साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव

आफूले खोजे जस्तो कुनै पनि उम्मेदवार नपाएपछि अन्त्यमा भोट दिनेहरूले कसैलाई पनि भोट नदिने निणर्य गरे ।

Nepal Telecom ad

एकादेशमा चुनाव आयो ।
चुनाव आएपछि चुन्नै पर्यो ।
चुन्ने अधिकार भएकाहरू चुनिने इच्छा भएका उम्मेदवारहरूको विगत हेर्न थाले ।
तर बिडम्बना ! चुन्नेहरूले आफूले भने जस्तो उम्मेदवार पाएनन् ।

चुन्नेहरू आफ्नो उम्मेदवार चोर, बदमास, मुर्ख, फटाहा, लुच्चो, ज्यानमारा, झुट बोल्ने होस् भन्ने चाहन्थे । भोट दिनेहरू आफूले चुनेको मान्छेले आफूमाथि शोषण गरोस्, उनीहरूको कुनै आवाज उसले नसुनोस्, चुनाव जितेर गएपछि उनीहरूको घरदैलोमा फर्केरै नआओस् र भोट दिनेको भलाई गरेर भोट दिनेको टाउकोमा ऋणमाथि ऋणको बोझ नथपोस् भन्ने इच्छा राख्थे ।

तर उम्मेदवारहरूभने त्यस्ता थिएनन् । सबै उम्मेदवारहरूसज्जन, विद्वान्, ज्ञानी, इमान्दार, न्यायप्रेमी र सत्य कुरा बोल्ने मात्र थिए । चुन्नेले खोजेजस्तो नभएर चुनिने चाहना भएकाहरू कसैमाथि शोषण नगर्ने, सबैको कथाव्यथा ध्यान दिएर सुन्ने, भोट दिनेहरूको समस्याहरूसमाधान गर्ने, सबैको भलाई नै भलाई गर्ने, सधैँ गरिबको घरदैलोमा पुगेर दुखसुख साटासाट गर्ने र सबै देशबासीको पिरमार्का बुझ्ने खालका थिए ।

उम्मेदवारहरूको विगतको यस्तो काम भोट दिनेहरूलाई पटक्कै मन परेको थिएन । किनभने विगतमा यस्तो सेवाको काम गरेर ती उम्मेदवारहरूले भोट दिनेहरूलाई ऋण बोकाइरहेका थिए । उम्मेदवार हुनेहरूको सेवाको ऋणको बोझले भोट दिनेहरूथिचिएका थिए । त्यसैले उनीहरू थप ऋणको बोझमा पिल्सिन चाहँदैनथे ।

आफूले खोजे जस्तो कुनै पनि उम्मेदवार नपाएपछि अन्त्यमा भोट दिनेहरूले कसैलाई पनि भोट नदिने निणर्य गरे ।

भोट दिनेहरूको यस्तो निणर्य थाहा पाएपछि उम्मेदवारहरूले पनि भोट दिनेहरूको चाहना अनुसार आफ्नो रङ्ग परिवर्तन गरे ।

अन्ततः चुनाव भयो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
मानवता

मानवता

लक्ष्मी रिजाल
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x