साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रक्सी कविता

मुफतको रक्सी खान र सरकारी गाडी चढ्न भाग्यमा लेखेर ल्याउनुपर्छ गाई मात्रै किन र ! गोरु पनि ब्याउनुपर्छ यता तेता ठूला साना सबै नेता पछिपछि धाउनुपर्छ ।

Nepal Telecom ad

रक्सीसँग मेरो कहिल्यै मेल भएन
त्यस्तो कुनै खेल पनि भएन
अथवा कुनै झेल भएन
रक्सीसँग मेरो कहिल्यै मेल भएन ।

कहिलेकाहिँ यसो कोर्सेकोर्से परेर
अरुले थाहा नपाउन् कि जस्तो गरेर
कुनै रिमझिम होटलभित्र पस्छु
सफा टेबलमुनि बस्छु
सिसा दराजभित्र रहेका बोतलहरू हेर्छु
लामाछोटा स्वास पालैपालो फेर्छु
अन्तरङ्गमा कुनै आँट रहेन
बोतलसँग साउती मार्ने हिम्मतले सहेन
एक प्लेट चाउमिनले लाज ढाकें
रक्सीसँग मेरो कहिल्यै मेल भएन ।

म बेइमान हो भनेर त म लेख्दिन
रक्सी नै बेइमान भएको पनि देख्दिन
कति भलादमी छ यो रक्सी
शीशा बोतलभित्र चुपचाप बसेको छ
न ठोकाठोक छ न टोकाटोक छ
न आफैंमा प्रेसर छ न आफैंमा झोक छ
तर मान्छे जब यो बोक्छ
सस्तो सितनसँग मनग्ये धोक्छ
अनि बाहिर निस्किएर खोक्छ
सके अरुलाई नसके परिवारलाई ठोक्छ
यस्तो कहिँ कतै रेल भएन
रक्सीसँग मेरो कहिल्यै मेल भएन ।

पिउँनेहरू भन्छन्
पिउँन त लाग्नेगरि प्युँनुपर्छ
जाग्नेगरि प्युँनुपर्छ
मात्नेगरि प्युँनुपर्छ
तात्नेगरि प्युँनुपर्छ
जब आँखा टेबलभरि टोलाउँछ
बोतलले दराजभित्रैबाट बोलाउँछ
कविजी यहाँ आउनुहोस्
बिस्तारै मलाई समाउँनुहोस्
अलिकति गिलासमा झार्नुहोस्
आँखा चिम्लेर स्वाट्टै पार्नुहोस्
तर मन त्यहाँ सामेल भएन
रक्सीसँग मेरो कहिल्यै मेल भएन ।

भन्नेहरूले भन्थे
मुफतको रक्सी खान र सरकारी गाडी चढ्न
भाग्यमा लेखेर ल्याउनुपर्छ
गाई मात्रै किन र !
गोरु पनि ब्याउनुपर्छ
यता तेता ठूला साना सबै नेता
पछिपछि धाउनुपर्छ
स्वार्थको भजन गाउनुपर्छ
पखेटा पलाउनु पर्छ
इन्द्रेणी रङ्ग छर्केर आकाशभरि
साउने भेल आउनुपर्छ
असारे चटक मनाउनुपर्छ
जथाभावी समाउनुपर्छ
कमिसनको मिसनमा लाग्नेहरू जस्तै
चम्चा चलाउनुपर्छ दुनियाँ गलाउनुपर्छ
तर दुनियाँको नजरिया ममा सेल भएन
रक्सीसँग मेरो कहिल्यै मेल भएन ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x