साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विचल्लीमा मुसाहरू

कस्तो सकस ? भाग्ने कि मृत्युपत्रमा दस्तखत गर्ने ? भागौं ढाडेको आक्रमण, नभागौं जीवनभरको दासता । मुसाहरू अहिले बिचल्लीमा छन् ।

Nepal Telecom ad

“महाराज ! अब यो मुसा राज्यको राजपाठ हजुरले लिइस्सिनु पर्‍यो ।” निन्याउरा अनुहारका केही थान मुसाहरूले बिन्ति बिसाए ।

“राजपाठ त लिने । तर तिमीहरूको के भर भयो र ? जहाँ बस्यो त्यहीँ दूलो पार्छौ ।” महाराजले ओंंठ लेब्र्‍याए ।

“त्यस्तो मर्जी नहोस् महाराज । बरु हामी हाम्रो मृत्युपत्रमा दस्तखत गर्छौ । शरणको मरण नगरिस्स्यो” मुसाहरूले कपाल कन्याउँदै भने ।

महाराजलाई मुसाहरूप्रति करुणा जाग्यो र एउटा सहमति बन्यो ।

सहमति अनुसार मुसाहरू घर फर्के । उनीहरुले घरका जग र पर्खालहरूमा प्वाल पारे ।
जब घरको जग भासियो र भित्ताहरू चर्किन थाले मुसाहरूले महाराजको राज्याभिषेक गरे ।

“ल अबदेखि पुराना थोत्रा घरमा नबस्नू । यो शिविरमा बसाई सर्नू र आफ्नो भागमा जे पर्छ त्यो बाँडीचुँडी खानू । बढी काईँकुईँ गरेको मलाई मन पर्दैन नि !”

“आज्ञा शिरोपर प्रभु ।” प्राय मुसाहरू खुशीले गद्गद् भए । तर केही मुसा भने निन्याउरो मुख लाएर उभिइरहे ।

“हैन के पुगेन तिमीहरूलाई ?”

“नपुगेको हैन महाराज ! एउटा समस्या पर्‍यो । घरको एउटा सन्दुकको ताल्चा अलि बलियो परेछ । न खोल्दा खुल्छ न ठोक्दा फुट्छ । त्यो नखुल्दासम्म हामीले त्यो घरको ढुकुटी चोर्न नपाउने भयौं ।
“ए ए अनि के गर्नु पर्‍यो त मैले ?”

“मुसलास्त्र प्रहार गर्नु पर्‍यो महाराज ।”
“मुसलास्त्र ?”

“हो दयानिधान ! हाम्रो रक्षार्थ अध्यादेश नामको मुसलास्त्र प्रहार गर्नु पर्‍यो ।” मुसाहरूले बिन्ती बिसाए ।

महाराजले ज्यान तन्काउँदै सन्दुकमा मुसल प्रहार गरे । मुसलको प्रहारबाट सन्दुकको एकछेउमा प्वाल पर्‍यो र मुसाहरू त्यसै छिद्रबाट आभूषण चोरेर भागे ।

शिविरमा मुसाहरूको आमोद प्रमोद चलिरहेको थियो । यस्तैमा अकस्मात एउटा ढाडे शिविरमा आयो र मृत्यपत्रको स्मरण गरायो । स्मरण मात्र होइन म्यादभित्र मृत्युपत्र अनुमोदन नगरे शिविरमा आक्रमण गर्ने धम्की समेत दियो ।

कस्तो सकस ? भाग्ने कि मृत्युपत्रमा दस्तखत गर्ने ? भागौं ढाडेको आक्रमण, नभागौं जीवनभरको दासता । मुसाहरू अहिले बिचल्लीमा छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x