साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शान्तिको ‘भाइरस’

। केही मिनेटको मौनतापछि उसलाई महसुस भयो कि अरूको कुरा काट्दा पाइने आनन्दभन्दा आफ्नै श्वासको लय सुन्दा पाइने शान्ति कति कति गुणा बढी रहेछ ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

​”ए नरे ! तेरो खप्परभित्र अझै त्यो अशान्तिको भूत नाचिरहेकै छ कि केही मत्थर भयो ?”

​गाउँको चौतारीमा रहेको सयौँ वर्ष पुरानो बुढो बरको रुखमुनि बसेका एक रहस्यमय जोगीले अचानक आँखा खोल्दै सोधे । उनको स्वरमा एउटा अनौठो कम्पन थियो, जसले वरिपरिको हावालाई समेत केही बेर रोकिदिएझैँ भान हुन्थ्यो । नरे, जो सधैँ अरूको कुरा काट्न र झगडाको बीउ रोप्न सिपालु थियो, आज अलि अक्कबक्क पर्यो ।

​अन्तर्राष्ट्रिय ध्यान दिवस २०२५ को बिहानी थियो । गाउँमा ‘विश्व शान्ति र सद्भावका लागि ध्यान’ भन्ने ठुल्ठुला ब्यानर टाँगिएका थिए । नरेले सोचेको थियो- ध्यान भनेको आँखा चिम्लेर घोरिने र कसले कति दान दिन्छ भनेर चियाउने मेलो मात्र हो ।

​”महाराज, शान्तिको कुरा नगर्नुस्,” नरेले व्यङ्ग्य कस्दै भन्यो, “यो कलियुगमा शान्ति भनेको त मरेपछि मात्र पाइने चिज हो । यहाँ त छिमेकीको उन्नति देख्दा आफ्नै मुटु पोल्छ, अनि कहाँबाट आउँछ सद्भाव ?”

​जोगी मुसुक्क हाँसे र एउटा सानो ऐना नरेको अगाडि राखिदिए । “ल हेर त, यो ऐनामा तिम्रो अनुहार हो कि अशान्तिको डढेलो ?”

​नरेले ऐनामा हेर्यो । उसको अनुहार रिस र ईर्ष्याले बाँदरको जस्तै रातोपिरो देखिएको थियो । जोगीले सम्झाउँदै भने, “बाबु, तिमी बाहिर संसारसँग लड्दै छौ, तर तिम्रो असली शत्रु त तिम्रो आफ्नै अनियन्त्रित मन हो । जबसम्म तिम्रो मनमा अशान्तिको ‘भाइरस’ रहन्छ, तबसम्म तिमीले चाहेर पनि छिमेकीको भलो देख्न सक्दैनौ ।”

​त्यो दिन चौतारीमा एउटा अनौठो दृश्य देखियो । गाउँका सबै ‘टाउके’हरू जो एक-अर्काको अनुहार हेर्न चाहँदैनथे, उनीहरू पनि ‘विश्व शान्ति’को ब्यानरमुनि बसेर जबर्जस्ती आँखा चिम्लिरहेका थिए । कसैलाई खुट्टा झमझमाएको पीर थियो त कसैलाई घरमा पकाएको खसीको मासुको चिन्ता । ध्यानको नाममा उनीहरू युद्धको रणनीति बनाइरहेका थिए ।

​जोगीले सबैलाई सम्बोधन गर्दै भने, “ध्यान भनेको संसार त्याग्नु होइन, बरु संसारलाई हेर्ने दृष्टिकोण बदल्नु हो । तिम्रो मनभित्र शान्तिको सानो दियो बल्यो भने मात्र बाहिरको अँध्यारो हट्छ ।”

​नरेले पहिलोपटक गहिरो श्वास तान्यो र आँखा चिम्लियो । केही मिनेटको मौनतापछि उसलाई महसुस भयो कि अरूको कुरा काट्दा पाइने आनन्दभन्दा आफ्नै श्वासको लय सुन्दा पाइने शान्ति कति कति गुणा बढी रहेछ । उसको अनुहारको तनाव बिस्तारै मेटिँदै गयो ।
​अन्त्यमा, कार्यक्रम सकिएपछि नरेले आफ्नो कट्टर दुश्मन मानिने छिमेकीको हात समात्दै मुसुक्क हाँसेर भन्यो-

“साथी, मैले त आज मात्र थाहा पाएँ, संसारसँग लड्नुभन्दा आफ्नै रिससँग ध्यानमा बस्नु पो बढी बहादुरी रहेछ, अब भन तिम्रो मनको डढेलो निभ्यो कि अझै दन्किँदै छ ?”

०००
२०८२ पुस ६ गते (विश्व ध्यान दिवस-२०२५ डिसेम्बर २१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुक्तिको भ्रम

मुक्तिको भ्रम

नन्दलाल आचार्य
समयको पुकारा

समयको पुकारा

नन्दलाल आचार्य
वर्तमान दर्शन (१)

वर्तमान दर्शन (१)

नन्दलाल आचार्य
तिवारीजीको कथा

तिवारीजीको कथा

हरिशंकर परसाईं
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
धन्नै गएनन् माझघर बा

धन्नै गएनन् माझघर बा

सुरेशकुमार भट्ट
हत्याराको छनोट

हत्याराको छनोट

शरच्चन्द्र वस्ती
भैरव अर्याल र उनको ‘जयभुँडी’

भैरव अर्याल र उनको...

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x