साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्या राम्रो, अति राम्रो !!

"राम्रो, अति राम्रो, धेरै राम्रो, यो काम निसमालोचनाको हो ! मेरो होइन। म त सपनाको पुल निर्माणतिर लागेँ, धीमहिसित ! नमस्कार !!" म समय, कथा सकियो।

Nepal Telecom ad

धनराज गिरी :

म समय, आज कथाको एक पात्र म, म शीशी हमला,मेरो नाम,आजको कथा विचित्र छ,म नाम्चा नेपालको अनुकरण गरी राय सङ्कलनमा निस्किएँ। म समय,आजको हस्तिनापुर,इन्द्रप्रस्थ,साहित्य,सात साहित्यिक पात्रहरूको राय,अरूको बारेमा,छाप कस्तो छ? पहिलो साहित्यकार “गुलाफ”, वार्तारम्भ:

म, शीशी हमला, समय : गुलाफजी,नमस्कार ! बेली,चमेली, लीली, जुही, जाई, रातरानी, यी उम्दा सर्जकहरूको बारेमा हजुरको राय ?
गुलाफ: तैट,ती पनि साहित्यकार हुन् ? झोले झोले, दासहरू ! सबै कपि पेस्ट। झूर लेखेर साहित्य हुन्छ ? यो देशमा कोही छैन साहित्यकार, सबै सक्कलबमोजिम नक्कल ठीक छ, यत्ति हो।

भागियो गुलाफलाई छोडेर, पुगियो जुहीको घर, उही प्रश्न, म समयको। उत्तर: पत्रकार बाबु, म त अति बिरामी छु। बोल्न पनि सक्दिन। ती छ नामहरू बेकाम,नेपाली शुद्ध आउन्न, केको साहित्यकार ? साहित्यसेवी र साहित्यप्रेमी हुन् । सबै प्याराडक्स! भ्रम यात्रामा! खुजुरे पसल, नाङ्ग्ले ! भो, भो, पिटाइ खानुपर्छ । फेरि हङ्गामा !!

“आहा, राम्रो, अति राम्रो, क्या राम्रो ! राम्रो।” यति भनेर पुगियो लीली बाजेको घरमा, प्रश्न उही, मलाई चिने, सम्मान गरे, “नछाप्नू, सुटुक्क भन्छु, साहित्यकार ती छ जनामा कोही पनि होइनन् । सम्यक दृष्टि भए पो सम्यक सृष्टि हुन्छ। ती साहित्यिक शरणार्थी,सबै गेस्टापो। रेला अरिच्चन्, डल्लै ! साहित्य त लीला हो लीला! आज रमिता छ, सम्पूर्ण रिजाल। यो कुरा गोप्य, घनचक्करमा परिन्छ, म त कागजको मान्छे, आए ए एप्पिएर, ज्यामिरे ! यी गगनवासीहरूको रुवावासी हुन्छ, नारायण नारायण !जय पशुपति !! “लीली, अमिताभ बच्चन सम्झिएर आधा बाटो पार गरें, तल्लो बाटो।

सात जनाकै सात राय, ऐश्वर्या राय ! कसैले कसैको पनि तारीफ गरेनन्। “राम्रो म” सबैमा। “सबैले सबैलाई नराम्रो भनेपछि राम्रो हुने को ?” यही प्रश्न मनमा बोकेर पुगें कैलाश, “नारायण नारायण !” रूप लिएँ नारदको, महेश प्रभु अपरिचित अनुहारहरू लिएर सन्तापको धूनमा सत्यम् खोज्दै, म नयाँ मुगलानतिर औंसीको उज्यालो खोज्दै। सबै कायाकैरन सुनेर बोले शिवशङ्कर भोले महेश्वर बाबा,”राम्रो, अति राम्रो, धेरै राम्रो, यो काम निसमालोचनाको हो ! मेरो होइन। म त सपनाको पुल निर्माणतिर लागेँ, धीमहिसित ! नमस्कार !!” म समय, कथा सकियो।

साहित्य पनि राजनीति जस्तै रहेछ। “क्या राम्रो, अति राम्रो ! एक भ्रम !” लागियो एडीलेडतिर,गजल सुन्न।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
मलाई के भन्छौ ?

मलाई के भन्छौ ?

धनराज गिरी
साझा प्रेमकथा !

साझा प्रेमकथा !

धनराज गिरी
थप सङ्कट !

थप सङ्कट !

धनराज गिरी
सक्कली आफन्त !

सक्कली आफन्त !

धनराज गिरी
कुरा नकाट्ने !!

कुरा नकाट्ने !!

धनराज गिरी
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
प्रतिनिधि

प्रतिनिधि

सुरेशकुमार पाण्डे
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
0
Would love your thoughts, please comment.x
()
x