साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोरोनालाई चुनौती

जाँदैजान्न भनेर जब्बर बने थालिन्छ घोक्र्याउन जा राम्रो मुखले भन्यौँ अब यहाँ पाइन्न कोही छुन ।

Nepal Telecom ad

कोरोना कति कामले यति छिटो नेपाल आयौ तिमी
नेपालीसँग लान योग्य छ र के खोजेर धायौ तिमी
हुर्केका बलिया र शिक्षित सबै छोरा र छोरीहरू
कोही छैन यहाँ विदेसिन पुगे बस्छन् लफङ्गा अरू ।१।

हाम्रो शीप विदेशकै धन बन्यो रित्तो छ हाम्रो घर
बाँझै खेत छ पाखुरा जति सबै बस्छन् कमारो पर
वृद्दावृद्धहरू लगेर गतिलो सौगात के पाउँछौ
रोगी छन् दमका तथा सुगरका के स्वाद भेट्टाउँछौ ।२।

आयुर्वेद सिकाउने गुरु यतै धामी र झाँक्री यतै
जान्ने धार्मिक साधनारत यतै नेता र जेथा यतै
मन्त्री छन् यस देशमा घरघरै बेसार पानी दिने
कोसेली दिन योग्य के छ र यहाँ आसा नराखे लिने ।३।

मन्त्री सांसद भेट गर्न त यहाँ आफन्तले पाउँछन्
सक्छौ लाउन साइनो यदि भने सौगात टक्राउँछन्
हामी ढुक्क भएर सङ्कटहरू मागेर नै टार्दै गयौँ
माग्ने सीप कला र तौरतरिका उत्पात जान्ने भयौँ ।४।

जाऊ झट्ट यहाँ बसेर गतिलो पाइन्न केही पनि
झार्दै र्‍याल लिसो बनेर नबसे केकेन मिल्ला भनी
मान्छे मार्न म आउँला नभन भो धम्की नदेऊ अति
यस्ता काम गरेर खप्पिस भयौँ को मार्छ हाम्रा जति ।५।

रित्तो हात हुँदैन भारत हुँदै नेपाल आयौ भने
सक्छौ रित्तिन चाइनातिर पसी बाटो बिरायौ भने
धेरै दिक्क लगाउँछौ यदि भने छेकेर चारैतिर
देशैभित्र थुनेर राख्नु नपरोस् पर्छौ तिमी मुन्तिर ।६।

आफ्नै यस्तो गतिभो तिमी लिन भनी यै देशमा आउछौ
धेरै आस नराख यो मुलुकको धोका तिमी पाउछौ
जाँदैजान्न भनेर जब्बर बने थालिन्छ घोक्र्याउन
जा राम्रो मुखले भन्यौँ अब यहाँ पाइन्न कोही छुन ।७।

प्राप्चा, ओखल्ढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x