साइबर अपराध सम्बन्धी सचेतना सामग्री

याद राख्ने कि ?

अपराधको सजायँ भोग्नु पर्छ ! कति भोग्छौ ? अझ पनि केही भोग्न बाँकि छ र ? आज म यत्ति भन्छु, तिम्रो निजी सपनाको, चिहान खनिनु हुन्न !

Nepal Telecom ad

सलबलाउन थालेका छन्,
नक्कली रंगीन सपनाका
ब्वाँसा बेपारीहरू!
गाउँका द्यौराली चौपारी पँधेराहरू हो !
शहरका गल्ली चोक र डबलीहरू हो !
आफ्नो ख्याल आफै गर्नू !
आफ्नो सुरक्षा आफै गर्नू !
यी सपनाका बेपारीहरू आफू अघाउन मात्र
जानेका हुन्छन् !
जसरी हुन्छ शिकार हात पार्नुलाई आफ्नो एकमात्र धर्म
ठानेका हुन्छन् !
निसासिन विवस विभत्स बर्तमान साछी छ
हिजो पनि यिनै बेपारीले
फकाएर,
असलमा छकाएर
तिमीलाई शिकार बनाएकै हुन् !
तिम्रो भित्राँस खाएकै हुन् !
याद राखौं,
घरीघरी एउटै गल्ती दोहोर्‍याइराख्नु
अक्षम्य अपराध ठहर्छ !
प्रष्टै छ,
अपराधको सजायँ भोग्नु पर्छ !
कति भोग्छौ ?
अझ पनि केही भोग्न बाँकि छ र ?
आज म यत्ति भन्छु,
तिम्रो निजी सपनाको,
चिहान खनिनु हुन्न !
मतसँग आफ्ना सपना साट्नु अघि,
आफैले आफैलाई एकपटक सोध्न न बिर्सनू !-
मैले कतै गल्ती दोहोर्‍याइरहेको त छैन ?
साँच्चिकै आफ्नो अस्तित्वको चिन्ता छ भने,
यो नगरी हुँदैन !!

भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x