साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुड्थ्यो पजेरो किन ?

आफ्नो निम्ति विशाल भाग सपना देखेर लाग्नेहरू भोगून् जे जति जेलनेल खतरा पीडा र वाधाहरू मान्ने नैतिकता इमान गुनका छैनन् कुनै लच्छिन आफ्नै मोज र भोज लक्ष्य नरहे गुड्थ्यो पजेरो किन ?

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

बाटैमा अलपत्र छन् कति यहाँ भोका र नाङ्गाहरू
देखिन्छन् जनका अगाडि गहिरा लाखौं समस्याहरू
छोडी ती दुनिया ठगेर अहिले लागे कता उम्किन
आफ्नो त्याग खुलाउने मन भए गुड्थ्यो पजेरो किन ?

जोगीझै पहिले डुलेर पथमा खोज्थे जहाँ बौरिन
नेता भै अहिले लुटेर सुविधा पल्के तिनै पौरिन ।
भिक्षा पात्र बनी रहेछ तिनकै आस्था यहाँ दिन्दिन
आफ्नो त्याग खुलाउने मन भए गुड्थ्यो पजेरो किन ?

गर्छाैं उन्नति नै भनेर जसले वाचा गरेका थिए
फेर्छौँ रङ्ग भनी उजाड दिलमा आशा भरेका थिए
तोडी ती सपना विलास पथमा लागे कता सल्किन
आफ्नो सत्य बचाउने मन भए गुड्थ्यो पजेरो किन ?

फाली बन्न सियो भएर जनमा छिर्ने कयौं चाल हुन् ।
कुर्लेका पथमा नयाँ रहरिला नाराहरू जाल हुन् ।
के गर्दा कसरी सकिन्छ जनको सत्तासिढी उक्लिन ?
चाला यो नरहे पवित्र दिलले गुड्थ्याे पजेरो किन ?

आफ्नो निम्ति विशाल भाग सपना देखेर लाग्नेहरू
भोगून् जे जति जेलनेल खतरा पीडा र वाधाहरू
मान्ने नैतिकता इमान गुनका छैनन् कुनै लच्छिन
आफ्नै मोज र भोज लक्ष्य नरहे गुड्थ्यो पजेरो किन ?

०००
गीति गुञ्जन (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x