बद्रीप्रसाद दाहाल ‘भस्मासुर’के शिष्ट ? के विशिष्ट ?
यस्तालाई विशिष्टको पद दिनू, धिक्कार -चित्कार हो । त्यागी वा परमार्थ भाव नहुने, बोक्रा त बेकार हो ।

भन्छन् शिष्टविशिष्ट किन्तु यिनका, छाती, हदै साँगुरा ।
जालैजाल रचेर उच्च सुविधा, खाने कयौँ माकुरा ।।
जे जे छन् महँगा विलास सुबिधा, आकण्ठ पानै गरे ।
के को शिष्ट विशिष्ट शीर्षक हरे, रापी र पापी भए ।।
लिन्छन् शान र मान गान रमिता, त्यै राजसी ठाँट छ ।
दीनैहीन गरीब देश जनता, फुर्क्याउने ढाँट छ ।।
यस्तालाई विशिष्टको पद दिनू, धिक्कार -चित्कार हो ।
त्यागी वा परमार्थ भाव नहुने, बोक्रा त बेकार हो ।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest



































