साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे आलु भयो !

मान्छे आलु भयो र आलु न जन हो, दोधार धेरै बढ्यो यस्तो बीज छरेर हुन्न गतिलो, दुर्गन्ध साह्रै सढ्यो ।

Nepal Telecom ad

ए ! ए ! ए ! पख है भएन गतिलो रोपेर फल्दैन है
यस्तो बीज सधैँ खनेर बतिलो भण्डार भर्दैन है
सारा छिद्र छ अनेक प्वाल यसमा के हुन्छ खै उब्जनी
फेर्नै पर्दछ बीउ हेर जनता जानेर आँफै पनि ।

बाँझो खेत खन्यो कठोर श्रमले आशा जगाईकन
राम्रो बीज भन्यो सदैव छल यो विश्वास खै सज्जन
साह्रै भो अबता अझै छ गुनिलो भन्दैछ नेता तर
यस्तो दुःख गरेर हुन्न कतिलो मैले भनौँ के वर ।

भन्छन् उन्नत रे अझै गुण सबै छन् पोसिलो खानमा
ठान्छन् अब्बल रे सधैँ छ रसिलो पौष्टिकता झन् त्यहाँ
भो भो भो अबता विचार नगरी रोप्नै भएनन् बरु
बाँझो होस् धरती तथापि यसरी के काम गर्ने अरू ।

खायो है मलखाद नित्य यसले, लाग्यो किरा झन् कति
फाल्नै पर्दछ रोग लाग्छ ननिको, छन् खर्च त्यो ओखती
पानी बादल होस् झरी समयमा, गाह्रो खडेरी भयो
हाम्रो लागि हुँदैन बीज अब यो, खोज्नैछ राम्रो छ जो ।

हाम्रा स्वेद सदैव रक्त पसिना, सोसेर खायो कति
हाम्रा आस सदैव ढल्छ सपना, झोसेर आगो जति
मान्छे आलु भयो र आलु न जन हो, दोधार धेरै बढ्यो
यस्तो बीज छरेर हुन्न गतिलो, दुर्गन्ध साह्रै सढ्यो ।

भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x