सुरेशकुमार पाण्डेजेल
उसले आफ्नो ओंठमा चोर औँला राख्दै इसारा गर्यो र एउटा हातले मेरो पाखुरामा च्याप्प छोपेर वार्ड तर्फ तान्यो। "आखिर किन यतिका डर !" मलै मनमनै भने।

सुरेशकुमार पाण्डे :
“बाटो छाड !”-एउटा सिङ्गल सोफा उचालेको प्रहरीले अरूलाई हटाउन इसारा गर्दै भन्यो।
म बाहिर घाम ताप्न उभिएको थिएँ। चिसोको समय जेलको कोठरीबाट बाहिर चौरमा सबै कैदीहरूको चहलपहल थियो।उसको आवाजले मेरो ध्यान खिच्यो। मैले उतै नजर घुमाए र ट्वाल परेर हेरिरहेँ।
खुट्टामा बेढी लगाएको तर हात खुल्ला ठूलो जिउडाल गरेको ब्यक्ति आएर उसले राखेको सोफामा थचक्क बस्यो। उसको अनुहारमा दारी जुवाँ तर ब्यवस्थित रूपमा थिए।
प्रहरीहरू आउँदै उसलाई नमस्ते गर्दै फर्किंदै गरेका थिए।
“आखिर यो को हुनसक्छ ?”- मैले आफ्नै दिमाखमा जोडदिंनथाले “कतै ठूलो नेता पो हो की ? होइन होला नेता भएकोभए त जेलमा किन हुन्थ्यो। फेरि अर्को मनले “केथाहा कुनै भ्रष्टाचारको आरोपमा आएको पो होकी ! ” आदि इत्यादि मेरो दिमाखमा यस्तै कुराहरू आउने जाने गर्दै थिए।
“सबै आ आफ्नो वाडमा जाओ !” एउटा कैदीले बस्सरी आवाज लगाउंदै संदेश सुनायो।त्यही बेला जेलको बाहिरको ठूलो गेट खुल्यो।त्यो गेटबाट रातो रङको कार भित्रियो।
त्यो कारबाट एउटी सुन्दर महिंला झरी अनि प्रहरीले आर्को एउटा सोफा जस्तै काठको कुर्सिमा कपडाको कवर लगाएको उहि बेढी लगाएर पहिले देखि बसेको मानिसकै नजिक राख्यो। त्यो महिला त्यसैमा बसी।
“आखिर कोहोला यिनिहरू ?”-मेरो मनमा कतुहलता जाग्यो। म नसोधि रहनै सकिनँ।
“सर ! यिनी हरू कोहुन ?” मैले मेरै नजिक उभिएको एउटा पुरानो कैदीसङ्ग सोधेँ।
“सि सि…सुस्त बोल !”-उसले आफ्नो ओंठमा चोर औँला राख्दै इसारा गर्यो र एउटा हातले मेरो पाखुरामा च्याप्प छोपेर वार्ड तर्फ तान्यो।
“आखिर किन यतिका डर !” मलै मनमनै भने।
“यो जेल हो बुझिस् ? यस्ता कुरा नसोध्नु अब अरू कसैसँग। सुन यो ठूलो डाँकु शुन्दर सिंहका बाडिगाडहरू त्यो महिला भने उसको स्वास्नी हो।अबको हप्ता सबै सचेत रहनुपर्छ। बुझिस् …” -उसले बिस्तारै मेरो कानमा भन्यो।
“यदि सुन्दर डाँकू नै हुन्थ्यो भने उस्को सेवा कस्तो हुन्थ्यो होला ?” मेरो मनमा भने आर्को प्रश्न उब्जियो।
०००
दाङ घोराही १८
०९-१२-२०८२)
Subscribe
Login
0 Comments
Oldest







































