साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनका कुरा सँग बसी

तर छ उही प्रशाशक बडाे टिमिक्क घुसले कुरा छ कति हाे छलसँग बेच्दछन् कुकुरकाे छ मासु तर दल्दछन् रङ खसी छु जलनमा हरे शिव ! कहाँ भनूँ म मनका कुरा सँग बसी ।

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

सहज छ गाउँमा तर बबाल क्या सहरमा विभिन्न मतका
नरम छ गाउँमा तर कडा अझै सहरमा छ खिन्न खतका
कति घत लाग्छ गाउँघरकाे यहाँ सहरमा त फत्फत बढी
छु जलनमा हरे शिव ! कहाँ भनूँ म मनका कुरा सँग बसी

तन मनकाे प्रयोग ननिका विचारतिर जो छ आज पछुतो
विजय कहाँ छ राेषित बनी यहाँ समरसाथ न्याय कुन हाे ?
सहर तँ निष्ठुरी मसँग मात्र हाे कि सबमा ? भएँ अब असी
छु जलनमा हरे शिव ! कहाँ भनूँ म मनका कुरा सँग बसी

किन यसरी भुलेँ सहरमा भुल्याउन पस्याे मभित्र कुन त्याे
हठसँगकाे छ जब्बर अहाे ! छली कपटकाे कहाँ र गुनकाे
अब त झरेँ कि झैँ म पनि राजनीति र गुलामले तल खसी
छु जलनमा हरे शिव ! कहाँ भनूँ म मनका कुरा सँग बसी

न त छ भलो रमाउनु कहाँ दरिद्र मनमा बिझेँ म जसरी
छटपट झन् थपेर पछुताउँदा नगरसाथ हाँस्नु कसरी ?
अगितिर राम राम तर बस्दछन् पछि धुरा छुरा कति धसी
छु जलनमा हरे शिव ! कहाँ भनूँ म मनका कुरा सँग बसी

कति चतुरा र ? गाेबर लिएर आउनु भन्याे सुन्याे गुहु छ जाे
तर छ उही प्रशाशक बडाे टिमिक्क घुसले कुरा छ कति हाे
छलसँग बेच्दछन् कुकुरकाे छ मासु तर दल्दछन् रङ खसी
छु जलनमा हरे शिव ! कहाँ भनूँ म मनका कुरा सँग बसी ।

०००
सिन्धुपाल्चाेक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x