साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुल उद्घाटनको मञ्चन

उही मिति, उही समय तर पुलको दुई मुखमा दुई फरक नेताहरूको उपस्थितिमा पुलको उद्घाटन भयो ।

Nepal Telecom ad

पुलले कहिलेकाहीँ मलाई भुल गराउँछ, कहिलेकाहीँ अलमल गराउँछ, मैले भनेका कथा हजुरले सुन्नुभयो भने पनि म जस्तै दिग्भ्रमित गराउन सक्ला । कुराको कुलो खोली हालौ ल ?

यथार्थको एक ठाउँमा एकादेश थियो, जहाँ नेताहरूबाँडीचुँडी मिलेर र निलेर बसेका थिए । भुँडीवाल नेताहरूको फरक फरक गाडी थियो भने एस म्यान कार्यकर्ताहरूउनीहरूलाई साथ नै दिइरहेका थिए । त्यो एकादेशमा दुई गाउँको बीचमा एक ठूलो नदी थियो । वारि पट्टि एक गाउँ पालिका र अर्को पट्टि अर्को गाउँपालिकाको क्षेत्र थियो । गाउँमा झुक्किएर दुवै गाउँपालिकालाई जोड्ने गरेर पुलको योजना बनेछ । वाह ! दुखिया गाउँलेको मुहारमा निकै रौनकता थपियो ।

पुलको शिलान्यास गर्ने बेला भयो । एका पट्टि गाउँपालिकाका मानिसले आफ्नै पालिकाका प्रमुखको सोस फोर्स लगाएर केन्द्रिय मन्त्रीले राजधानीबाट हेलीकोप्टरमा आएर धुलो उडाउँदै शिलान्यास गरे । उता अर्को पट्टिको गाउँपालिकाको राजनीतिक धार अर्कै भएकाले उनलाई निकै मार पर्‍यो । त्यसैले उनले पनि पुलको अर्को मुखमा फेरि पुलको शिलान्यास गर्ने योजना बनाए, अनि प्रदेशमा उनको पार्टीको सरकार रहेकोले प्रदेशका मन्त्रीले हेलिप्कोटरमा आएर धुलो उडाउँदै शिलान्यास गरे ।

लगातार दुई दिनमा वारि र पारि एकै पुलको शिलान्यास भयो त्यो चमत्कारवाला देशमा । ठेकेदारले तीन चार वर्षपछि कनीकुथी पुल बनायो । अब पुलको उद्घाटनको समय आयो । बिडम्बना पुलले जोड्ने दुवै गाउँपालिकाका प्रमुखहरू परस्पर बिरोधी पार्टीका परेछन् । केन्द्रमा एउटाको सरकार रहेछ भने प्रदेशमा अर्को पार्टीको सरकार बनेको रहेछ । अब उद्घाटनको दिन आउन लाग्यो । वरको पालिकाले केन्द्रिय मन्त्री ल्याउने भनेर कुर्लिन थाल्यो भने परको पालिकाले प्रदेशको मन्त्री भए हुन्छ भनेर उर्लिन थाल्यो । तर अहँ दुबै पालिकाको समन्वय भएन । पूर्वाधार बिकास कार्यालयका मानिसहरू पनि बिभिन्न पार्टीमा विभक्त भएकोले पुल उद्घाटनको लागि पार्टीगत रस्साकस्सी हुन पो थाल्यो ।

भलै उद्घाटनको मिति त तोकियो तर अचम्म उही मितिमा दुवै पालिकाको प्रमुखले फरक फरक व्यक्ति बोलाएर पुलको उद्घाटन हुने भयो । उही मिति, उही समय तर पुलको दुई मुखमा दुई फरक नेताहरूको उपस्थितिमा पुलको उद्घाटन भयो । दुबै किनारामा हेलिकोप्टर उडे, फरक फरक पार्टीका कार्यकर्ता आफ्नो पार्टीका नेता जता छन् त्यतै उपस्थित भए अनि नेताले गरेको भाषणमा ताली बजाए ।

बिडम्बना, ती फरक पार्टीले एक अर्काको अस्तित्व स्विकार्न सकेनन् अनि आफू ठूलो हुँ भन्ने घमण्डको कारण दुवैले बिपरित तर्फबाट आएको गाडीलाई आफ्नो पक्षतर्फ गाडी आउन दिएनन् किनकी उता किन अर्को पार्टीले उद्घाटन गर्‍यो भनेर निकै सवाल जवाफ भयो । घटनाले अर्को मोड लियो । दुवै पक्ष झडपमा उत्रिए । नयाँ बनेको पुलको बीचमा टायर बालियो । भिड उग्र हुँदै गयो, दुवै पक्षले नयाँ बनेको पुलको रेलिङ भाँच्न थाले । एक अर्कामा ढुंगा मुडा हुँदै गर्दा दुवैतर्फ दुई जनाको मृत्यु भयो । भिड उग्र हुँदै गयो अनि दुवै पक्षले पुलमा बम बनाएर आक्रमण गरे ।

क्षणभरमा पुल भत्कियो । वारिका मानिस वारि भए, पारिका मानिस पारी भए, केही मानिस खोलामा बगे । खोलामा बग्नेहरूलाई शहीद घोषणा गरियो भने दुवै तर्फका मानिसहरू फलानो पार्टी जिन्दावाद र ढिस्कानो पार्टी मुर्दावाद भन्ने नारा लगाए । म भने पुल हेरेर राजनीतिक माहौल र नदी कसरी तर्ने भनेर सोचमग्न भै नै रहेँ । तारेमाम् ।

लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
कुर्ने कि घुर्ने ?

कुर्ने कि घुर्ने ?

विश्व विनोद
खादा, माला र अबिर टोलाएको बेला

खादा, माला र अबिर...

विश्व विनोद
देश कहाँ छ त ?

देश कहाँ छ त...

विश्व विनोद
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x