बालकृष्ण खनालखाए पचाए सब
पुर्खाको पसिना पिए घटघटी, साटेर रक्सी सँग। बाँकी हाड र खोरको पनि छिटो, पोलेर खालान् अब।। ढुङ्गा सम्म निले मिलेर भतुवा, बेचेर खाए नदी। भन्थे यो भव हो तपस्वि जनको, यिनले बिगारे छवि।।
बालकृष्ण खनाल :
खाएहुन् कसरी सिमेन्ट सरिया, जेला ति मज्दूरको।
खाएको पनि सब पचाउन सक्यौ, तिम्रो पछाडी छ को।।
पक्की यो पुल हो भनेर बिचरा, जनता खुसी थे कठै।
सक्कीयो पुलको त म्याद सकियो, एकवर्ष पूरा नभै।।१
यस्तै हुन्छ विकास यो मुलुकमा छन् भ्रष्टचारी सबै।
नेता मात्र हुँदैन फेरि कनकैँ, फेरिन्न शासक कबै।।
राणा शासनको छ कानुन अझै, राणा गए भन्दछन्।।
गर्नैहुन्न कुनै बिरोध यिनको राणा यिनै बन्दछन्।।२
तस्कर् बाट चल्यो सधै मुलुक यो, गर्छन् ठुला तस्करी।
शासक खान्छ यहाँ उठाइ कमिसन्, रोकिन्छ यो के गरी।।
माया छैन यहाँ कुनै मनुजको, यो देश मेरो भनी।
आमाको पनि यी कुपुत्र जनले, बेचेर जान्छन् अनि।।३
पुर्खाको पसिना पिए घटघटी, साटेर रक्सी सँग।
बाँकी हाड र खोरको पनि छिटो, पोलेर खालान् अब।।
ढुङ्गा सम्म निले मिलेर भतुवा, बेचेर खाए नदी।
भन्थे यो भव हो तपस्वि जनको, यिनले बिगारे छवि।।४
बन्ला काव्य सबै समेट्न सकिए, चर्चा गरौँ यो कति।
सिध्याए बनसम्पदा मुलुकका,जोडे निजी सम्पती।।
जोडे हात रुँदै झुकेर यिनले, नाता लगाई कन।
आऊँथे पहिला यि गाउँ घरमा, लाग्थे यिनै सज्जन।।५
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest








































