साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्रीको विलौना

थिए सर्मछाडा तथा पातिएका, मिठो धानको भातले भातिएका, त्यहाँ धेर झ्याम्लेहरू तातिएका, पिरो सोमले जाँडले मातिएका ।

Nepal Telecom ad

जिताएर सांसद् सबैले मिलेर
तँ जा देशको गर्न सेवा भनेर
पठाए मलाई सबैले उचाले
उचाले कहाँ भन्नु उल्टै पछारे ।।

तिखारेर भाटाहरुले ठटाए
विरोधीहरुमाथि धूलो चटाए
अरूतर्फका छेउछाउ थिए जो
त्यहाँ बस्नसम्मन् सबैले हटाए ।।

थिए सर्मछाडा तथा पातिएका
मिठो धानको भातले भातिएका
त्यहाँ धेर झ्याम्लेहरू तातिएका
पिरो सोमले जाँडले मातिएका ।।

विरोधी बडारे र डाँडो कटाए
लघार्दै सबै शत्रुलाई ठटाए
बनाएर प्यादा पछारेर धेरै
तिनैले मलाई जिताई पठाए ।।

ठुलो न्यायको दूतलाई कन्याए
गरे धाँधली लाख थैलो खन्याए
तिनैले ठुलो धर्म आफ्नो जनाए
मलाई जिताएर मन्त्री बनाए ।।

विरोधीहरुलाई हालेर भट्टा
मिलाऊ सकेसम्म ठेक्का र पट्टा
यही कार्य गर्ने लिई ध्येय आए
विरोधीहरुलाई डाँडो कटाए ।।

यिनै भावनालाई बोकेर आएँ
भनेसम्मको मानसम्मान पाएँ
यता आज आई भयो बोध यस्तो
कसाईहरूको महाजाल जस्तो ।।

पलायो भने दम्भ तत्काल झार
बढेका विरोधी समाती पछार
सधैँ गर्दछन् भाटले खेरखार
र नेता रहेछन् सबै ठेकदार ।।

यहाँ गर्न पाइन्छ जात्रा हजार
यतै लाग्छ नेताहरुको बजार
जता लाग्छ इच्छा उतै हुन्छ जान
मिठो मात्र पाइन्छ रोजेर खान ।।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x