साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छलाङे – चिन्तन ?

के हो अग्र र पश्च मार्ग बतुरा ? बुझ्दै नबुझ्ने भयौ । घोक्छौ राष्ट्रिय-वाद नीच चतुरा, ‘पर्देश पुत्ला’ बन्यौ ।।

Nepal Telecom ad

यस्ता सुन्दर भेष बिर्सन गई, भिर्छौँ विदेशी लुगा ।
टाई सूट र क्याप र्‍याप जतिले, हामी हुँदैछौँ लुला ।।
छोडी ईश्वर नामको सपथ नै, पाखण्डमा उल्किई ।
आफ्ना सुन्दर स्वस्थ संस्कृति मिची, बस्ने भयौँ रित्तिई ।।

दौरा औ सुरुवाल कोट फरिया, चोली मजेत्रो भुल्यौँ ।
यी राम्रा शिरपोसमा सगरझैँ, चम्केर हामी खुल्यौँ ।।
आफ्नै सुन्दर भेष लाउन गए, सामन्त बन्छन् अरे ।
टाईसूट भिरेरमात्र अगुवा, के अग्रगामी भए ?

के हो अग्र र पश्च मार्ग बतुरा ? बुझ्दै नबुझ्ने भयौ ।
घोक्छौ राष्ट्रिय-वाद नीच चतुरा, ‘पर्देश पुत्ला’ बन्यौ ।।
नौला चाल र ढाल नक्कल हुँदा, आफ्नै पना बिर्सियो ।
रोटी भट्ट मकै ढिँडो सब हिँड्यो, पत्रु कयौँ भित्रियो ।।

वानैपीस र झ्याल छन् पइँटमा ढोका छ नाना थरी ।
पिज्जा छन् मम छन् चिकेनकरि छन्, छन् रोष्ट खानाभरी ।।
मात्रै छन् स्तन-कञ्चुकी त पतला, छोटो छ म्याडी पनि ।
पौने भाग त नग्न भो तन कठै ? कस्तो मजा जीवनी ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x