साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शान्तिको ‘भाइरस’

। केही मिनेटको मौनतापछि उसलाई महसुस भयो कि अरूको कुरा काट्दा पाइने आनन्दभन्दा आफ्नै श्वासको लय सुन्दा पाइने शान्ति कति कति गुणा बढी रहेछ ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

​”ए नरे ! तेरो खप्परभित्र अझै त्यो अशान्तिको भूत नाचिरहेकै छ कि केही मत्थर भयो ?”

​गाउँको चौतारीमा रहेको सयौँ वर्ष पुरानो बुढो बरको रुखमुनि बसेका एक रहस्यमय जोगीले अचानक आँखा खोल्दै सोधे । उनको स्वरमा एउटा अनौठो कम्पन थियो, जसले वरिपरिको हावालाई समेत केही बेर रोकिदिएझैँ भान हुन्थ्यो । नरे, जो सधैँ अरूको कुरा काट्न र झगडाको बीउ रोप्न सिपालु थियो, आज अलि अक्कबक्क पर्यो ।

​अन्तर्राष्ट्रिय ध्यान दिवस २०२५ को बिहानी थियो । गाउँमा ‘विश्व शान्ति र सद्भावका लागि ध्यान’ भन्ने ठुल्ठुला ब्यानर टाँगिएका थिए । नरेले सोचेको थियो- ध्यान भनेको आँखा चिम्लेर घोरिने र कसले कति दान दिन्छ भनेर चियाउने मेलो मात्र हो ।

​”महाराज, शान्तिको कुरा नगर्नुस्,” नरेले व्यङ्ग्य कस्दै भन्यो, “यो कलियुगमा शान्ति भनेको त मरेपछि मात्र पाइने चिज हो । यहाँ त छिमेकीको उन्नति देख्दा आफ्नै मुटु पोल्छ, अनि कहाँबाट आउँछ सद्भाव ?”

​जोगी मुसुक्क हाँसे र एउटा सानो ऐना नरेको अगाडि राखिदिए । “ल हेर त, यो ऐनामा तिम्रो अनुहार हो कि अशान्तिको डढेलो ?”

​नरेले ऐनामा हेर्यो । उसको अनुहार रिस र ईर्ष्याले बाँदरको जस्तै रातोपिरो देखिएको थियो । जोगीले सम्झाउँदै भने, “बाबु, तिमी बाहिर संसारसँग लड्दै छौ, तर तिम्रो असली शत्रु त तिम्रो आफ्नै अनियन्त्रित मन हो । जबसम्म तिम्रो मनमा अशान्तिको ‘भाइरस’ रहन्छ, तबसम्म तिमीले चाहेर पनि छिमेकीको भलो देख्न सक्दैनौ ।”

​त्यो दिन चौतारीमा एउटा अनौठो दृश्य देखियो । गाउँका सबै ‘टाउके’हरू जो एक-अर्काको अनुहार हेर्न चाहँदैनथे, उनीहरू पनि ‘विश्व शान्ति’को ब्यानरमुनि बसेर जबर्जस्ती आँखा चिम्लिरहेका थिए । कसैलाई खुट्टा झमझमाएको पीर थियो त कसैलाई घरमा पकाएको खसीको मासुको चिन्ता । ध्यानको नाममा उनीहरू युद्धको रणनीति बनाइरहेका थिए ।

​जोगीले सबैलाई सम्बोधन गर्दै भने, “ध्यान भनेको संसार त्याग्नु होइन, बरु संसारलाई हेर्ने दृष्टिकोण बदल्नु हो । तिम्रो मनभित्र शान्तिको सानो दियो बल्यो भने मात्र बाहिरको अँध्यारो हट्छ ।”

​नरेले पहिलोपटक गहिरो श्वास तान्यो र आँखा चिम्लियो । केही मिनेटको मौनतापछि उसलाई महसुस भयो कि अरूको कुरा काट्दा पाइने आनन्दभन्दा आफ्नै श्वासको लय सुन्दा पाइने शान्ति कति कति गुणा बढी रहेछ । उसको अनुहारको तनाव बिस्तारै मेटिँदै गयो ।
​अन्त्यमा, कार्यक्रम सकिएपछि नरेले आफ्नो कट्टर दुश्मन मानिने छिमेकीको हात समात्दै मुसुक्क हाँसेर भन्यो-

“साथी, मैले त आज मात्र थाहा पाएँ, संसारसँग लड्नुभन्दा आफ्नै रिससँग ध्यानमा बस्नु पो बढी बहादुरी रहेछ, अब भन तिम्रो मनको डढेलो निभ्यो कि अझै दन्किँदै छ ?”

०००
२०८२ पुस ६ गते (विश्व ध्यान दिवस-२०२५ डिसेम्बर २१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x