प्रश्नहरूको घेरा तोड्न सकोस् !”

अनि, उनी गहिरो श्वास फेरेर, मुक्त हाँसो हाँसिन्-
“आजदेखि मेरो मौनताभन्दा ठूलो र बलियो मेरो ‘नाइँ’ हुनेछ ।”

०००
२०८२ मङ्सिर १३ गते ।
कविलासा, सप्तरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x