साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो पार्टीको घोषणापत्र

मेरो पार्टीले जित्यो भने खेतबारीमा मान्छे हैन, रोबोर्ट काम गर्न आउनेछन् शान्ति सुरक्षाको जिम्मा पनि रोबोकपले पाउनेछन् ।

Nepal Telecom ad

मेरो पार्टीको घोषणा पत्र
कसैको भन्दा कम छैन
साच्चै नै हेर्नुस न नपताए
यसको अगाडि अरुको दम छैन ।

मेरो पार्टीले जित्यो भने
कामै नगरी सुतीसुती खाने बनाइ दिन्छु
त्यो भत्ता पनि पैसट्टी वर्ष किन ?
चालिसै वर्षमा खाने बनाइ दिन्छु ।
बसी बसी खाने भएपछि
कोही फेसबुक चलाउनु होला
कोही यूट्यूब चलाउनु होला
इन्टरनेट पनि फ्री बनाइ दिन्छु
कोही टिकटक बनाउनु होला ।

रक्सीखानेलाई मापासे हटाइ दिन्छु
चुरोट खानेलाई उद्याेग बढाइ दिन्छु
घर घरमा कार हैन, केबलकार नै हालिदिन्छु
यहाँको बिजुली लगेर युरोप अमेरिका बालिदिन्छु ।
यो भन्दा जनतालाई अरु के चाहिन्छ ?
भन्नुस् त महोदय यस्तो पार्टी कुन देशमा पाइन्छ ?

पियनको तलब पचास हजार पुराइ दिन्छु
स्कूल,कलेज, अस्पताल फ्री गराइ दिन्छु
जमिन बाझों राखेर के भो र
त्यस्ता जाबो धान मकै त अकाशमै फलाइदिन्छु
मरे सिधै स्वर्ग जान, रकेटको सिधा उडान भरिदिन्छु
एक पटक जिताएर त देखाउनुस्
बिकासको त यो देशमा चमत्कारै गरिदिन्छु ।

नेपालीलाई मात्र हैन छिमकीलाई पनि नागरिता दिलाई दिन्छु
हाम्रो पार्टीले जितोस् त, दिल्ली अमेरिका हिलाई दिन्छु
मेचीबाट सुरुङ खनेर महाकाली निकाली दिन्छु
यो देशलाई त, दुई बर्षमै, जुरुक्क उचाली दिन्छु ।

मेरो पार्टीले जित्यो भने
खेतबारीमा मान्छे हैन, रोबोर्ट काम गर्न आउनेछन्
शान्ति सुरक्षाको जिम्मा पनि रोबोकपले पाउनेछन्
यो देशमा मोदी, वाइडेनको के कुरा ?
स्बर्गका इन्द्र पनि, डिभी भरेर यहाँ धाउनेछन्
आज हामी खाडीतिर गाको जस्तो
संसारका मान्छे काम खोज्दै यही आउनेछन् ।

मेरो पार्टिलाई जिताउनु भयो भने
स्वर्गकै आनन्द लिएर बस्नु होला
नत्र भन्दयाछु है अरुलाई जिताउनु भयो भने
फेरि पाँच बर्ष फस्नु होला ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x