साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तारीखमा रातो गुलाफ किन !!

राखेर धितो पाश्चात्य मठमा आफ्नो सिंगो संस्कृति “म तिमीलाई माया गर्छु” भन्न कुनै विशेष “डे” नै पर्खेर बस्ने किन ?

Nepal Telecom ad

राखेर धितो पाश्चात्य मठमा
आफ्नो सिंगो संस्कृति
“म तिमीलाई माया गर्छु” भन्न
कुनै विशेष “डे” नै
पर्खेर बस्ने किन ?

सांस्कृतिक विरासतलाई
अल्झाएर उनको आदेशमा
उद्घोषित मायापुरीमा
फुटानी लाउँदै परजीवी बनेर
फस्ने किन ?

मायाको बीउ
ढिलो गर्दा बिग्रन पनि सक्छ
आआफ्नो हिस्साको माया उमार्नुस्
मनको कोमल माटोमा ।
धेरै पर्ख्नु भयो तारीख,
अब थप पर्खने किन ?

कागले कान लग्यो भन्दैमा
आफ्नो कान नै नछामी
कागको पछाडि दौडिनाले
हाम्रो बिग्रेको छ व्यवहार
र संसारभरि उनको
बजार छ गुलजार ।

यहाँ त प्रत्येक क्षण
माया आवाद छ, तन्नेरी मुटुहरूमा,
वृद्धाश्रममा पुर्याएर आफ्ना
रीतिरिवाज परम्परालाई
प्रेमीलाई टक्र्याउन
“एक रातो गुलाफ”
उनले तोकेको तारीखमै
माया-मन्दिरमा पस्ने किन ?

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x