सुलसुलेचन्द्रागिरिको गीत विशेष काव्य श्रृङ्खला

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा, डा.बमबहादुर थापा, कलानिधि दाहालको विशिष्ट आतिथ्यतामा अनि चूडा निर्भिकको कुशल उद्घोषणमा ८९ औं गीत विशेष काव्य श्रृङ्खला १४ जना बरिष्ठ साहित्यकारहरूको सहभागितामा सम्पन्न भयो ।
उपस्थित अन्य अतिथि साहित्यकारहरूमा आर्त अकुलिन, लक्ष्मीप्रसाद मिश्र, चन्द्रावती अधिकारी, उर्मिला पन्त, शारदा आचार्य, लक्ष्मी बस्याल, घनश्याम पौडेल, हरि प्रसाद चौलागाईं, वीरबहादुर लोहनी, सीता घिमिरे लगायत १४ जना साहित्यकारहरूले आ-आफ्ना रचना गीत र खोरिया प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममन डा,बमवहादुर थापाले नेपाल जस्तो लोक साहित्यमा धनी अरू छैन, नेपालको पश्चिममा अझै मौलिकता झल्कन्छ । खोला सुसाएको ध्वनिको पनि गीत छ । गीत सर्वव्यापीछ गीतबाट प्रेरित भएर नै छन्दमा लागेको हो भन्नु हुँदै आमाको पोल्टो खोतल्नलाई पौरख चाहिन्छ । आमाको पोल्टो खोतल्न सके जे पनि पाइन्छ भन्ने सुन्दर गीत सुनाउनु भयो ।
कलानिधि दाहालले गीत लेखन सजिलो छैन, कविता पनि गीत हो विना गीत कविता पनि लेखिंदैन भन्नु हुँदै गीत सुनाउनु भयो ।
अन्त्यमा अध्यक्ष जनार्दन अधिकारी धड्कनले खोरिया कविता हो,अनी गीत पनि हो, दोस्रो लाइनको अनुप्रास र चौथोको अनुप्रास मिलाएर सिर्जना गरियो भने यो सुन्दर गीत बन्छ भन्नुहुँदै गीत लेखनको सैद्धान्तिक आधार स्थायी, अन्तराको स्वरुप बारे जानकारी गराउनु भयो । साथै खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संरचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको कविताको उपविधा खोरियाको चिनारी दिनुहुदै गीत सुनाउनु भयो ।
हरेक श्रृङ्खलामा यहाँहरूको अमूल्य समय पाएर कार्यक्रमले निरन्तरता र लोकप्रियता पाएको र आयोजकलाई खुशी थपिएको बताउँदै सम्पूणर् उपस्थित अतिथि साहित्यकारहरूमा हार्दिक आभार सहित समापनको घोषणा गर्नु भयो ।
– बिनुबाबा घिमिेरे
Subscribe
Login
0 Comments
Oldest











































