चन्द्रप्रसाद न्याैपानेमनका कुरा सँग बसी
तर छ उही प्रशाशक बडाे टिमिक्क घुसले कुरा छ कति हाे छलसँग बेच्दछन् कुकुरकाे छ मासु तर दल्दछन् रङ खसी छु जलनमा हरे शिव ! कहाँ भनूँ म मनका कुरा सँग बसी ।

चन्द्रप्रसाद न्याैपाने :
सहज छ गाउँमा तर बबाल क्या सहरमा विभिन्न मतका
नरम छ गाउँमा तर कडा अझै सहरमा छ खिन्न खतका
कति घत लाग्छ गाउँघरकाे यहाँ सहरमा त फत्फत बढी
छु जलनमा हरे शिव ! कहाँ भनूँ म मनका कुरा सँग बसी
तन मनकाे प्रयोग ननिका विचारतिर जो छ आज पछुतो
विजय कहाँ छ राेषित बनी यहाँ समरसाथ न्याय कुन हाे ?
सहर तँ निष्ठुरी मसँग मात्र हाे कि सबमा ? भएँ अब असी
छु जलनमा हरे शिव ! कहाँ भनूँ म मनका कुरा सँग बसी
किन यसरी भुलेँ सहरमा भुल्याउन पस्याे मभित्र कुन त्याे
हठसँगकाे छ जब्बर अहाे ! छली कपटकाे कहाँ र गुनकाे
अब त झरेँ कि झैँ म पनि राजनीति र गुलामले तल खसी
छु जलनमा हरे शिव ! कहाँ भनूँ म मनका कुरा सँग बसी
न त छ भलो रमाउनु कहाँ दरिद्र मनमा बिझेँ म जसरी
छटपट झन् थपेर पछुताउँदा नगरसाथ हाँस्नु कसरी ?
अगितिर राम राम तर बस्दछन् पछि धुरा छुरा कति धसी
छु जलनमा हरे शिव ! कहाँ भनूँ म मनका कुरा सँग बसी
कति चतुरा र ? गाेबर लिएर आउनु भन्याे सुन्याे गुहु छ जाे
तर छ उही प्रशाशक बडाे टिमिक्क घुसले कुरा छ कति हाे
छलसँग बेच्दछन् कुकुरकाे छ मासु तर दल्दछन् रङ खसी
छु जलनमा हरे शिव ! कहाँ भनूँ म मनका कुरा सँग बसी ।
०००
सिन्धुपाल्चाेक
Subscribe
Login
0 Comments
Oldest





































