साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- ३८

संस्थाको आगो निभाउन फूँ–फूँ गर्ने भन्दा बाल्न फूँ–फूँ गर्ने फुलारालाई चाहिँ आगामी निर्वाचन समितिमा नराख्ने निर्णय पनि गरिएको छ। तर कार्यान्वयन पो हुन्छ कि हुँदैन… कान खोलेर हेर्दै जाऔँ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

एन आर एन ए (एमाले) र एन आर एन ए (कांग्रेस/माओवादी) बीच भएको एकता कार्यक्रमले यो हप्ता प्रवासीहरूलाई राम्रै मसला दियो। कुरा नमिलेका बेला महासाला भनेर गाली गर्नेहरूले पनि मेलमिलापपछि भने खुशीको महात्मे बकिरहेका छन्। विभाजनको कारण बा/भाउजूको निर्देशन थियो कि भेरोले तेरो–मेरो गराएको थियो—समिक्षा नगरी भएको यो मिलन मनमनको हो कि गनगनको, खोलिँदै जाला।

एकता सभाको अध्यक्षता मुन्द्री केसीले १० मिनेट गर्नुभयो भने अर्को १० मिनेट तँहेस श्रेष्ठले। बाँकी पूर्व–अध्यक्षहरूले पनि दस–दस मिनेटका दरले अध्यक्षता गरे। कार्यक्रमको प्रमुख आकर्षण जेन-जी प्रम कार्कीले दुई मिनेट छमछमी नाचेर उद्घाटन गर्नुभयो। दाजुले पठाइदिएको घडी देखाउँदै ‘समाचार मन्त्री’ ताली पिटेर रमाउँदै थिए। सो अवसरमा प्रमले सम्पूर्ण प्रवासीहरूलाई नेपालको लागि दुई–दुई रुपैयाँ पठाउन समेत आह्वान गर्नुभयो।

सहमतिका बुँदाहरू पनि पढुँ–पढुँ लाग्ने शैलीमा तयार पारिएका छन्—अहिलेका अध्यक्षहरू फेरि चुनावमा उठ्न नपाउने,भोट माग्न गुण्डु/बुढानिलकण्ठ नधाउने, सदस्यता फारम आफैंले भर्ने, डा. पौडेल र ई. जोशीलाई मीत लगाइदिने,लगाइएका सबै मुद्दा फिर्ता गर्ने,बालुवाटारको बालुवामा पानी हलेर पालुवा उमार्ने सम्मका सहमति भएको पाइएको छ।

यता अमेरिकामा अत्यन्त मेहनतका साथ संस्था फुटाउनुभएका डा. मन्जाडेलाई फेरि एकता गराउने जिम्मेवारी दिइएको छ। संस्थाको आगो निभाउन फूँ–फूँ गर्ने भन्दा बाल्न फूँ–फूँ गर्ने फुलारालाई चाहिँ आगामी निर्वाचन समितिमा नराख्ने निर्णय पनि गरिएको छ। तर कार्यान्वयन पो हुन्छ कि हुँदैन… कान खोलेर हेर्दै जाऔँ।

०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x