साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फूमन्तर- फू

उसकाे मानसिक तरङ्ग चड्किन थाल्याे । केही गरी अध्यक्ष नै भइ हालेँ भने त याे देशलाई बनाउन लाष्टाँ एउटा मन्त्र अवश्य हावामा फुकिदिन्छु । - "फुमन्तर- फू !"

Nepal Telecom ad

डा. विदुर चालिसे :

परिस्थितिकाे विराेधकाे नाममा सुल्टाे बाटाे हिँड्न खाेज्नेहरू थिए तथापि समर्थनकाे नाममा उल्टाे बाटाे दाैड्नेहरू पनि त्यत्तिकै थिए । सङ्कल्पकाे प्रतिनिधि चुपचाप थियाे । फेसबुक, एक्स र युटुवमा पक्ष-विपक्षकाे ताना-बानाका साथ हल्ला खल्ला थियाे । उभिएर बसेकाे हरिलठ्ठकलाई फाेन आयाे । फाेनमा स्वर सुनिन्थ्याे ।

– “महाधिवेशनमा मेराे टिमलाई जिताउन लाग्नुस !”
हरिलठ्ठक बल्लबल्ल प्रतिनिधि बनेकाे थियाे। उसलाई महाधिवेशन भन्नाले पक्ष विपक्षकाे लडाई झगडाभन्दा पनि एकात्मक अभियान हुनु पर्ने भन्ने बुझाइ थियाे । यत्तिकैमा अर्काेतर्फकाे फाेन आयाे । फाेनमा निकैबेर कुरा गर्याे । सायद प्रलाेभनहरू पनि सुन्याे । फाेन राखेपछि उसकाे टाउकाे चक्कराउन थाल्याे । चिच्यायाे ।

-“पद जति यिनलाई मात्रै चाहिने !” हामी जस्ता याेग्य, अनुभवी, विज्ञ र इमान्दारलाई केही नचाहिने !! हा हा हा महाधिवेशन !”

हरिलठ्ठक एकाएक भावनामा उड्न थाल्याे । उसकाे चेतनाकाे स्तर अकासिन थाल्याे । फेरि समयक्रममा बारम्बार टिम-टिमबाट फाेन आइरह्याे । पागल झैँ बनिरहेकाे हरिलठ्ठकले एउटा विचार गर्याे । पुन:पुन: महाधिवेशन सहयाेगकाे अपेक्षाकाे फाेन सबै तिरबाट आउने वित्तिकै उसले पनि भन्न थाल्याे ।

-“मलाई कुन पद दिन्छाै त ?”

-“पद त बाँकी छैन, अर्काे महाधिवेशनमा सहयाेग गर्छाै नि !”

हरिलठ्ठक मरिमरि हाँस्न थाल्याे । उसकाे स्वभाविक चेतनाकाे गति उच्च हुन थाल्याे । फाेनैपिच्छे जवाफ र माग पेश गर्न थाल्याे ।

-“मलाईचाहिँ के दिन्छाै ?”

कराउँदा कराउँदै, फाेन सुन्दासुन्दै उसलाई पनि देश परिवर्तन गर्न नेतृत्व गर्ने विचार फुर्याे । तब उसले आफूलाई फाेन गर्ने सबैतिर फाेन घुमाउन थाल्याे । उ पनि कड्केर सबैतिरका टिम टिमलाई फाेन गरेर भन्न थाल्याे ।

-“हरिलठ्ठककाे टिमलाई पनि सहयाेग गर्नु है नत्र विद्राेह हुन्छ !”

सहयाेगकाे याचना गरिरहेका अब्बल टिमहरू उसलाई फकाउन अनेक प्रलाेभन दिन थाले । उसकाे शक्ति बढेकाे महसुस हुन थाल्याे । कतैबाट प्रस्ताब आयाे ।

-“केन्द्रीय सदस्य पाँच जना दिन्छाैँ ! पूरा सहयाेग चाहिन्छ है ?”

महाधिवेशन न हाे, विचारकाे निष्कर्ष, नेतृत्व स्थापन र परिचालन गर्ने । साैदाबाजीमा आफू र आफ्नाे परिवार, नातागाेता र आफन्त पाेस्ने । हरिलठ्ठक विचार गर्दै थियाे । अर्काे टिमबाट जरूरी फाेन आयाे ।

-“अब तपाईलाई दस सिट छुट्याएका छाैँ, दायाँ बायाँ नहाेस् !”

हरिलठ्ठककाे बार्गेनिङ पावर बढ्दै गयाे । परिस्थिति उनकाे झन मजबुत हुँदैगयाे । पछिपछि उसकाे हरिलठ्ठक चेतना विकसित हुँदै गयाे । उसले बार्गेनिङकाे सूत्र बनाएर गम खान थाल्याे ।

– “पख ! पख !! बाेल्याे कि पाेल्याे । तै पनि न अध्यक्ष कै अफर कतैबाट आउँछ कि !”

उसकाे मानसिक तरङ्ग चड्किन थाल्याे । केही गरी अध्यक्ष नै भइ हालेँ भने त याे देशलाई बनाउन लाष्टाँ एउटा मन्त्र अवश्य हावामा फुकिदिन्छु ।

– “फुमन्तर- फू !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
बुढेसकालमा

बुढेसकालमा

कृष्ण शर्मा सुमु
0
Would love your thoughts, please comment.x
()
x