साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो आलु पार्टी र घोषणापत्र

डल्लो लाम्चो जुनै आलु फलेमा बेच्न पाइने बिके होला भए राम्रो नत्र ता खान चाहिने । आलु निर्यात हो लक्ष्य आलुमा के कमी छ र आलुले बन्छ नेपाल विश्वमा आत्म निर्भर ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

नयाँ पार्टी बन्यो हाम्रो आलु चिन्ह चुनावको
देशको आत्मसम्मान बोकेको जन भावको ।
तरकारी मिठो आलु नेतृत्व तालमेलमा
आलुजस्तै मिली चल्छौँ सत्ताको यस खेलमा ।

भान्सामा जसरी आलु भुटिन्छ तर्र तेलमा
हाम्रा नेता बसेका छन् खपेर जेल नेलमा ।
आगोको तापमा जल्दै आलुले स्वाद भर्दछ
समस्या देशको के हो हामीले बुझ्नु पर्दछ ।

हाम्रो पार्टी ठुलो बन्छ आउँदो यो चुनावमा
पकौडा वा समोसा के रुचि हुन्छ जुनाफमा ।
चाहे चिप्स बनाए भो भुजिया पनि बन्दछ
भएमा मसला हाल नभए जे छ चल्दछ ।

नेतृत्व आलुझैँ हाम्रो राम्रा नेता भएपछि
ठ्याक्‌र्‍याक्कै पुग्छ सत्तामा जनता मोडिए पछि ।
सत्ताको स्वाद भान्सामा नारा हो तेल घन्किने
आलु पार्टी निकै प्यारो पाहुना पनि थन्किने ।

भान्सामा चाहिने आलु चाहिन्न देशमा किन
जिताऊ आलु साथी हो आलुका फर्किने दिन ।
आलु हो जनको आस्था आलु जीवनको धन
आलु खाएर पेडाको धाक नेतृत्वको मन ।

डल्लो लाम्चो जुनै आलु फलेमा बेच्न पाइने
बिके होला भए राम्रो नत्र ता खान चाहिने ।
आलु निर्यात हो लक्ष्य आलुमा के कमी छ र
आलुले बन्छ नेपाल विश्वमा आत्म निर्भर ।।
~इति आलु पुराण ~

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x