साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो बेलायती कोट

केही बेरमा निन्द्रा लाग्यो र अगेनाको डिलमा परालको ओछ्यान हालेर सुतियो । दिउँसोको पानीले कोट मज्जाले भिजेकोले कोट पनि सुकोस् भनेर कोट लगाएरै सुतेको राती पराल सल्किएर कोट समेत पोलिएछ ।

Nepal Telecom ad

भाइ कोट खोई ? ल्याएनौ त अझै । भाई केही बोलेन मलाई हेरी मात्रै रह्यो । मैले फेरि भनें मेरो कोट ल्याउ भाइ मलाई चाहियो । उस्ले अक्मकाउँदै भन्यो “दाइ मलाई हजुरसंग भेट गर्न पनि डर लागिरहेको थियो । हजुर ठ्याक्क बाटोमा भेटिनुभयो ।” मैले भने किन र ? उसले अनुहार निहुरो पार्दै भन्यो “दाइको कोट पिठ्युँमा पोलेको छ ।” हँ मैले आश्चर्य मान्दै भनें । ऊ झन डरायो । भएको कुरा भन के को ल्याङल्याङ गरिरहेको ? उस्ले हात जोड्दै माफ़ी माग्यो ।

२०३९ सालको माघ महिनाको एकदिन बिहानै स्याङ्गजाको खै कुन गाउँमा हो बस्ने एकजना भाइ (अहिले मैले नाम बिर्सिएँ) ले मेरो कोठामा आएर मेरो कोट ५ दिनको लागि माग्यो । एकै घरमा डेरा गरी बस्ने भएकोले हामी एकापसमा सरसहयोग गरेरै बस्दथ्यौं । किन चाहियो भाइलाई कोट भनेर सोध्दा गाउँमा आफन्तको बिवाह भएकोले जानपर्यो भन्यो । ल न त अब बिवाहमा नै जाने भए लैजाऊ न त भनेर ह्याङ्गरमा राखेको मेरो बेलायती कोट झिकेर दिएँ । ऊ कोट लगाएर त्यसै दिन घरतिर गयो ।

ऊ एक हप्तापछि काठमाण्डौं त फर्कियो तर मेरो कोट फिर्ता भने गरेन । पहिला पनि एकजना हेटौडा राक्सिराङ बस्ने पाराङ भन्ने भाइले मेरो एकजोर निलो लिभाइज सुट लगाएर घर गएको फर्केर आएपछि पनि मलाई फिर्ता नगरी लगाई रहेको र धेरै समय अर्को मान्छेले लगाएको लुगा के मागेर लगाउनु भनेर मैले मागेको थिइनँ । पाराङ काठमाडौंमा ट्याक्सी चलाउने काम गर्दथ्यो । बाटोतिर भेट त भैरहन्थ्यो तर नमस्ते दाइ मात्रै भन्थ्यो । पहिल्यै यसरी चेतबाबा भैसकेकोले पनि मैले स्याङ्जाली भाइलाई मेरो कोट फिर्ता मागेको ।

स्याङ्जाली भाइले मलाई उसको र कोटको यसरी वृतान्त सुनाए । “विवाहमा जन्ती गएको बाटोमा पानी पर्यो । दिन धेरै चिसो भयो । जन्ती दुलहीको घरमा पुर्याई भोज भतेरमा सामेल भई बिवाहको जग्गेको कर्म सुरु भयो । म लगायतका केही साथी तातोको खोजीमा लाग्यौं । अलि पर आगो बलेको देखेर हामी त्यतातिर गयौं । सबैजना अगेना वरिपरी थियौं । केही बेरमा निन्द्रा लाग्यो र अगेनाको डिलमा परालको ओछ्यान हालेर सुतियो । दिउँसोको पानीले कोट मज्जाले भिजेकोले कोट पनि सुकोस् भनेर कोट लगाएरै सुतेको राती पराल सल्किएर कोट समेत पोलिएछ । जसोतसो थाहा पाएर हामी अगेनाको मान्छे जति जर्याक्जुरुक उठेर आगो निभायौं । दुःखको कुरा मैले तपाईंको कोट पोलिनबाट जोगाउन सकिनँ ।”

मेरो मुख रातो भयो । ऊ अझै डरायो । भैगयो त अब के गर्नु भुसुक्कै पारिहालेछौ भने । मेरो बेलायती कोटको ईहलिला समाप्त भयो । म धेरै दुःखी त भएँ ता पनि दुःख भने देखाइन ।

२०७८/१०/२८, शुक्रवार
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x